Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

२२ जिल्लाका काङ्ग्रेस सभापतिको निष्कर्ष : विशेष महाधिवेशन स्वीकार्य छैन

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली काङ्ग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिले महाधिवेशन आजको आवश्यकता भएको र विशेष महाधिवेशन स्वीकार्य नभएको निष्कर्ष निकालेका छन् । 

सङ्घीय राजधानी काठमाडौँमा उपलब्ध २२ जिल्लाका काङ्ग्रेस सभापतिको साउन २७ र २८ गतेको भेलाले शीर्ष नेता तहबाटै विशेष महाधिवेशनको मागका सम्बन्धका आवाज सुनिनु दुःखद् भएको निष्कर्षसमेत निकालेको छ । काङ्ग्रेसमा निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने अवस्था उत्पन्न भएमा विशेष महाधिवेशन गरेर भए पनि पार्टीको वैधानिकता जोगाउनुपर्ने केही नेताहरूले राखेको धारणाप्रति जिल्ला सभापतिको यस्तो निष्कर्ष निकालेका हुन् ।   
 
भेलाले पार्टीको क्रियाशील सदस्यता छानविन समितिले टङ्गो लगाएका क्रियाशील फाइलबाहेक विवादमा आएका बारा, सप्तरीलगायत जिल्लाको फाइल मात्र खोली विधानसम्मत निर्णय गर्न अनुरोध गरेको ललितपुर जिल्लाका काङ्ग्रेस सभापति मदनबहादुर आमात्यले जानकारी दिए ।

भेलाले सहमति, लोकतान्त्रिक विधि, कानून र संविधानसँग नबाझिने गरी महाधिवेशन कसरी गर्ने भन्नेमा केन्द्रित भएर निर्णय गर्नसमेत पार्टीलाई अनुरोध गरेको छ । अन्य पार्टीबाट काङ्ग्रेसमा प्रवेश गरेका सदस्यको समायोजनका सम्बन्धमा वडादेखि सबै तहबाट स्वीकृत भई आएको र काम सकिएको फाइल फेरि खोल्नुपर्छ भनी बखेडा झिक्नु महाधिवेशन हुन नदिने बहाना भएको जिल्ला सभापतिको निष्कर्ष छ ।

भेलाले विसं २०७४ को निर्वाचनमा केन्द्र र प्रदेशमा अनपेक्षित हार व्यहोरेको काङ्ग्रेसले केन्द्रीय सभापति शेरबहादुर देउवाको राजनीतिक सुझबुझ, धैर्यता र समयानुकूल निर्णयका कारण चुनावको ४० महिनापछि नै केन्द्रमा नेतृत्वसहित र विभिन्न प्रदेशमा समेत सरकारमा सामेल हुन सफल भएको निष्कर्ष निकालेको छ । छलफलको निष्कर्षसहित आज केन्द्रीय सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराइएको उनले बताए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरुवा बन्दुक देखाएर वृद्धालाई धम्क्याउने दुई दाजुभाइ पक्राउ

खोटाङ । लेनदेनको विवादमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धम्क्याएको आरोपमा खोटाङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्या...

सुस्ता जोगाउन गोली थापेका मुन्ना खान नागरिकताका लागि सडकमा

काठमाडौं । चार दशकअघि नेपालको सीमा जोगाउन छातीमा गोली थापेका मुन्ना खान अहिले आफ्नै देशमा नागरिकताको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। ...

ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक र...

विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला

कैलाली । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया...

३० वर्षपछि महिलाले दिनमा कति पानी पिउनुपर्छ ?

काठमाडौं । ३० वर्षपछि महिलाको शरीरमा हार्मोन, मेटाबोलिज्म र समग्र स्वास्थ्यमा प्राकृतिक परिवर्तन हुन थाल्छ। यही कारण पर्याप्त पानी पिउनु स्वस्थ जीवनशै...

इरान–अमेरिका फेरि वार्ताको टेबलमा, कतारमा अप्रत्यक्ष संवाद हुँदै

काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामपछि देखिएका बाँकी विवाद समाधान गर्न कतारमा अप्रत्यक्ष वार्ता हुने भएको छ। कतारको राजधानी दोहामा हुने वार्तामा द...

रास्वपा महाधिवेशनपछि मन्त्रिमण्डल हेरफेरको चर्चा, केही मन्त्री ‘रेड जोन’मा रहेको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। पा...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पर...

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बम...

१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा

गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending