Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

यस्ता छन् लुम्बिनीमा तीन वर्ष पाँच महिना २५ दिनमा पोखरेल नेतृत्वको सरकारले गरेका कामको विवरण

खबरडबली संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो तीन वर्ष पाँच महिना २५ दिनको कार्यकालमा व्यक्तिगत र संस्थागतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सम्वन्धमा महत्वपूर्ण काम भएको दावी गरेका छन् ।

०७४ साल फागुन ३ गते नेकपा माओवादी केन्द्रको सहयोगमा दुई तिहाइ मत सहित लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेल बुधबार पदबाट राजिनामा दिएका थिए ।

उनले नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको सरकारलाई शुभकामना दिदै आफ्नो नेतृत्वको सरकारलाई सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन्। केन्द्रमा नेकपा विभाजन भएसंगै त्यसको प्रभाव प्रदेशमा समेत देखिएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसला बमोजिम एमाले र माओवादी केन्द्र साविकरुपमा ब्यूँतिएपछि ओली पक्षले एकले एक पछि अर्को गर्दै धक्का व्यहोर्दै गएको छ । यस अघि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजिनामा दिइसकेका छन् । अब एमालेको नेतृत्वमा वागमती र प्रदेश १ मा मात्र नेतृत्व रहेको छ भने आन्तरिक विवादकै कारण एमाले नेतृत्वको संघीय सरकार ढलिसकेको छ ।

एमालेभित्र बौद्धिक र संघीय सरकारका प्रधानमन्त्रीको बलियो दावेदार मानिएका पोखरेल आलोचित र बदनामी कमाएर बर्हिगमन हुन पुगेका छन् । 


यस्ता छन् पोखरेल नेतृत्वको सरकारले गरेका कामका विवरण :

१ प्रदेश स्थापना हुदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थिति पत्रको   प्रकाशन
२ कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण
३ प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पंचवर्षिय योजना निर्माण
४ कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तिव्रता
५ आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालिन खर्चसंरचना तयारगरी कार्यान्वयनको थालनी
६ प्रदेशको नाम लुम्विनी र स्थायि राजधानी राप्ती उपत्यका९देउखुरी० दाङ्मा तोक्ने ऐतिहासिक निर्णय
७ कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारको रुपमा पहिचानगरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण
८ सामाजिक र मानविय विकासका लागि शिक्षा,स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी
९ दुईवटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२वटा जिल्लास्तरिय अस्पतालहरुको क्षमता विस्तारगरी ५० सैयाको अस्पतालका रुपमा स्तरोन्नतरी
१० लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवारोग अस्पतालको निर्माणको थालनी
११ ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र संचालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका
१२ विश्वविद्यालय स्थापना संवन्धि छाता ऐनको निर्माण र वाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय
१३ स्मार्ट कृषि गाउ कार्यक्रम,हरित स्वयमसेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रुपान्तरणका योजना तथा कार्यक्रम
१४ प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्नेगरी प्रदेश एस्पोको सफल आयोजना
१५ आंचलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रुपान्तरणगरी हामी लुम्विनीवासीको भावना निर्माण
१६ सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता
१७ रणनीतिक सडक संजालको योजनावद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण
१८ प्रदेशमा एक करोडभन्दा कम लागतका सवारी साधनको मात्र खरिदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।
१९ सुशासन ऐनको निर्माणगरी साधारण खर्च कटौती र विकासखर्चमा पारदर्शीता निर्माण
२० प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमवाट कार्यान्वयन
२१ एकवर्षमा ४० हजार घरमा धार जडान गर्न सफल
२२ सिचाई, खानेपानी, तटवन्ध र सडकपुलमा सतप्रतिसतभन्दा वढि बजेटखर्च गर्ने क्षमताको विकास
२३ तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च सतप्रतिसत गर्न सफल
२४ केन्द्र र स्थानिय तहसंगको राम्रो समन्वय र सहकार्य
२५ औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्रे गर्न सफल
२६ आगामी वर्ष झण्डै ८०वटा पुल निर्माण हुने अवस्थाको निर्माण
२७ केन्द्रवाट हस्तान्तरित सशर्तका कार्यक्रममा सतप्रतिसतभन्दा वढि बजेट परिचालन गर्न सफल
२८ केन्द्रका ठुला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजिकरण
२९ लुम्विनी प्रदेशको दिर्घकालिन योजनाको आधार तयार
३० ठुला औद्योगिक क्षेत्रका लागि जमिनको सुनिश्चितता ।
३१ तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार
३२ प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ
३३ दुईवटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न गुरुयोजना निर्माण 
३४ प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएको
३५ सुचना प्रविधि प्रतिष्ठान गठनभइ डिजिटल प्रदेश निर्माणको थालनी
३६ प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमवाट प्रदेश र स्थानिय तहमा जनशक्ति विकासको थालनी ।
३७ पूर्वाधार विकास प्राधिकरण गठन भइ ठुला विकासका आयोजना अघि वढाइएको 
३८ पालिकाहरुमा खेलपुर्वधारको विकास र वहुद्देश्यिय भवनको निर्माण
३९ विज्ञान शिक्षामा छात्राको सहभागितमा उल्लेख्य वृद्धि
४० मुस्लिम, दलित र कमैया र कमलहरीका छोरीहरुका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था
४१ प्रदेशमा अवस्थित विश्वविद्यालयसंग अनुसन्धानमुलक कार्यमा साझेदारीको थालनी ।
४२ मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका माध्यमवाट गरिवी निवारणमा महत्वपूर्ण योगदान
४३ राज्यका तीनवटै सुरक्षा निकायसंग कोभिड १९ महामारी र विपद प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना
४४ जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलव्धि
४५ सहरी क्षेत्रमा सडक पेटि निर्माणमा तिव्रता र पर्यटकीय सम्भावना वोकेका क्षेत्रमा पूर्वाधारको विकास

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending