काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालको राष्ट्रिय भेला यही भदौ १२ र १३ गते हुने भएको छ ।
वाइसिएलले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भेला भर्चुअल माध्यमबाट हुन लागेको जानकारी अध्यक्ष रामप्रसाद सापकोटाले दिपशिखाले दिए । सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।
भेलालाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेला उदघाटन गर्ने कार्यक्रम रहको अध्यक्ष सापकोटाले जानकारी दिए ।
‘हाम्रा लागि यो एकदम हाइटेक हो,’ सापकोटाले भने, ‘यस्तो प्रविधि प्रयोग गरेर राष्ट्रिय भेला आयोजना गर्ने वाइसिएल नेपाल नेपालको पहिलो राजनीतिक संगठन पनि हो ।’ भेलाका लागि काठमाडौंमा ठूलो एलइडी स्क्रिन राखिने छ । वाइसिएलले भेलाका लागि मेन होस्टिङमा एलइडी प्रयोग गरेर अन्त प्रोजेक्टर प्रयोग गर्ने छ । अध्यक्ष सापकोटाले भने, ‘यो त झण्डै–झण्डै टेलिभिजन स्टुडियोकै मेकानिजम हुने रहेछ ।
भेलामा सङ्गठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको चयनलगायत एजेण्डा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अध्यक्ष सापकोटाले भेलाबाट नयाँ नेतृत्व आउने र आफूले पुनःउम्मेदवारी नदिने पत्रकार सम्मेलनमा जानकारी दिए । भेलामा ६४७ प्रतिनिधि एवं पर्यवक्षेकको सहभागितामा रहनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: