Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

महानगरपालिले सार्वजनिक गर्याे सम्पर्कमा नआउने ठूला करदातको नामावली, तत्काल सेवा बन्द गर्ने तयारी

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । 

विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा  कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । यसपछि केही  सम्पर्कमा आए ।  आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन् भने केहीले विवरण पेश मात्र गरेका छन् । कतिपयले विवरण पेश गर्ने समय माग गरेका छन् भने कतिपय अझै सम्पर्कमा नआएका बताइएको छ । 

सूचना प्रकाशन गरिएकामध्ये  केही अझै सम्पर्कमा नआएका छैनन् ।  कामपा राजश्व विभाग प्रमुख डा शिवराज अघिकारीले भने “सार्वजनिक सूचना जारी गरिएको छ ।  लिखित/मौखिक सूचनामार्फत पनि जानकारी दिइएको छ ।  तोकिएको समय सकिने बेला कार्यस्थलमा गएर ‘माइकिङ’ गरिएको छ । अटेर गर्नेलाई कानूनी कारबाही चलाउनुबाहेक विकल्प छैन । अनुरोध र सूचनाको अटेर गर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजश्व असुली गर्ने हो । ” 

सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा हालसम्म रु एक करोड ५३ लाख राजश्व बुझाएका छन् । यसरी दाखिला गर्नेमा सबैभन्दा बढी युनाइटेड विल्डर्स एण्ड इञ्जीनियरिङ (वल्र्ड टे«ड सेन्टर)को रु एक करोड  छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले अगामी १२ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजश्व विभागमा निवेदन समेत दिनुभएको छ । 

यसैगरी कामपा – १४ मा अवस्थित नेशनल हस्पिटलले रु २४ लाख र सोही वडाको शहीद मेमोरियल हस्पिटलले रु १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले रु १० लाख बुझाएर गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ । धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउनुपर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन नमानेको बताइएको छ । विगत २८ वर्षदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने लक्ष्य लिएको छ । 

विभागका अनुसार समयमा नै कर तिरेन भने प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवानास्वरुप रकम  वृद्धि हुँदै  जान्छ । विभागले दुई वर्षदेखि कारोनाका कारण करदातामा समस्या परेको जनाउँदै जरिवाना करमा छुट दिएको छ । यसो गर्दा पनि करदाता सम्पर्कमा नआएपछि कामपाले पटक–पटक ताकेता थालेको हो । करदाताकै सहजताका लागि कामपाले गत असोज १ गतेदेखि अनलाइन प्राणलीमार्फत राजश्व सङ्कलन गरिरहेको छ । हाल कामपामा अनलाइनमा १६० करदाता जोडिएका छन् ।

५२ करतादाको नाम सार्वजनिक 

कामपाले लामो समयदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम पछिल्लो पटक सार्वजनिक गरेको छ । यस्ता करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने र सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियामा जाने तयारी गरिएको जनाइएको छ  ।  

सार्वजानिक गरिएकामा रवीन्द्रबहादुर मल्ल, दिव्यशम्सेर जबरा, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल ले हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि, ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्यान्ड्स), गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, खाद्य संस्थान, सिग्नेचर अपार्टमेन्ट,  अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि,  राजेन्द्रकुमार कांवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट,  होटल प्लाटिनियम,  बुद्ध महल, सिद्धार्थ वनस्थली स्कूल, जनमैत्री अस्पताल छन् ।

त्यसैगरी ब्याट्री कारखाना, होटल मस्र्याङ्दी, ह्वाइट फिल स्कूल, प्रदीप रत्न ताम्राकार, उदयरत्न ताम्राकार, विजयरत्न ताम्राकार, आदर्श नगर बिजनेश प्रालि, वसुन्धरा तुलाधर, रञ्जना ट्रेड सेन्टर, केशा प्रोपर्टिज प्रालि, वैशाली होटल प्रालि, नेपाल स्काउट,  साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, प्रवीणबहादुर केसी, मैतीदेवी प्लाजा, भरत गिरी (युनिभर्सल स्कूल), गगनवीर सिंह कंसाकार, केएल टावर, एपोलो प्रालि, सिटी सेन्टर, अजयराज सुमार्गी पराजुली, शिशु अर्याल (अल इन मार्ट), वरुण वेभरेज प्रालि, रिद्धिसिद्धि डेभलपर्स छ । यसरी नाम सार्वजनिक गरिएका करदातामध्ये सबैभन्दा धेरै वडा नं १, ७, २७, २८ र ३० का छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बदल्यौं कांग्रेस, बदल्छौं देश: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् ।  शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...

सभापतिको कुर्सीमा बस्न सजिलो, जिम्मेवारी निभाउन गाह्रो छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...

गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...

मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...

एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जनाले छाडे पार्टी, नेकपामा प्रवेश

काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...

मतदातालाई एमालेले गरेको विकासबारे स्मरण गराउनुपर्छ : अध्यक्ष ओली

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...

देशभर ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, ५ जनाविरुद्ध विरोध दाबी

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...

ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति, भन्छन्– म विचलित र निरास छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending