Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

हाइकिङमार्फत जोडिँदै गलेम भिर

रासस
गण्डकी । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–४ स्थित गलेम भिरलाई हाइकिङमार्फत जोड्ने प्रयास थालिएको छ । धार्मिक एवं पर्यटकीय महत्वको गलेम भिरलाई पदयात्रा पर्यटनसँग जोड्दै एक दिवसीय हाइकिङको गन्तव्य बनाउने सोचका साथ बृहत् फेदीखोला पोखरा समाजको समन्वयमा हाइकर्स क्लब नेपालले उक्त क्षेत्रको प्रवद्र्धनात्मक हाइकिङ सम्पन्न गरेको छ । 
 
गलेम भिरसँगै गलेम गाउँ र यससँग जोडिएका प्रकृति र संस्कृतिका विविध पक्षलाई एक साथ समेट्दै अघि बढाउने र यस क्षेत्रलाई एक दिवसीय हाइकिङको गन्तव्य बनाउने सोच राखिएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए । “गलेम भिर यस क्षेत्रका स्थानीयवासीको धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ठाउँ पनि हो”, उनले भने, “स्याङ्जा बजारका साथै पोखराबाट आउने पर्यटकलाई एक दिनको हाइकिङ गराउँदै यहाँका प्रकृति र संस्कृतिका विविध पक्ष एकसाथ अवलोकन गराउन सकिन्छ ।”
 
हाइकिङको सुरुआत हुने स्थल आरुखर्क बजारबाट पदयात्री ढुङ्गे देउराली हुँदै गलेम भिर भएर गलेम गाउँसम्म पुग्दछन् । आरुखर्कबाट दृश्यावलोकन गर्दै गलेम गाउँसम्म पुग्न झण्डै दुई घण्टा लाग्दछ । गाउँबाट करिब आधा घण्टाको दूरीमा मनोरम काल्से झरना रहेको बृहत् फेदीखोला सम्पर्क समाजका उपाध्यक्ष कृष्ण क्षेत्रीले जानकारी दिए । 
 
हाइकिङ मार्गमा पर्ने ढुङ्गे देउराली चौताराको छुट्टै धार्मिक महत्व छ । यस मार्ग हुँदै आवतजावत गर्नेले यात्रामा कुनै समस्या नआओस्, यात्रा सुखद् होस् भन्दै ढुङ्गा चढाएर हिँड्ने प्रचलन अहिले पनि कायमै छ । हाइकर्स क्लब नेपालका सदस्य टीका आचार्यका अनुसार गण्डकी प्रदेशभित्रका पर्यटकीय सम्भावनायुक्त गाउँलाई क्लबले हाइकिङका माध्यमबाट प्रवद्र्धन र विकास गर्दै आएको छ ।
 
‘स्वास्थ र पर्यटनका लागि हाइकिङ’ भन्ने नाराका साथ क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार गर्दै आएको हाइकिङको १९ औँ शृङ्खला यस पटक आरुखर्क बजार–गलेम भिर हुँदै गलेम गाउँसम्म गरिएको उनले जानकारी दिए । विगत दुई वर्षदेखि गण्डकी प्रदेशका नयाँ नयाँ गन्तव्यमा क्लबले हाइकिङ सञ्चालन गर्दै आएको जानकारी दिँदै आचार्यले कोभिड महामारीले केही समय हाइकिङ स्थगित गर्नुपरेको बताए ।
 
“कोभिड महामारीका बीच पछिल्लो समय खोप लगाउने क्रम पनि बढ्दै गएको र क्लबका प्राय: सदस्यले खोप लगाइसक्नुभएको छ”, उनले भने, “आगामी दिनमा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्दै क्रमश: हाइकिङका गतिविधि अघि बढाउने सोचमा छौँ ।” हाइकिङको १९ औँ शृङ्खला स्वास्थ्य मापदण्ड पालनासहित स्यानिटाइजर, मास्क आदिको प्रयोगसहित सम्पन्न गरिएको उहाँले जानकारी दिए ।
 
फेदीखोला गाउँपालिका–४ का वडाध्यक्ष माधव सुवेदीका अनुसार आरुखर्कस्थित ऐतिहासिक शाहवंशीय दरबार, गलेम भिर आदि यहाँका पर्यटकीय गन्तव्य हुन् । यस क्षेत्रको विकासलाई लक्षित गरी दरबारको भग्नावशेषको संरक्षणका साथै यहाँका पर्यटकीयस्थलको प्रवद्र्धन, सर्केटारी आरुखर्क हुँदै पञ्चासे जाने बाटो कालेपत्रे गर्ने काम भइरहेको छ ।
 
फेदीखोला गाउँपालिका–१ सर्केटारी हुँदै गलेम–पञ्चासे  सडकखण्डको भिरखण्ड दुई दशमलव छ किलोमिटर दूरीमा रहेको र सोही स्थानमा पार्क तथा वनभोजस्थल बन्न लागेको स्थानीय युवा पर्यटन व्यवसायी अशोक लामिछानेले जानकारी दिए । यस क्षेत्रमा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले दृश्यावलोकन, हाइकिङका साथै अन्य पर्यटकीय गतिविधि पनि बढाउन सकिने बताए ।
 
बृहत् फेदीखोला पोखरा सम्पर्क समाजका अध्यक्ष अविलास गुरुङले आरुखर्कस्थित शाहवंशीय राजाको दरबार रहेको क्षेत्र, शिवालय मन्दिर, आरुखर्क बजार, ढुङ्गे देउराली चौतारी, गलेमको भिर, भिरमा निर्माणाधीन पार्क, गलेम गाउँ आदिलाई समेट्दै यहाँको पर्यटकीय विकास गर्न सकिने सम्भावना रहेको बताए । पर्यटकीय सम्भावनालाई उजागर गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहका सरकारको साथ र सहयोगका साथै स्थानीयवासीको जागरुकता अपरिहार्य हुने उनले बताए  ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending