कैलाली । कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन् । कुलामा पर्याप्त पानीको अभाव भएपछि किसानले सबैको खेतसम्म पानी पुर्याउन आलोपालो प्रणाली लागू गरेका हुन् ।
पानीका लागि किसानबीच हुने खिँचातानी अन्त्य गर्न र उत्पादन वृद्धिमा सहयोग पुगोस् भनेर पालो लगाइएको हो । कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि काम गरिरहेको छ । परियोजनाले सिँचाइ सुविधा विस्तारका लागि काम गरिरहे पनि पानीको वितरण प्रणाली लागू नहुँदा कतै धेरै र कतै सुख्खा रहने गरेको छ । धान खेतमा आवश्यक पानी पर्याप्त नहुँदा टीकापुर नगरपालिका–१ वनगाउँका किसानले आलोपालो नियम बनाएर धान खेत सिँचाइ गर्न थालेपछि सहज भएको छ ।
कुलोमा पानीको कमी हुँदा धानको उत्पादनमा कमी हुन सक्ने भन्दै वनगाउँ बीचपुरुवाका किसान कुलाको पानी प्रयोगका लागि आलोपालो नियम बनाएर खेत सिँचाइ गर्न थालेको पहारुलाल चौधरीले बताए । “धान खेतीलाई आवश्यक पर्ने पानी सबै किसानको खेतका गह्रासम्म सहजरुपमा पुर्याएर सिँचाइ गरी उत्पादन राम्रो गराउन पानीका लागि आलोपालो नियम बनाएर लागू गर्दा सहज भएको छ”, चौधरीले भने, “नियम नबनाउँदा आसपमा किसानबीच झगडा हुन थाल्यो, त्यसैले गाउँले बसेर आफैँले नियम बनायौँ ।”
कुलाको पानी प्रयोगका लागि आलोपालो नियम नबनाउँदासम्म कुलाको शिरतिरका किसानले धेरै पानी प्रयोग गर्ने र अन्त्यमा खेत भएका किसानले पानी नै नपाउने समस्या हुन्थ्यो । कर्णाली नदीमा पर्याप्त पानी छ तर गाउँमा रहेका सिँचाइ कुलामा आवश्यक पानी वितरण हुन सकेको अवस्था छैन । त्यसको मारमा किसान परिरहेका छन् । “धान रोपेदेखि नियमित सिँचाइ गर्न अति आवश्यक छ, तर कुलामा पर्याप्त पानी नहुँदा महिना दिनसम्म खेतमा पानी हाल्न नपाउने अवस्था छ”, वनगाउँका टङ्क घर्ती मगरले भने, “अहिले सबै किसानले समानरुपमा खेतमा पानी हाल्न पाएका छन्, पानी पाएमा बाली राम्रो उत्पादन हुने गर्छ, बाली राम्रो हुने मात्र होइन धानमा झार उम्रने, विभिन्न रोगबाट बचाउन सकिन्छ ।”
वनगाउँको बीच पुरुवा र दक्षिण पुरुवाका करीब २०० बिघा क्षेत्रफल खेतमा एउटै कुलाको पानी लाग्ने गरेको छ । वनगाउँको गबलिया कुलामार्फत क्षेत्रफल खेतमा लाग्ने पानी सबैलाई पर्याप्त हुँदैन । यसका लागि यहाँका किसानले कुलाको पानी प्रयोग गर्न तीन खण्डमा विभाजन गरी बाँडफाँट गरिहेको बडघर तेजबहादुर चौधरी जानकारी दिए । “सिँचाइका लागि आलोपालो नियम पालना गर्न समुदायको भेलाले विभिन्न नियम तथा निणर्य गरेका छौँ”, उनले भने, “आफ्नो पालोका दिनबाहेक अरु दिन पानी सिँचाइ गर्न नपाइने र त्यो दिन पानी प्रयोग गरेमा जरिवाना तिराउने नियम बनाएका छौँ ।”
किसानको भेलाले कुलाका पानीको अवस्था हेरेर आफ्नो पालोमा कुलाको स्याहार गर्ने, पानी लिन मुहानसम्म जाने र पालोका दिन २४ घण्टासम्म आफ्नो खेतमा सिँचाइ गर्न पाउने नियम बनाइएको छ । कुलाको सरसफाइ र मुहानसम्म पानी लिन सबै किसान मिलेर जाने गरेका छन् ।
रानीजमरा कुलरिया सिँचाइ आयोजना लागू भएका क्षेत्रमा सिँचाइका लागि पानीको पर्याप्तताका लागि विभिन्न संरचना निर्माणसहित पानी वितरण भइरहेको छ । आयोजना लागू भएका टीकापुर र लम्की चुहा नगरपालिका तथा जानकी गाउँपालिकामा अहिले १४ हजार ३०० हेक्टरमा सिँचाइ पुर्याउने र पछि थप गरी १८ हजार हेक्टरमा लगिने आयोजनाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: