काठमाडौँ । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गिरीबन्धु टि स्टेट प्रालि झापाको स्वामित्वमा रहेका जग्गा सट्टापट्टा वा स्थानान्तरणका लागि भएको निर्णय कार्यान्वयन नगर्न नगराउन सरकारलार्ई निर्देशन दिएको छ ।
अघिल्लो सरकारले वैशाख १३ गतेको निर्णयबाट उक्त जग्गा सट्टापट्टा वा स्थानान्तरणको लागि स्वीकृति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले जग्गाको दर्ता हक, स्वामित्व र भोगको दर्ता स्रेस्ता दुरुस्त, अद्यावधिक र व्यवस्थित राख्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको निर्णयमा भनिएको छ, “कुन कृषि फर्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको नाममा के कति परिमाणमा कुन प्रदेश, जिल्ला र पालिकामा हदबन्दीभन्दा धेरै जग्गा छ, सोको विस्तृत विवरण भदौभित्र समिति समक्ष पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई निर्देशन दिने ।”
कानूनको उचित प्रक्रिया अपनाइ हदबन्दीभन्दा धेरै रहेका जग्गाको संरक्षण गर्नु मन्त्रालय र कर्मचारीको कर्तव्य भएको स्मरण गराउँदै समितिले कानूनले तोकेभन्दा धेरै जग्गा सरकारको स्वामित्वको भएको स्पष्ट पारेको छ ।
जग्गाको संरक्षण र व्यवस्थापनका लागि विस्तृत कार्य योजना यथाशीघ्र समिति समक्ष पेश गर्ने निर्देशन दिँदै बैठकले प्रत्यायोजित व्यवस्थापनसम्बन्धी व्यवस्थाको कार्यान्वयन गर्न भूमिसम्बन्धी नियम समिति समक्ष सात दिनभित्र पेश गर्न मन्त्रालयलाई निर्देशन भएको सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...
आषाढ़ १८ गते, २०८३ - ०८:१८
चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...
आषाढ़ १८ गते, २०८३ - ०८:००
काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...



प्रतिकृया लेख्नुहोस्: