Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

धानको बीउ उत्पादनमा कृषि ज्ञान केन्द्र

रासस

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानको बीउमा आत्मनिर्भर हुन र गुणस्तरीय बीउ तयार गर्न बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासी र किसान मिलेर यहाँका दुई स्थानीय तहमा धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा नं २ र ४ तथा गैँडाकोट नगरपालिकाका वडा नं ११ र १२ मा यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा रामधान, वार र सावा मन्सुली जातको धानखेती गरिएको छ ।

दुई कृषक समूह र एक व्यक्तिले गरी १२ बिघा क्षेत्रफलमा अहिले धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । बीउ राम्रो र गुणस्तर भएमा उत्पादन पनि राम्रो हुने भएकाले बीउ उत्पादनलाई ज्ञान केन्द्रले प्राथमिकतामा राखेको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । गण्डकी प्रदेशको सबैभन्दा बढी धान खेती हुने जिल्ला पूर्वी नवलपरासी भएकाले  यस जिल्लालाई धानमा आत्मनिर्भर गराउँदै अन्यत्र निर्यात समेत गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको लामिछानेले बताए ।

किसानले सूचीकृत नभएका बीउ र भारतबाट  चोरीछिपी ल्याइएको बीउ प्रयोग गर्दा धान उत्पादन नहुने, विभिन्न समस्या देखिँदा किसानले नोक्सान बेहोर्नुपर्ने तथा उत्पादनमा ह्रास आउने भएकाले गुणस्तरीय बीउ उत्पादनमा जोड दिन यो कार्यक्रम गरिएको लामिछानेले जानकारी दिए । आफ्नै ठाउँमा बीउ उत्पादन गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम गरिएको उनको भनाइ छ ।

दुम्किवासमा धानखेती गरेको किसान खड्कबहादुर कमालले ज्ञान केन्द्रसँग समन्वय गरेर पहिलोपटक  बीउका लागि धानखेती  गरिएको बताए । उत्पादन भएपछि बजारको अवस्था राम्रो भएमा यस कार्यलाई निरन्तरता दिइने उनले जानकारी दिए  । जिल्लामा अन्य विभिन्न  सङ्घसंस्था र सहकारी संस्थाले पनि बीउ उत्पादन गर्ने काम गरिरहेका छन् । कृषि ज्ञान केन्द्रको प्रत्यक्ष लगानीमा यस वर्ष दुई स्थानीय तहमा खेती गरिएको हो । कार्यक्रम सफल भए विस्तार गरिँदै लगिने जनाइएको छ ।

उत्पादन भएको बीउको बजारीकरणका लागि पनि ज्ञान केन्द्रले जिल्लाकै देवचुलीस्थित लालीमा कृषि सहकारी संस्थासँग समन्वय गरेको छ । बाहिरी जिल्लामा समेत समन्वय गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मीरा चौधरीले जानकारी दिए ।

यसैबीच बीउका लागि लगाइएको धानमा रोग किरा देखिएको गुनासो किसानले गरेपछि कृषि ज्ञान केन्द्रले अनुगमनसमेत गरेको छ । अनुगमनका क्रममा धानमा  गबारो, हिस्वा, ब्याक्टेरिया, ढुसीजन्य रोग देखिएको वरिष्ठ बाली संरक्षण अधिकृत पर्शुराम अधिकारीले जानकारी दिए । कहीँकतै खाद्यतत्वको कमीले पनि पात पहेँलो हुने, सुक्ने गरेको उनले जानकारी दिए । आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उनले बताए  ।

अनुगमनका क्रममा बीउको धानमा बेजात देखिएपछि तुरुन्तै उखालेर फालिएको थियो । आफूले लगाएको धानभन्दा फरक प्रकृतिको धान देखिएमा त्यसलाई तुरुन्तै फाल्नुपर्ने बाली विकास अधिकृत चौधरीले बताए । बेजातले बीउको गुणस्तरमा असर गर्ने उनले बताए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending