Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

ओलीकै बाटोमा जानु कांग्रेसका लागि आत्मघाती कदम हो : भण्डारी

डा. चन्द्र भण्डारी

दल विभाजन सम्बन्धि सरकारले ल्याएको अध्यादेश अत्यन्तै गम्भीर र संवेदनशील छ । यसले लोकतन्त्र र संसदीय व्यवस्थालाई नै कुरुप बनाउँछ । दलहरू कमजोर र मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउँछ । यो वर्तमान सरकारको मात्र दोष होइन । हरेक कुरा नेपालमा भएको छ नहुने कुरा भएको छ । हिजो केपी ओलीले ल्याउँदा कांग्रेसले उक्त कदमको प्रतिवाद गर्‍याे। अहिले फेरी उक्त अध्यादेश कांग्रेस नेतृत्वको सरकारले ल्याउनु  राम्रो होइन । यसले स्थायित्व प्रत्याभूति गर्दैन ।

अहिलेको राजनीतिक अराजकताको सम्पूर्ण जिम्मेवारी केपी ओलीले लिनुपर्छ । जनताले झण्डै दुई तिहाइ मत दिएर सरकार सञ्चालन गर्न केपी ओलीलाई पठाएको हो । उनले जनताको काम सिन्को नभाँच्ने अनि सत्ता र शक्तिलाई टिकाइ राख्न जस्तो कदम पनि उठाउने प्रवृत्तिले देशमा पुन: अस्थिरता निम्त्याइएको छ । लामो संघर्ष पछि स्थायित्वतर्फ गएको मुलुकलाई अस्थिरतामा धकेल्ने काम ओलीले गरेका छन् ।

नेपालमा अत्यन्तै खतरनाक राजनीतिक अस्थिरताको शुरुवात भएको छ । हिजो ओलीले ल्याउँदा लोकतन्त्र र अस्थिरता भयो भन्ने आज ओलीकै बाटोमा जानु कांग्रेसका लागि आत्मघाती कदम हो । नेपाली कांग्रेस हरेक खालको अतिवादीविरुद्ध लडेर आएको पार्टी हो । लोकतन्त्रमा हरेक गतिविधि संविधान, कानून, विधि र विधान अनुसार हुनुपर्छ । प्रधानमन्त्री देउवाले यस विषयमा पार्टीभित्र कुनै छलफल गर्नुभएको छैन । जुनसुकै प्रयोजनका लागि यो अध्यादेश ल्याएको भएपनि अन्तत: यसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ ।

जनताले पाँच वर्ष कम्युनिष्टहरूलाई नै सत्ता सञ्चालन गर्न दिएको हो । कम्युनिष्टहरूले जनादेशको आदेशलाई अबमुल्यन गरी व्यक्तिगत स्वार्थ, गुटगत खिचातानी र राज्य शक्तिको दम्भले आजको परिस्थिति निर्माण भएको हो । कांग्रेसले कम्युनष्टिसँगको सहकार्यमा रमाउने होइन । जतिसक्दो चाँडो निर्वाचनमा जानुपर्छ । कम्युनिष्टले बदनाम गराएको बाटोमा कांग्रेसले निरन्तरता दिनु आफ्नै खुट्टामा बञ्चरो प्रहार गर्नु जस्तै हो । कांग्रेस लोकतन्त्र, संविधान र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकोले सरकार सञ्चालनमा आवश्यक पर्ने अध्यादेश बाहेकका गतिविधि बन्द गर्नुपर्छ ।


(भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies