Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

सकियो हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुन:निर्माण, २० को शुरु हुनै बाँकी

रासस

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुन:निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुन:निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १४ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए । “हाल बनिरहेका सम्पदाको काम नसकी अरु काम गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै सुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुन:निर्माण नसकी कामदेव मन्दिरको काम गर्न सकिँदैन”, उनले भने ।

हनुमानढोका विकास समितिबाट पुन:निर्माण भइरहेको गद्दी बैठक र नौतले भवनको बीचमा रहेको राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनाराण शाहको शयन कक्ष, जैशी देवल र दश अवतार आगामी तीन महिनाभित्र पुन:निर्माण सम्पन्न गर्ने गरी तीव्ररूपमा काम भइरहेको छ । त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि दशैँअगावै सक्ने गरी काम भइरहेको छ । हाल यस सम्पदामा गजुर राख्ने तयारी छ ।

आगम्छे घर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुन:निर्माण भइरहेको अड्डाले जनाएको छ । जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुन:निर्माण भइरहेको छ । कामपाबाट पुन:निर्माण भइरहको माजुदेग, शिवपार्वती मन्दिर र नारायण मन्दिरको भने निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुन:निर्माण भइरहेको छ । दरबारको ७० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुन:निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुन:निर्माण सम्पन्न भइसकेको छ  ।

सूचना केन्द्र सञ्चालनको तयारी

विश्वभरि फैलिएको कोरोना महामारीका कारण अहिले यस सम्पदा क्षेत्रमा कोही पनि पर्यटक आउँदैनन् । आगामी दिनमा पर्यटक प्रवद्र्धनका लागि सूचना केन्द्र सञ्चालनको तयारी  छ । यसका लागि सबै तयारी पूरा भए पनि कोरोनाका कारण रोकिएको हो । काष्ठमण्डप नजिकै रहेको सिंह सत्तलमा पहिलो तलामा पर्यटकका लागि जानकारी केन्द्र तयारी गरिएको हो । केन्द्रमा इन्टरनेटको सुविधासहित अडियो भिडियोको सुविधा हुनेछ । काठमाडौँका मुख्य जात्रा इन्त्रजात्रा, गाईजात्रा, सेतो मछिन्द्रनाथको जात्रा, कुमारी र कुमारी घरसँगै समग्र हनुमानढोकाका बारेमा जानकारी दिइने छ ।  

केन्द्र सञ्चालन गर्न लागिएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका आर्किटेक इञ्जिनीयर अमित बज्रचार्यले जानकारी दिए । उनका अनुसार कोरोना हुनुभन्दा पहिले विदेशी आगन्तुकबाट लिएको प्रवेश शुल्कबाट नै वार्षिक रु २० करोडसम्म आम्दानी हुने गरेकामा अहिले लगभग शून्य रहेको छ । गत आर्थिक वर्षमा जम्मा रु एक लाख ५० हजार मात्र आम्दानी भएको छ ।   
 
प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार हुन गएको जानकार बताउँछन् । त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले विसं १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई वसन्तपुर दरबार पनि भन्न थालिएको इतिहास  छ ।  

हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ । सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरिपरि रहेका अन्य सम्पदालाई पनि यहाँको महत्वपुर्ण सम्पदा मानिन्छ । यस स्थानमा मुख्यगरी विभिन्न ११ वटा महत्वपूर्ण चोक छन् ।

त्यसैगरी यहाँको अर्को महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विसं १८१३ मा गराएका हुन् ।
 
कुमारीको महत्व 

पर्यटकको आकर्षणको केन्द्र वसन्तपुरमा कुमारी घर र कुमारी पनि एक आकर्षण हो । नेपालमा कुमारीको पूजा १७ औँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल र तलेजु भवानीबीच पासा खेलिरहेका बेला राजा जयप्रकाशकी रानीले देखेपछि तलेजु भवानी त्यहाँबाट अलप भएको र त्यसपछि तलेजु भवानीले सपनामा राजालाई अबदेखि वर्षमा एक पटक मात्र दर्शन दिनसक्ने बताएको किंवदन्ती छ । 

शाक्य वंशकी छोरीलाई कुमारी बनाई रथजात्रा चलाउनू भन्ने तलेजु भवानीको आग्रहअनुसार राजा जयप्रकाशले कुमारी जात्राको प्रचलन चलाएको इतिहास रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिए ।  
 
काठमाडौँ उपत्यकाकी जीवित देवी कुमारी वर्षमा १३ पटक कुमारीघरबाट निस्कने गरेका छन् । एकपटक पौष शुक्ल अष्टमीको दिन, मुख्य जात्राको रूपमा रहेको इन्द्रजात्रा, बडादशैँ, चैते दशैँ, घोडे जात्रा, सेतो मछिन्द्र जात्रा, सेतो मछिन्दनाथ स्नान हुँदा, गाईजात्राको भोलिपल्ट, पचली भैरव जात्राको समयमा र  चाँगुनाराणबाट कलश ल्याउँदा कुमारी बाहिर निस्कने गरेका छन् ।

कुमारीको दैनिकी  

कोरोना नहँुदा दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्मको समय दर्शनको हो । मध्याह्न १२ देखि ४ बजेको समय कुमारीको अध्ययन गर्ने समय हो । हाल कोरोना सङ्क्रमणका कारण अन्य मठमन्दिरमा जस्तै दर्शनमा रोक लगाइएको छ । अहिलेको कुमारीलाई कुमारी हुनुभन्दा पहिले जुन विद्यालयमा अध्ययन गर्नुहुन्थ्यो सोही विद्यालयका शिक्षकले कुमारी घरमा नै आएर अध्यापन गराउने गरेका छन् । हाल उनी  स्वयम्भूमा रहेको मैत्री बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत छन्  । अहिले कुमारीले अन्य विद्यार्थीले जस्तै अनलाइनबाट कक्षा लिरहेका छन् ।

हरेक दिन नित्य पूजाका लागि तलेजु भगवतीको पुजारीले उहाँको पूजा गर्दछन् । बिहान ९ बजेदेखि १० बजेसम्मा हिन्दू पुजारी र बौद्ध धर्म मान्ने पुजारीबाट उहाँको पूजाआजा हुने गर्दछ । उनले ११ बजेदेखि १२ बजेको समयमा खाना खाने तालिका छ । कुमारी घरमा उहाँको हेरविचार गर्नका लागि एउटा छुट्टै परिवार नै खटिएको छ ।   

कुमारीहरु कुमारीको रूपमा कति समय बस्ने भन्ने यकिन नभए पनि तीनदेखि चार वर्षमा आउने र ११ देखि साढे ११ वर्षसम्मअर्थात् पहिलोपटक महिनावारी हुने समय अघिसम्म बस्न पाइने छ ।

पहिलेदेखि नै कति कुमारी रहे भन्ने यकिन जानकारी नरहे पनि हालको कुमारी ५५ नम्बरमा पर्ने इन्द्रजात्रा व्यवस्थापन समितिले जानकारी दिएको छ । नब्बे सालको भूकम्पपछि कुमारीको गणना गर्न थालिएको बताइएको छ ।
 
कुमारीको मासिक तलब ५० हजार

काठमाडौँ महानगरपालिकाले कुमारीलाई मासिक तलबस्वरूप रु ५० हजार उपलब्ध गराउने गरेको छ । यो व्यवस्था २०५८ सालबाट सुरु भएको हो । त्यसैगरी पूर्वकुमारीका लागि पनि मासिक रु १५ हजार दिने व्यवस्था गरिएको छ । हाल जीवित नौ जना पूर्वकुमारी रहेको छ भने उनीमध्ये पाँच जनाले विवाह गरिसकेका छन् ।  लामो समयदेखि जीर्ण रहेकोे कुमारी घरको पनि मर्मत गर्ने तयारी रहेको छ । यसका लागि कामपाले उपभोक्ता समितिमार्फत निर्माण गर्नका लागि रु एक करोड विनियोजन गरेको छ । 

संयुक्त राष्ट्र सङ्घीय अङ्ग युनेस्कोद्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानलाई विश्व सम्पदा भन्ने गरिन्छ । यसमा कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने धरोहरलाई यसमा समावेश गरिन्छ । जुन विश्व सम्पदा समितिद्वार चयन गर्ने गरिन्छ र उक्त समितिमार्फत नै संरक्षण गरिन्छ ।

युनेस्कोले विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदालाई सूचीकृत गरेको छ । काठमाडौँ उपत्यकाकाबाट तीन वटा ऐतिहासिक दरबार, दुईवटा बौद्ध स्तूप र दुई हिन्दू मन्दिरसँगै उपत्यकाबाहिर लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जलाई समावेश गरेको छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies