Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

रातो मच्छिन्द्रनाथको मन्दिर पुन:निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने

खबरडबली संवाददाता

काठमाडौं । विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुन:निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुन:निर्माणले गति लिन सकेको थिएन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खड्का, राष्ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको उपस्थितिमा हालै सम्पन्न बैठकले पुन:निर्माणलाई गति दिने निर्णय गरेको हो ।

पुन:निर्माणका लागि आर्थिक, भौतिक एवं प्राविधिक आवश्यकता जोहो गर्ने प्रतिबद्धता भएको छ । रातो मच्छिन्द्रनाथ मन्दिर पुन:निर्माण उपभोक्ता समिति र पुरातत्व विभागले कोभिड–१९ को जोखिमका कारण पुन:निर्माणका लागि काठ, ढुङ्गा समयमै उपलब्ध हुन नसकेको जनाउँदै आएको छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले ललितपुर महानागरपालिका–२२ स्थित बुङ्गमतीस्थित मच्छिन्द्रनाथको मन्दिरमा क्षति पुगेको थियो । यस मन्दिरको पुन:निर्माणको शिलान्यास भूकम्प गएकै वर्षको माघ २ गते गरिएको थियो । पुन:निर्माण सुरुआत भएको छ वर्ष पुग्दा पनि सम्पन्न भएको छैन ।

स्थानीय सामग्री अभाव, कामदारको आपूर्ति हुन नसक्ने अवस्था, दक्ष कामदार पाउन कठिन, निर्धारित ज्यालामा कामदार नपाउने अवस्था, प्राविधिको अन्योलतालगायत समस्या देखा परेका छन् । त्यसो त यस मन्दिरको पुन:निर्माण विशिष्ट प्रकारको भएकाले पनि चुनौती भोग्नुपरेको उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्य बताउनुछन् ।

पछिल्लो बैठकपछि पुन:निर्माणले गति लिने विश्वास गर्दै अध्यक्ष शाक्य भन्छन्, “सबै सरोकार निकायले पुन:निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरिएको छ । अब अर्को जात्राका अवसरमा काम पूरा हुनेछ ।” उनले थप रकम उपलब्ध नहुँदासम्म पुन:निर्माणको कामले गति लिन नसक्ने बताए । बैठकमा मन्त्री भुसालले आम जनताको आस्था रहेको मच्छिन्द्रनाथको मन्दिर पुन:निर्माणका लागि सहयोग सङ्कलन गर्ने र राज्यका निकायबाट प्राप्त हुन आर्थिक एवं प्रविधिक सहयोगलाई एकीकृत गर्ने बताए । मन्दिरको पुन:निर्माणका लागि आर्थिक एवं अन्य सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मन्दिर परिसर निर्माणका लागिसमेत ध्यान दिनुपर्नेमा जाड दिए।
 
प्रदेशसभा सदस्य खड्काले प्रदेश सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । त्यस्तै पुन:निर्माण प्राधिकरणका प्रमख कार्याकारी अधिकृत सुशील ज्ञवालीले प्रविधिकरणले उपलब्ध गराउन सकिने प्राविधिक एवं आर्थिक सहयोग दिने वाचा गरे । महानगर प्रमुख महर्जले जनता र राज्यको सहयोगबाट पुन:निर्माणका काम धेरै सम्पन्न भएको उल्लेख गर्दै सोहीअनुसार पुन:निर्माणका काम पूरा गर्नुपर्ने बताए ।

पुरातत्व विभागका महानिर्देशक गौतमले पुन:निर्माणको कार्यलाई गति दिने विश्वास दिलाए । विभागको समन्वयमा भएका गतिविधिबारे जानकारी गराउँदै आगामीमा दिनमा पुन:निर्माणका कार्यलाई थप केन्द्रित गर्ने दृढता व्यक्त गरे । पुन:निर्माणका लागि आवश्यक पर्ने कलात्मक इँटा महँगो हुने गरेको छ । स्थानीय कच्चा पदार्थबाट एउटा इँटा निर्माणका लागि रु नौ हजार ८५० सम्म लाग्ने देखिएको छ । मन्दिरको परम्परागत स्वरूपलाई कायम गर्नका लागि चुनौती भएको स्थानीय जानकारको भनाइ छ । उक्त मन्दिरमा तीन दर्जनभन्दा बढी साना ठूला विभिन्न आकार र डिजाइनका इटा प्रयोग भएको छ । त्यसले गर्दा पनि कामले गति लिन सकेको छैन । 

मन्दिर पुन:निर्माण पूरा गर्नका लागि सरकारले रु तीन करोड आठ लाख बजेट विनियोजन गरेको थियो । पुरातत्वको महत्वअनुसार निर्माण गर्ने हो भने थप रु तीन करोडभन्दा बढी बजेट आवश्यक पर्ने जानकारले बताएका छन् । मन्दिरको पुन:निर्माण निकै कठिन भएको जनाउँदै कार्यकारी अधिकृत ज्ञवालीले पुन:निर्माणको लागत एवं प्राविविधरुपमै पुनरावलोकन गर्नुपर्ने अवश्यकता रहेको बताए। 

पुन:निर्माणका लागि विनियोजना गरिएको बजेटले काम सम्पन्न हुन नसक्ने देखिएको छ । हालसम्म काम गर्ने टहरा निर्माण, पहिलो चरणको काम सुधार्ने र ढोका मर्मत तथा जडान, काठको काम, ढुङ्गाका खम्बा तयारी एवं जडान गरिएको छ । त्यसैगरी गजुरको काम, घण्टा जडान, चारै दिशमा सिंहको जोडी राख्ने कार्य सबै बाँकी रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending