Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

काभ्रेको प्रशासन र मालपोतमा बारअनुसार सेवा प्रवाह

खबरडबली संवाददाता

काभ्रे । पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन् । 

जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि बारअनुसारको सेवा दिने जनाएका हुन् । 

प्रशासन कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको मापदण्ड पालना गर्ने सन्दर्भमा कार्यालयमा दैनिकरूपमा सेवाग्राहीको अत्यधिक भीड बढेको र जिल्लामा कोरोना सङ्क्रमणदर बढिरहेकाले आज आइतबारदेखि स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाई बारअनुसार सेवा तोकिएको जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल, पाँचखाल नगर र पनौती नगरपालिकाका लागि आइतबार, मङ्गलबार र बिहीबार तथा बनेपा नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाका लागि सोमबार, बुधबार  र शुक्रबार सवा प्रवाह हुने जनाइएको छ । गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

यस्तै जिल्ला मालपोत कार्यालय धुलिखेलले पनि आजदेखि बारअनुसारनै सेवा प्रवाह गर्ने जनाएको हो । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै कार्यालयले स्थानीय तहका नागरिकलाई बारअनुसार सेवा उपलब्ध गराउन थालेको हो । कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि बनेपा र नमोबुद्ध नगरलाई आइतबार र बुधबार, धुलिखेल र मण्डनदेउपुर नगरलाई सोमबार र बिहीबार तथा पाँचखाल र पनौती नगरलाई मङ्गलबार र शुक्रबार सेवा उपलब्ध गराउने जनाएको हो । गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
 
यसैबीच काभे्रपलाञ्चोकमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमणदर बढिरहेको तथ्याङ्कले देखाएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) का अनुसार हाल जिल्लामा ६४३ कोरोना सङ्क्रमित छन् । अघिल्लो महिना जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झरे पनि साउनमा मृत्युका घटना भइरहेका छन् । जिल्लामा हालसम्म १३ हजार ५३९ जनामा कोरोना सङ्क्रमण देखिएकामध्ये १८२ को मृत्यु भइसकेको छ । मृतकमध्ये पनि १३७ कोरोना सङ्क्रमण दोस्रो लहरका हुन् ।

जिल्लाका अस्पतालमा समेत कोरोनाका बिरामीको चाप बढिरहेको जनाइएको छ । जिल्लामा हाल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरमा १६३, धुलिखेलमा १२०, पाँचखालमा ८१, पनौतीमा १०४, नमोबुद्धमा ९१, मण्डनदेउपुरमा ४५ तथा रोशी गाउँपालिकामा १४, चौँरीदेउरालीमा दुई, तेमालमा आठ, भुम्लुमा पाँच, बेथानचोकमा पाँच, खानीखोलामा एक र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा कार दुर्घटना, नेपाली युवाको मृत्यु

बिर्तामोड। भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा  बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट फर्किदै गर्दा बाग्मती प्रदेश ०१०३...

पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ: मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु हुँदै गर्दा संस्थापक सदस्य मुकुल ढकाल भने सहभागी भएका छैनन्। महाधिवेशन चितव...

आँपको मूल्य निर्धारण नहुँदा किसान समस्यामा

लहान। आँपको राजधानी मानिएको लहानमा लाग्ने आँप बजार व्यवस्थित नरहेको समस्या त छ नै । बजार पूर्ण रुपमा विचौलियाहरुको नियनत्रणमा हुनु र मूल्य निर्धारण नह...

रास्वपा महाधिवेशनमा सहभागी हुन गगन थापा चितवन पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन त्यहाँ पु...

बिर्तामोडमा बर्षाले ३ तले घर भासियो

बिर्तामोड। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड –५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको तीन तले घर भासिएको छ ।  ७० वर्...

प्रधानमन्त्री बालेनको लागि चितवनको लटौली सेन्चुरी रिसोर्ट बुक, कति दिन बस्छन् ?

चितवन । प्रधानमन्त्री बालेन शाह आइतबार चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आ...

गृहमन्त्रीद्वारा रास्वपा महाधिवेशन स्थलको निरीक्षण

चितवन। गृहमन्त्री सुधन गुरुङले आजदेखि हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन कार्यक्रम स्थलको निरीक्षण गरेको छन्।  आइतबार भरतप...

रास्वपाको महाधिवेशन आजदेखि, निर्वाचनमा पराजित भएकालाई समेत समेट्न सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन आजदेखि सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय समिति च...

चुरे क्षेत्रमा वर्षाको असर : राजमार्ग अवरुद्ध

बर्दिबास। शनिबार राति चुरे क्षेत्रमा परेको वर्षाले उत्तरी भेगको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र हावाहुरीले राजमार्गदेखि ग्रामीण सडकसम्म...

सर्लाहीको बसबरियामा सुतेकै स्थानमा पुरुषको हत्या

सर्लाही। सर्लाहीको बसबरिया गाउँपालिका –२ मानपुर टोलमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।  स्थानीय ५० वर्षीय होसनारायण यादवलाई शनिबा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending