हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर बढेपछि सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईको मास्क खोइ’? अभियान शुरु गरेको छ ।
शनिबारदेखि अभियान शुरुभएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्कसमेत वितरण गरीएको छ । जिल्ला प्रहरी कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घ संस्थाले ‘तपाईको मास्क खै’ अभियान शुरु गरेका हुन् ।
केही दिनअघिबाट शुरुभएको अभियान निरन्तर रहने भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
सदरमुकाम सिमकोटसहित जिल्लाभर निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै ‘तपाईको मास्क खोई’? अभियान शुरु गरिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।
सदरमुकाम सिमकोटको बजार क्षेत्रमा प्रहरीले दैनिक कोरोना सङ्क्रमणबाट बच्नका लागि सचेतनामूलक सन्देश दिएर माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । साउन महिना शुरु भएसँगै हुम्लामा कोभिड–१९ को सङ्क्रमण दर उकालो लागेको छ ।
असार शुरु भएसँगै सङ्क्रमितको सङ्ख्या घट्ने र कोरोनालाई जितेर घर जानेको सङ्ख्या बढ्ने गरेको थियो भने साउन लागेसँगै माथिल्लो हुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । त्यो समयमा कोरोना रोकथाम तथा नियन्त्रण हुनुमा निषेधाज्ञा पनि मुख्य कारण थियो । स्थानीय प्रशासनले कोरोना सङ्क्रमणमा कमी आएसँगै निषेधाज्ञालाई खुकुलो पार्दै लगेपछि सङ्क्रमण दर फेरि उकालो लाग्न थालेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०८:१८
चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...
आषाढ़ १८ गते, २०८३ - ०८:००
काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...
आषाढ़ १८ गते, २०८३ - ०७:०४
काठमाडौं । चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका न...
आषाढ़ १८ गते, २०८३ - ०६:५८
काठमाडौं । मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी कोइरी महत...
आषाढ़ १८ गते, २०८३ - ०६:५६
कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। ...



प्रतिकृया लेख्नुहोस्: