Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

रातो मच्छिन्द्रनाथको मन्दिर पुन:निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने

खबरडबली संवाददाता

काठमाडौं । विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुन:निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुन:निर्माणले गति लिन सकेको थिएन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खड्का, राष्ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको उपस्थितिमा हालै सम्पन्न बैठकले पुन:निर्माणलाई गति दिने निर्णय गरेको हो ।

पुन:निर्माणका लागि आर्थिक, भौतिक एवं प्राविधिक आवश्यकता जोहो गर्ने प्रतिबद्धता भएको छ । रातो मच्छिन्द्रनाथ मन्दिर पुन:निर्माण उपभोक्ता समिति र पुरातत्व विभागले कोभिड–१९ को जोखिमका कारण पुन:निर्माणका लागि काठ, ढुङ्गा समयमै उपलब्ध हुन नसकेको जनाउँदै आएको छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले ललितपुर महानागरपालिका–२२ स्थित बुङ्गमतीस्थित मच्छिन्द्रनाथको मन्दिरमा क्षति पुगेको थियो । यस मन्दिरको पुन:निर्माणको शिलान्यास भूकम्प गएकै वर्षको माघ २ गते गरिएको थियो । पुन:निर्माण सुरुआत भएको छ वर्ष पुग्दा पनि सम्पन्न भएको छैन ।

स्थानीय सामग्री अभाव, कामदारको आपूर्ति हुन नसक्ने अवस्था, दक्ष कामदार पाउन कठिन, निर्धारित ज्यालामा कामदार नपाउने अवस्था, प्राविधिको अन्योलतालगायत समस्या देखा परेका छन् । त्यसो त यस मन्दिरको पुन:निर्माण विशिष्ट प्रकारको भएकाले पनि चुनौती भोग्नुपरेको उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्य बताउनुछन् ।

पछिल्लो बैठकपछि पुन:निर्माणले गति लिने विश्वास गर्दै अध्यक्ष शाक्य भन्छन्, “सबै सरोकार निकायले पुन:निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरिएको छ । अब अर्को जात्राका अवसरमा काम पूरा हुनेछ ।” उनले थप रकम उपलब्ध नहुँदासम्म पुन:निर्माणको कामले गति लिन नसक्ने बताए । बैठकमा मन्त्री भुसालले आम जनताको आस्था रहेको मच्छिन्द्रनाथको मन्दिर पुन:निर्माणका लागि सहयोग सङ्कलन गर्ने र राज्यका निकायबाट प्राप्त हुन आर्थिक एवं प्रविधिक सहयोगलाई एकीकृत गर्ने बताए । मन्दिरको पुन:निर्माणका लागि आर्थिक एवं अन्य सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मन्दिर परिसर निर्माणका लागिसमेत ध्यान दिनुपर्नेमा जाड दिए।
 
प्रदेशसभा सदस्य खड्काले प्रदेश सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । त्यस्तै पुन:निर्माण प्राधिकरणका प्रमख कार्याकारी अधिकृत सुशील ज्ञवालीले प्रविधिकरणले उपलब्ध गराउन सकिने प्राविधिक एवं आर्थिक सहयोग दिने वाचा गरे । महानगर प्रमुख महर्जले जनता र राज्यको सहयोगबाट पुन:निर्माणका काम धेरै सम्पन्न भएको उल्लेख गर्दै सोहीअनुसार पुन:निर्माणका काम पूरा गर्नुपर्ने बताए ।

पुरातत्व विभागका महानिर्देशक गौतमले पुन:निर्माणको कार्यलाई गति दिने विश्वास दिलाए । विभागको समन्वयमा भएका गतिविधिबारे जानकारी गराउँदै आगामीमा दिनमा पुन:निर्माणका कार्यलाई थप केन्द्रित गर्ने दृढता व्यक्त गरे । पुन:निर्माणका लागि आवश्यक पर्ने कलात्मक इँटा महँगो हुने गरेको छ । स्थानीय कच्चा पदार्थबाट एउटा इँटा निर्माणका लागि रु नौ हजार ८५० सम्म लाग्ने देखिएको छ । मन्दिरको परम्परागत स्वरूपलाई कायम गर्नका लागि चुनौती भएको स्थानीय जानकारको भनाइ छ । उक्त मन्दिरमा तीन दर्जनभन्दा बढी साना ठूला विभिन्न आकार र डिजाइनका इटा प्रयोग भएको छ । त्यसले गर्दा पनि कामले गति लिन सकेको छैन । 

मन्दिर पुन:निर्माण पूरा गर्नका लागि सरकारले रु तीन करोड आठ लाख बजेट विनियोजन गरेको थियो । पुरातत्वको महत्वअनुसार निर्माण गर्ने हो भने थप रु तीन करोडभन्दा बढी बजेट आवश्यक पर्ने जानकारले बताएका छन् । मन्दिरको पुन:निर्माण निकै कठिन भएको जनाउँदै कार्यकारी अधिकृत ज्ञवालीले पुन:निर्माणको लागत एवं प्राविविधरुपमै पुनरावलोकन गर्नुपर्ने अवश्यकता रहेको बताए। 

पुन:निर्माणका लागि विनियोजना गरिएको बजेटले काम सम्पन्न हुन नसक्ने देखिएको छ । हालसम्म काम गर्ने टहरा निर्माण, पहिलो चरणको काम सुधार्ने र ढोका मर्मत तथा जडान, काठको काम, ढुङ्गाका खम्बा तयारी एवं जडान गरिएको छ । त्यसैगरी गजुरको काम, घण्टा जडान, चारै दिशमा सिंहको जोडी राख्ने कार्य सबै बाँकी रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE