Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

महानगरपालिले सार्वजनिक गर्याे सम्पर्कमा नआउने ठूला करदातको नामावली, तत्काल सेवा बन्द गर्ने तयारी

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । 

विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा  कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । यसपछि केही  सम्पर्कमा आए ।  आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन् भने केहीले विवरण पेश मात्र गरेका छन् । कतिपयले विवरण पेश गर्ने समय माग गरेका छन् भने कतिपय अझै सम्पर्कमा नआएका बताइएको छ । 

सूचना प्रकाशन गरिएकामध्ये  केही अझै सम्पर्कमा नआएका छैनन् ।  कामपा राजश्व विभाग प्रमुख डा शिवराज अघिकारीले भने “सार्वजनिक सूचना जारी गरिएको छ ।  लिखित/मौखिक सूचनामार्फत पनि जानकारी दिइएको छ ।  तोकिएको समय सकिने बेला कार्यस्थलमा गएर ‘माइकिङ’ गरिएको छ । अटेर गर्नेलाई कानूनी कारबाही चलाउनुबाहेक विकल्प छैन । अनुरोध र सूचनाको अटेर गर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजश्व असुली गर्ने हो । ” 

सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा हालसम्म रु एक करोड ५३ लाख राजश्व बुझाएका छन् । यसरी दाखिला गर्नेमा सबैभन्दा बढी युनाइटेड विल्डर्स एण्ड इञ्जीनियरिङ (वल्र्ड टे«ड सेन्टर)को रु एक करोड  छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले अगामी १२ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजश्व विभागमा निवेदन समेत दिनुभएको छ । 

यसैगरी कामपा – १४ मा अवस्थित नेशनल हस्पिटलले रु २४ लाख र सोही वडाको शहीद मेमोरियल हस्पिटलले रु १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले रु १० लाख बुझाएर गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ । धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउनुपर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन नमानेको बताइएको छ । विगत २८ वर्षदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने लक्ष्य लिएको छ । 

विभागका अनुसार समयमा नै कर तिरेन भने प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवानास्वरुप रकम  वृद्धि हुँदै  जान्छ । विभागले दुई वर्षदेखि कारोनाका कारण करदातामा समस्या परेको जनाउँदै जरिवाना करमा छुट दिएको छ । यसो गर्दा पनि करदाता सम्पर्कमा नआएपछि कामपाले पटक–पटक ताकेता थालेको हो । करदाताकै सहजताका लागि कामपाले गत असोज १ गतेदेखि अनलाइन प्राणलीमार्फत राजश्व सङ्कलन गरिरहेको छ । हाल कामपामा अनलाइनमा १६० करदाता जोडिएका छन् ।

५२ करतादाको नाम सार्वजनिक 

कामपाले लामो समयदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम पछिल्लो पटक सार्वजनिक गरेको छ । यस्ता करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने र सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियामा जाने तयारी गरिएको जनाइएको छ  ।  

सार्वजानिक गरिएकामा रवीन्द्रबहादुर मल्ल, दिव्यशम्सेर जबरा, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल ले हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि, ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्यान्ड्स), गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, खाद्य संस्थान, सिग्नेचर अपार्टमेन्ट,  अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि,  राजेन्द्रकुमार कांवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट,  होटल प्लाटिनियम,  बुद्ध महल, सिद्धार्थ वनस्थली स्कूल, जनमैत्री अस्पताल छन् ।

त्यसैगरी ब्याट्री कारखाना, होटल मस्र्याङ्दी, ह्वाइट फिल स्कूल, प्रदीप रत्न ताम्राकार, उदयरत्न ताम्राकार, विजयरत्न ताम्राकार, आदर्श नगर बिजनेश प्रालि, वसुन्धरा तुलाधर, रञ्जना ट्रेड सेन्टर, केशा प्रोपर्टिज प्रालि, वैशाली होटल प्रालि, नेपाल स्काउट,  साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, प्रवीणबहादुर केसी, मैतीदेवी प्लाजा, भरत गिरी (युनिभर्सल स्कूल), गगनवीर सिंह कंसाकार, केएल टावर, एपोलो प्रालि, सिटी सेन्टर, अजयराज सुमार्गी पराजुली, शिशु अर्याल (अल इन मार्ट), वरुण वेभरेज प्रालि, रिद्धिसिद्धि डेभलपर्स छ । यसरी नाम सार्वजनिक गरिएका करदातामध्ये सबैभन्दा धेरै वडा नं १, ७, २७, २८ र ३० का छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी गोलीकाण्डमा एमालेको सरकारमाथि प्रश्न, ‘नैतिक जिम्मेवारी लिन तयार छ कि छैन ?’

काठमाडौं । नेकपा (एमाले) ले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि विकसित सुरक्षा अवस्थाप्रति सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्र...

सुनको मूल्य ह्वात्तै बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले ...

राष्ट्रपति र सभामुखबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गरेको छन्। राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको सम...

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे बस्ने भएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बस्ने बैठ...

केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ

सुदूरपश्चिम । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह ...

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

झापा। बिर्तामोड नगरपालिका–५  भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ ।  ...

छोराको प्रतीक्षामा रहेका बेला श्रीमान् पनि बेपत्ता

ओखलढुङ्गा। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१, आम्बोटको भुमेथान पाखामा रहेको एउटा पुरानो घर अहिले एउटी वृद्ध आमाको अन्त्यहीन प्रतीक्षाको साक्षी बनेको छ ...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र

कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...

प्रभु बैंककी सिबिओ रश्मी पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending