Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

पार्टी विभाजन गराउने अध्यादेश आउने आशंकाले ओली- नेपाल समूहमा तरंग पैदा

खबरडबली संवाददाता

काठमाडौ. । संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।

एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओली निकट एक नेताले भने। छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन्। पार्टी विभाजन गर्नेगरी कुनै पनि प्रकारको अध्यादेश आए त्यो मान्य र क्षम्य नहुने उनले उल्लेख गरेका छन्। उनले पार्टीका नेता, कार्यकर्ता, सांसद सबैलाई पार्टी विभाजन विरुद्ध उभिन अपिल गरेका छन्। उनले पार्टीको विवाद मिलाउन १० बुँदे सहमति भइसकेकाले त्यसको पालना र कार्यान्वयन हुने बताएका छन् ।

साँझको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेका छन्। स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।  

उता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३० भन्दा बढी केन्द्रीय सदस्य पनि छलफलमा जुटेका छन्। उनीहरूले आवश्यक परे राष्ट्रिय भेला बोलाएर भए पनि पार्टी विभाजन हुन नदिने गरी दबाब सिर्जना गर्ने भएका छन्। ‘पार्टी विभाजन हुने अवस्था आए एमालेका दुवै पक्षका नेताले आआफ्नो तहमा दबाब दिनेगरी कार्यकर्ता परिचालन गर्ने तयारी भएको छ’, एक नेताले भने। नागरिक दैनिकमा खबर छ । 

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...

मूलपानीबाट गोलीमा हानेर समातिएका १० लुटेरालाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा फाइल पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...

कागबेनी-मुक्तिनाथ सडकमा हिउँ पन्छाउन थालियो, दर्शनार्थी कागबेनीमै रोकिए

काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...

अहिले वामपन्थी शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको छ : अग्नि सापकोटा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...

नेप्से १७.५३ अंकले घट्यो, कारोबार रकम भने १४ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिम्मेवार सूचना प्रवाह गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...

सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...

कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युगको प्रतिनिधि: उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending