Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

खबरडबली संवाददाता

कञ्चनपुर । साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरेका थिए ।

कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्‍यो । मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ । सीमाको सुरक्षामा सशस्त्र प्रहरी बल तैनाथ गर्ने नीति लिएको १४ वर्षपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति बाक्लो बनाएसँगै कञ्चनपुरमा पनि दु्रत गतिमा बिओपी थपिने क्रम छ ।

दुई वर्ष अघिसम्म कञ्चनपुरमा सशस्त्र प्रहरीको एउटा गण र बेलौरीतथार दोधारा चादँनीमा रहेका दुई वटा बिओपी सीमा सुरक्षामा तैनाथ थिए । बिहीबार मात्रै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कञ्जभोजमा सशस्त्र प्रहरीको २० औँ बिओपी स्थापना भएको छ । कञ्चनपुरमा नेपाल–भारत १३० किलोमिटर क्षेत्र सीमा जोडिएको छ । उक्त क्षेत्रमा भारतका तीन वटा बटालियन छन् भने हरेक पाँच किलोमिटरको दूरीमा एसएसबी पोष्ट रहेका छन् ।

कोरोना कहर सुरु भएसँगै सरकारले पनि यहाँका सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बाक्लो बनाउँदै लगेपछि सीमा क्षेत्रमा नागरिकले सुरक्षाको दरिलो अनुभूति गर्न पाएको सशस्त्र प्रहरी बल ३५ नं गण हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । ‘अझै ब्रह्मदेव, दोधारा चाँदनी र पुनर्वासमा गरी चार वटा पोष्ट स्थापना गर्ने तयारीमा छौँ ।’ उनले भने, ‘हाम्रो उपस्थिति बढेसँगै सीमा क्षेत्रमा शान्ति सुरक्षा, सीमा स्तम्भ र भूमि रक्षा, चोरी शिकारी नियन्त्रण, अवैध बाटोबाट हुने अवैध गतिविधि नियन्त्रण भएका छन् ।’

दोधारा चाँदनी क्षेत्रमा बिहीबार स्थापना भएको कञ्चभोजको पाँचौँ बिओपी हो । उक्त पोष्टको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक र नायब निरीक्षकले गरिरहेका छन् । ‘बीस वटा पोष्टमा नौ स्थानमा स्थायी संरचना बनिसकेका छन्”, सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘अन्यमा अहिले अस्थायीरूपले निर्माण गरेर ड्यिुटी थालिएको छ ।’

उनले गत आर्थिक वर्षमा मात्रै चोरीशिकारी नियन्त्रण कार्यबाट रु चार करोड राजस्व सङ्कलन भएको बताए । सीमा क्षेत्रबाट ५४ जना लागू पदार्थ तस्कर र अवैध बाटोबाट भारत जान लागेका २० बालबालिकालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । 

सीमामा सक्रियता बढाउँदै गएको सशस्त्र प्रहरीलाई भौतिक संरचना र पूर्वाधार विकासमा समेत राज्यको ध्यान जानुपर्ने सीमा क्षेत्रका स्थानीयवासीको भनाइ छ । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले यहाँको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढेप्रति खुसी व्यक्त गरे । ‘सीमा क्षेत्रमा हुने अवैध गतिविधि पनि सुरक्षाकर्मीको उपस्थितिले निरुत्साहित हँुदै जानेछन्, सरकारको सीमामा बिओपी बढाउने कुरा निकै सह्रानीय छ ।’

त्यसैगरी पुनर्वास नरगपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दा सीमा क्षेत्रका नागरिकलाई सहज भएको बताए। ‘अहिले भारतीय पक्षसित समन्वय नै राम्रो छ”, उहाँले भन्नुभयो, “भूमि अतिक्रमणको विषय पनि टुङ्गो लगाउनुपर्छ ।’ उनले प्याराताल क्षेत्रमा भारतीय पक्षले २०६१ सालयता अतिक्रमण गरेको बताए । ‘सो क्षेत्र भारतले नक्सामा आफ्नो भूमि भनी दाबी गरे पनि भोगचलन हामीले गरेका छौँ’, उनले भने, ‘अहिले पनि प्यारातालबाट ५०० मिटरभित्र जङ्गलबाट सीतास्तम्भ नंं १९५ ढलेको अवस्थामा छ ।’ उनले भारतसित समन्वय गरेर सीमा विवादको विषय पनि टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending