Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

खोपमा अनियमितता छैन : सामाजिक विकास मन्त्रालय

खबरडबली संवाददाता
विराटनगर । कोरोनाविरुद्धमा लगाइने खोपमा कुनै पनि अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 
लगभग ४५ लाख जनसङ्ख्या रहेको यो प्रदेश नं १ मा कोभिसिल्ड पहिलो पटकमा नौ हजार ६०० भाइल, दास्रो पटकमा ३३ हजार ३०० भाइल र तेस्रो पटकमा तीन हजार भाइल आएको मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयबाट प्राप्त जानकारीअनुसार भेरोसेल सिङ्गल डोजको पहिलो पटक एक लाख ४५ हजार ८०० र दोस्रो पटक ३२ हजार ४००, डब्बल डोजको भेरोसेल पहिलो पटक एक लाख ६९ हजार ९६० र पछिल्लो पटक अमेरिकन जोनसोनको ४८ हजार भाइल प्रदेशमा आएको छ ।
 
खोप अहिलेसम्ममा कोभिसिल्ड तीन लाख नौ हजार २४६ जनालाई पहिलो डोज दिइसकेको र दोस्रो डोज ५२ हजार ८५५ जनालाई लगाइसकेको बताइएको छ ।
 
यस्तै भेरोसेल पहिलो डोज तीन लाख २८ हजार ३१३ जनालाई र दोस्रो डोज ६६ हजार ३३९ र पछिल्लो जोनसोनको ६६ हजार ९०३ जनालाई खोप लगाउने काम सम्पन्न भएको छ । मन्त्रालयले जापान र भूटानबाट प्राप्त हुने खोप प्रदेशलाई प्राप्त भएमा कोभिसिल्ड पहिलो डोज लगाएको मानिसलाई लगाउने योजना छ । 
 
प्रदेशमा हालसम्ममा तीन लाख ९६ हजार ३७२ जनाको पिसिआर परीक्षण भएको छ । जसमा ८८ हजार ४१५ जना सङ्क्रमित भए पनि ७९ हजार ४५० जना कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका छन् । प्रदेशमा अहिले पनि सात हजार २८३ जना सक्रिय सङ्क्रमित छन् ।
 
साथै एन्टिजेन परीक्षण शुरु भएपछि अहिलेसम्ममा एक लाख १३ हजार ७४१ जना परीक्षण गर्दा ३२ हजार ९५३ जनामा सङ्क्रमण दखिएको थियो । कोरोनाका कारण प्रदेशमा अहिलेसम्ममा एक हजार ६८२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पहिलो चरणमा ४६० जनाको मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि थप मानिसको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रदेश बाहिरका १४८ जना छन् ।
 
कोरोनाका कारण मृत्यु हुनेमा ५४८ महिला र एक हजार १३४ पुरुष छन् । यसबाट बच्न र बचाउन मानिसले स्वास्थ्य आचारसंहिता पालन गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र मास्क लगाउनुपर्ने जस्ता विधिलाई जीवन पद्धतिमा उतार्नुपर्ने मन्त्रालयको सुझाव छ ।
 
प्रदेशमा अहिले कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगर, न्यूरो अस्पताल कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगर, न्यूरो अस्पताल विराटनगर, विराट मेडिकल कलेज, नोबेल अस्पताल कञ्चनबारी, कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कन्काई अस्पतालमा पिसिआर परीक्षण भइरहेको छ ।
 
कोरोनाको महामारी शान्त नभएका अवस्थामा तेस्रो लहर पनि आउने सम्भावनाप्रति प्रदेश नं १ को  सामाजिक विकास मन्त्रालय सचेत भएर काममा जुटेको छ । लगभग प्रदेशको सबै जिल्लामा देखिएको कोरोनाबाट आम नागरिकलाई पार लगाउन मन्त्रालयले हिमाल, पहाड र तराईका जिल्लाको भूगोलको अवस्था हेरेर अस्तालमा कार्यरत चिकित्सकको तलब वृद्धि गरेको छ । सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशको प्रत्येक जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने योजना आगाडि बढाएको बताए । 
 
उनले जिल्ला अस्पतालमा एचडियु, सघन उपचार कक्ष र भेन्टिलेटरको सुविधा राख्न मन्त्रालयले आवश्यक योजना बनाइरहेको चर्चा गर्दै हिमाली क्षेत्रमा काम गर्ने चिकित्सकलाई ३०० प्रतिशत, पहाड क्षेत्रका लागि २५० प्रतिशत र तराई क्षेत्रमा काम गर्ने चिकित्सकलाई २०० प्रतिशत तलब वृद्धि गरेको जानकारी दिए । 
 
उनले कोभिडले आक्रान्त पारेको अहिले अवस्थामा आम नागरिकलाई खोप लगाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रदेश सरकारलाई खोप खरिद गर्ने अधिकार नभएको र यसका लागि सङ्घीय सरकारसँग नै समन्वय गर्नुपर्ने भएकाले खोप केन्द्रमा प्राप्त भएपछि प्रदेशले पनि आवश्यकताअनुसार प्राप्त गर्दै जाने बताए । मन्त्री राईले  गरिबको उपचारमा निर्माण गरिने कोषमा सक्नेले रु १० लाख र नसक्नेले रु १० मात्र सहयोग गर्न अपिल पनि गरे । रासस
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा

चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...

गृहमन्त्री गुरुङका १०० दिन : ‘पहिला थुन्ने, अनि सुन्ने’ शैलीमा

काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...

काभ्रेमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...

सल्यानमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...

बुहारीमाथि यौन दुर्व्यवहारको आरोपपछि आत्महत्या, ससुरा पक्राउ

सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...

मनसुन थप सक्रिय, शुक्रबारसम्म भारी वर्षाको सम्भावना; बाढी–पहिरोको जोखिम बढ्यो

काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...

मानसिक स्वास्थ्यको अदृश्य यथार्थ उजागर गर्ने ‘डोपामिन : खुसी र प्रेरणा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...

टंकको ‘मन विनाको धन २’मा पूजा र महेशपछि विपिनको प्रवेश

काठमाडौं । चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका न...

एम्बुलेन्सबाट निकालेर घाइतेको हत्या प्रकरण : एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद

काठमाडौं । मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी कोइरी महत...

बरास्कोटको नयाँ अभ्यास : ज्येष्ठ नागरिक र अपाङ्गता भएका लाभग्राहीलाई घरमै सामाजिक सुरक्षा भत्ता

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending