काठमाडौँ । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि मुलुकभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ ।
नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क वितरण गरी सकिएको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन प्रभावकारी बनाउने प्रहरीले उक्त अभियानलाई पुनः प्रभावकारी बनाउन थालेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।
“सङ्क्रमणबाट ‘आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्रहरीले ७७ वटै जिल्लामा अभियान कै रुपमा सञ्चालन गरिरहेको छ ।
पछिल्लो समयमा कोभिड–१९ को वृद्धिसँगै तेस्रो भेरियन्ट आउनसक्ने चेतावनीका बीच मुलुकभर नै सचेत हुन सरकारले नागरिकसँग आग्रह गरेको छ ।
प्रहरीका अनुसार आज कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने २५७ लाई रु २५ हजार ७०० जरिवाना गरिएको छ ।
सो क्रममा स्वास्थ्य मापदण्ड पालना नगर्ने ११ हजार ८९७ लाई सचेत गराइ छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहित २९९ कार्यक्रममार्फत ५८ हजार २८२ जनालाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियान कै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्लो समयमा मास्क वितरण प्रभावकारी हुन नसकिरहेका बेला पुन अभियानलाई तीव्रता दिइएको छ ।
नेपाल सरकारले पनि सही रुमपा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबार मात्रै ‘नेपाल मास्क अभियान’ घोषणा गरिसकेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: