Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

१५ लाखको लगानीमा किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब स्थापना

रासस

कञ्चनपुर । किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले रु १५ लाखको लगानीमा स्वास्थ्य कार्यालयमा सो ल्याब स्थापना गरेको छ । किटजन्य रोग बाहकका रूपमा रहेका लामखुट्टे र  भुसुनाजस्ता किटाणुबारे जानकारी लिन सुदूरपश्चिम प्रदेशमै पहिलोपटक सो ल्याब स्थापना गरिएको राजपुरस्थित डोटी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए ।

“मानव स्वास्थ्यमा हानी पुर्‍याउने विभिन्न किटाणुको अध्ययन गर्ने एकमात्रै प्रयोगशाला मकवानपुर जिल्लाको हेटौँडामा मात्र छ”, उनले भने, “प्रयोगशालाका दक्ष जनशक्तिले देशभरिका विभिन्न स्थानमा पुगेर किटाणुको  अध्ययन गर्दै आएका थिए तर थोरै जनशक्ति र एउटै ल्याबले सबै प्रदेशमा आवश्यकतानुसार अन्वेषण गर्न नसक्ने भएकाले यहाँ  फैलिने विभिन्न किटजन्य रोगको अध्ययनका लागि ल्याब सञ्चालनमा ल्याएका छौँ ।” 

औलो रोग फैलाउने एनोफिलिज लामखुट्टे र कालाजार रोग फैलाउने भुसुनाका बारेमा विस्तृतरूपमा अध्ययन गर्न ल्याब सहयोगी हुने निर्देशक अवस्थीको भनाइ थियो । कञ्चनपुरमै औलो माइक्रोस्कोपिक तालीम केन्द्रसमेत रहेको छ ।  यी दुवै ल्याब एकैठाउँमा स्थापना गरिएकाले विभिन्न किटजन्य रोग निवारणका लागि सहयोगी हुने भएको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश स्वास्थ्य निर्देशनालयले औलो रोग बढी फैलिएका क्षेत्रमा हरेक महिनामा एक हप्ताको कार्यतालिका बनाई १२ महिनासम्म लामखुट्टेको आनीबानी अध्ययन गर्ने भएको  छ ।

कार्यक्रमअनुसार यही साउन २५ गतेदेखि भीमदत्त नगरपालिका–९ र १० लाई केन्द्रविन्दु मानी औलो रोग सार्ने लामखुट्टेको अध्ययन शुरु गरिएको निर्देशनालयका स्रोतव्यक्ति हेमराज जोशीले बताए । यसबाट लामखुट्टेको नयाँ प्रजाति पहिचान हुनाका साथै  आनीबानीसमेत थाहा हुने र  किटनाशक विषादी तथा किटनाशक झुलको प्रभावकारिताबारे पनि अध्ययन गर्न सकिने उनको भनाइ थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending