Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

किन फुटे एकै दिन एमाले र जसपा ?

खबरडबली संवाददाता

काठमाडौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) अन्ततः विभाजन भएका छन् ।

एमालेभित्र विवाद झागिँदै गएपछि दुईपटक विघटन गरिएको प्रतिनिधिसभा र त्यसपछि विकसित मुलुकको राजनीतिक  घटनाक्रमले यी दुवै राजनीतिक शक्तिलाई विभाजनसम्म पुर्याएको हो । राजनीतिक द्वन्द्वबाट उत्पन्न परिस्थितिका कारण पटकपटक दल विभाजन हुँदा सरकारलाई स्थिरता प्रदान गर्ने हेतुले दल विभाजनसम्बन्धी व्यवस्थालाई कडाइ गरिएको थियो । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले त्यसलाई उल्ट्याइदिए छ । 

त्यसो त प्रमुख राजनीति दलको विभाजनप्रति आम नागरिकले चिन्ता व्यक्त गर्दै सत्ता स्वार्थ र सुझबुझपूर्ण राजनीतिक नेतृत्वको कमी देखिएको प्रतिक्रिया दिएका छन् । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनपछि प्रस्तावित नयाँ राजनीतिक दल नेकपा एमाले (समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले भने नेपालका अरु वामपार्टीलाई समेटेर क्रान्तिकारी वाम आन्दोलनको नयाँ धु्रवीकरण गर्ने योजनाका साथ नयाँ दल दर्ता गरिएको प्रतिक्रिया दिए ।

उनले भने, “एमालेमा अलमलिएका कयौँ साथीलाई अब चाँडोभन्दा चाँडो एमाले (समाजवादी) भित्र समावेश हुन हामी आह्वान गर्छाैँ । त्यहाँ रहेकासँग कुनै शत्रुता गर्दैनौँ । एमालेले अब कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्दैन ।” माधव नेपालको अध्यक्षतामा गठन भएको उक्त दलमा ९५ सदस्यीय केन्द्रीय समितिमा झलनाथ खनाल बरिष्ठ नेता हुन ।

साविक एमालेबाट ५८ केन्द्रीय सदस्य र ३१ जना सङ्घीय सांसद नयाँ दलमा आउनुभएको जानकारी दिइएको छ । प्रारम्भमा खुला किताब चुनाव चिह्न प्रस्ताव गरिएको चर्चा चलेको भए पनि निर्वाचन चिह्नबारे निर्णय भइनसकेको र छलफलकै चरणमा रहेको जानकारी दिइएको छ ।

पटक–पटक प्रतिनिधिसभा भङ्ग गरेपछि त्यसको रक्षा तथा संविधानको रक्षाका एमाले(समाजवादी) दर्ता गर्नु परेको नेता पाण्डेले प्रतिक्रिया दिए । एमाले नेतृत्वबाट आफूहरूप्रति गरेको ब्यवहारका कारण सो पार्टीमा बस्ने आवस्था नरहेको उनको भनाइ छ । दल दर्ताको प्रमाणपत्र पाएपछि चाँडै पार्टीको राष्ट्रिय भेला र सम्मेलन गरीे कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्ने र सर्वहारा श्रमजीवी जनताको हकहित अधिकार र राष्ट्रिय स्वाधीनताका लागि लड्ने दृढताका साथ काम गर्ने उहाँले अठोट व्यक्त गरे ।

निर्वाचन आयोगमा आजै समाजवादी पार्टी नेपाल(लोकतान्त्रिक)का वरिष्ठ नेता राजेन्द्र महतोले साविकको जसपा विभाजन भएर नै नयाँ दल दर्ताका लागि निवेदन दिएको प्रतिक्रिया दिए । उनले भने, “विभाजित राजनीतिक दलका रूपमा जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक दर्ता भएको छ, सावित जसपाको १५ सांसद र १७ केन्द्रीय सदस्य नयाँ दलमा आउनुभएको छ ।”

अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो रहनुभएको नयाँ दल २४ सदस्यीय कार्यकारिणी समितिको छ । मुलुकमा अरु दल पनि विभाजन भएको हुँदा विभिन्न कालखण्डमा पार्टी टुटफुट त भई हाल्छ नि भन्ने प्रतिक्रिया दिँदै वरिष्ठ नेता महतोले भने, “कुनै अध्यादेशले फाइदा पनि गर्छ नि त, आवश्यकता थियो र त अध्यादेश आएको हो नि !”

सोही दलका नेता शरदसिंह भण्डारीले आफूहरूले गठन गरेको नयाँ पार्टीले समावेशीका मुद्दालाई प्राथमिकता दिने तथा दलको चरित्र र सङ्गठन सशक्त बनाउने बताए । तराई मधेशका माग मुद्दालाई कमजोर हुन नदिने हेतुले विगतमा पार्टी एकीकरण गरिएको सुनाउँदै उनले दलभित्र सत्ताको राजनीति अघि सारिएपछि विभाजन नै उपयुक्त बाटो ठानिएको बताए  । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE