Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा काठमाडौं महानगरपालिका

खबरडबली संवाददाता
काठमाडौं काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो । आगामी बुधबारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने जनाएको छ ।  
 
यसअघि महानगरपालिकाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । महानगरले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटकपटक जानकारी गर्दा पनि धेरैले अटेर गर्दै आएका छन् । दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले व्यवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेश नगरेकाले महानगरले ताकेता गर्नुपरेको राजस्व महाशाखा प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।  
 
आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमअनुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी सङ्घ संस्थालाई अनुरोध गरिएको छ । मुख्यगरी कर नतिर्नेमा नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ ९हाल ले हिमालय०, सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि छन् ।
 
यसैगरी ओम सान इन्टरनेशनल कलेज ९हेल्पिङ ह्यान्ड्स०, गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार कांवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिद्धार्थ वनस्थली स्कूल, जनमैत्री अस्पताल, सिटी सेन्टर, ह्वाइट फिल स्कुल र केएल टावरलगायतले लामो समयदेखिको कर तीर्न बाँकी छ  । कर नतिर्ने अर्धसरकारी संस्थाले आफूहरु पनि सरकारी रहेकाले तिर्न नपर्ने जिकिर गर्दै आएका छन् ।  
 
रु तीन करोड बक्यौता असुल 
 
सूचना सार्वजनिक गरेपछि हालसम्म करिब रु तीन करोड बक्यौता रकम असुल गरिएकोे छ । सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा रु एक करोड ५३ लाख राजस्व बुझाएका छन् । यसरी कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्स एण्ड इञ्जिनियरिङ ९वल्र्ड टे«ड सेन्टर०ले रु एक करोड बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हीराचनले आगामी १९ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन दिनुभएको छ ।
 
वडा नं १४ को नेशनल हस्पिटलले रु २४ लाख, वडा नं १४ कै शहीद मेमोरियल हस्पिटलले रु १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा नं ११ को एनआरटी क्लबले रु १० लाख दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ । धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने लक्ष्य लिएको छ । 
 
समयमा नै कर तिरेन भने प्रत्येक वर्ष दश प्रतिशतका दरले जरिवानास्वरुप रकम वृद्धि हुँदै जान्छ तर महानगरले विगतका दुई वर्षमा भने कारोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवानामा छुट दिएको छ । सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेलाई विभागले कडाइका साथ कानूनी कारवाही अगाडि बढाउने तयारी गरेको छ । 
 
सेवा बन्द गरिँदै
 
कर नतिरी सम्पर्कसम्म नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ । राजस्व महाशाखा प्रमुख डा अघिकारीले भन्नुभयो, “अटेर गर्नेलाई कानूनी कारबाही चलाउनुबाहेक विकल्प छैन, अनुरोध र सूचनाको अटेर गर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गरी महानगरबाट दिइने सबै सेवा बन्द गर्ने हो । ” 
 
करदाताकै सहजताका लागि महानगरले गत वर्ष असोज १ गतेदेखि अनलाइन प्राणलीमार्फत राजस्व सङ्कलन गर्दै आएको छ । हाल अनलाइनमा १६० करदाता जोडिएका छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE