Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सहकारीमार्फत गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन जडान

खबरडबली संवाददाता

ताप्लेजुङ । विद्य्त् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१.७६ प्रतिशत राष्ट्रिय प्रसारण लाइन पुगेको हो ।

जिल्लाका नौ स्थानीय तहमध्ये छ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्राविधिक हेमन्त चौधरीले बताए । मैवाखोला गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगे पनि प्राविधिक कारणले घरमा जडान गर्न केही समय लाग्ने उनले जानकारी दिए। मिक्वाखोला गाउँपालिका वडा नं १ र २ खोक्लिङसम्म राष्ट्रिय प्रसारण लाइन पुगेको र गाउँपालिका केन्द्रसम्म पुर्‍याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

फुङ्लिङ नगरपालिकाका ९४ प्रतिशत घरधुरी सङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको बताइएको छ । मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र सिदिङवा गाउँपालिकामा २० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको प्राधिकरणले जनाएको छ । 

पाथीभरा याङवरक गाउँपालिकामा ९० प्रतिशत, सिरिजङ्गा गाउँपालिकामा ३० प्रतिशत र मिक्वाखोला गाउँपालिकामा दुई प्रतिशत घरघुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको प्राधिकरणको तथ्याङ्कले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकामा ९२ प्रतिशत घरघुरी सङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

फक्ताङलुङ गाउँपालिकामा भने राष्ट्रिय प्रसारण लाइन कुनै पुगेको छैन । चालु आवमा फक्ताङलुङ गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोड्ने योजना रहेको प्राधिकरणले जनाएको छ । जिल्लामा आठ विद्युत् सहकारी दर्ता भएका छन् । आठराई त्रिवेणी गाउँपालिकामा दुई सहरकारीमार्फत गाउँगाउँसम्म राष्ट्रिय प्रसारण लाइन पुर्‍याउने काम भइरहेको प्राधिकरणका सूचना अधिकारी देवनाध मण्डलले बताए ।

मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिरिजङ्गा गाउँपालिका, सिदिङवा गाउँपालिकामा एक–एक र पाथीभरा याङवरक गाउँपालिकामा दुई गरी आठ विद्युत् सहकारीमार्फत राष्ट्रिय प्रसारण लाइन दुर्गम बस्तीसम्म पुर्‍याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending