काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालमाथि शब्दमार्फत हमला गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शब्दमार्फत हमला गरेका हुन् ।
माधवकुमार नेपालले लामो समय पार्टीको नेतृत्व गरेको तर त्यस क्रममा पार्टी खुम्चिएर कचौरा जत्रो हुन पुगेको बताए । ओलीले पार्टीको नीति नियम नमान्ने, अनुशासनहीन काम गरेर अचाक्ली गर्नेलाई पार्टीबाट निकालिदिएको बताएका छन् । माधवकुमार नेपाल समूहलाई इंगित गर्दै ओलीले भने, ‘अचाक्ली गर्नेलाई पार्टीबाट निकालिएको, मन्त्री बनाए भो त ।’
ओलीले माधवकुमार नेपाल समूहमा रहेका नेताहरुलाई एमालेमै फिर्ता हुन पनि अपिल गरे । ‘अब अलमलमा पर्नुपर्ने कुरा छैन । माधव नेपालले नाम लेखेर निर्वाचन आयोगमा बुझाएकाहरु पनि आउनुस्’ ओलीले भने । ओलीले एमाले विभाजन भएको नभई चोइटिएको पनि बताए ।
त्यस्तै ओलीले अबको चुनाव नेकपा एमालेको हो र बाँकी छेउमा बसेर हेरे हुने प्रतिक्रिया दिएका छन् । ‘म सबैले सुन्ने गरी भनिदिन्छु । अबको चुनाव एमालेको हो चुनाव हो,’ उनले भने, ‘अरुले छेउमा बसेर हेरे हुन्छ ।' ओलीले माधवकुमार नेपाल समूहका मान्छे आफूतिर तान्न थोरै मेहनत गरे दल नै दर्ता नहुने पनि दाबी गरे ।
त्यसैगरी ओलीले बुधबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिन जानेक्रममा नेतृ रामकुमारी झाँक्रीले माधवकुमार नेपालको हात समातेको विषयमा टिप्पणी गरेका हुन् । ‘हिजो केही मान्छेहरु, कोही समातिएर घिसारिँदै, कोही समातेर घिसार्दै निर्वाचन आयोगमा पुगेको देख्नुभयो होला । केही मान्छेहरुले पार्टी छोड्नु नयाँ कुरा होइन,’ उनले भेन, ‘तपाईं सधैं हरियो देखिने रुख लगाउनुस् तर पनि कोही–कोही पात झरिरहेको हुन्छ, कोही–कोही पात पलाइरहेको हुन्छ। पालुवा पनि पलाउँदै गइरहेको हुन्छ। कोहीकोही पात झर्दै गइरहेको हुन्छ। पातै नझर्ने, झर्दै नझर्ने रुख संसारमा हुँदैन। यो सिलसिला नै हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: