अहिले हामी लोकतान्त्रिक राज्य व्यवस्थामा छौँ । यो व्यवस्थामा जनताले पार्टी खोल्न, विभाजन गर्न, एकता गर्न सक्छन् । सबैलाई मन परेका दल तथा नेतालाई भोट हाल्न पाउने अधिकार छ । यस हिसाबले एउटै दलमा बस्न नसक्ने, विचार, सिद्धान्त नमिलेपछि हामीसँग पार्टी विभाजन गर्नुको विकल्प छैन । नयाँ दल गठनका लागि सरकारले ल्याएको अध्यादेशले ढोका खुलेको छ । यो अहिलेको सरकारले ल्याएको होइन ओलीकै पालामा ल्याएको अध्यादेश हो । ओली पहिल्यै अलग हुन चाहेका थिए । हामीसँग बस्न चाहेका थिएनन् । त्यसैले सरकारको अध्यादेश लोकतान्त्रिक प्रणाली अनुसारनै आएको छ । यो स्वागतयोग्य छ ।
ओली गुटले हामीमाथि जुन किसिमको कारबाही गरेको छ त्यसको कुनै औचित्य छैन । ओली गुटको बैठक बसेर कथित केन्द्रीय कमिटीको लिस्ट निर्वाचन आयोगमा पठाएको छ त्यो कुनै हालतमा मान्य छैन । निर्वाचन आयोगले नवौं महाधिवेशनबाट चुनिएका केन्द्रीय कमिटी मात्र चिन्दछ । ओलीको निर्णय हतास मानसिकताको उपज मात्र हो ।
नेतृत्व असक्षम भएपछि ठुलो पार्टी भएर स्थिरता हुँदो रहेनछ भन्ने कुरा नेकपाबाटै पुष्टि भयो नि । ठुला पार्टी भए देश चल्ने अनि साना साना पार्टी भए देश र लोकतन्त्रमाथि प्रहार हुने कुरा गलत हो । पार्टी ठुलो सानो होइन मुख्य कुरा भनेको मनोविज्ञान र दृष्टिकोण हो ।
समान हैसियत, साझा विचारमा समन्वयात्मक तरिकाले पार्टी चल्यो भने साना पार्टी पनि ठुला हुन्छन् । शक्ति र सत्ताको आडमा व्यक्तिवादी चरित्र हामी भए ठुला पार्टी पनि विलय भएर जान्छन् । यो इतिहासको नियम हो । अध्यादेश जसपाका लागि आयो वा ओलीका लागि आयो त्यो मतलब छैन । जेसुकैका लागि आए पनि अब एमाले एक हुन सक्दैन । एकताको ढोका ओलीले नै बन्द गरी सकेका छन् । केही समयमा पार्टी विभाजन हुन्छ । यसका लागि सबै तयारी पुरा भएको छ । हामी निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न जाँदै छौं ।
यहाँ घाटा नाफाको कुरा होइन । दृष्टिकोण, मनोविज्ञान, योजना र क्षमता हो । असक्षम व्यक्तिले एकलाई चार बनाउँछन् भने क्षमतावान व्यक्तिले चारलाई एक बनाउँछन् । हाम्रो कदमले मुलुक र लोकतन्त्रलाई बलियो बनाउँने योजनलाई नै सर्पोट गर्छ ।
(चौधरी नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य हुन् )
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: