रोल्पा । दश वर्षमा २३ प्रहरी चौकी ध्वस्त भएको रोल्पामा निर्माणले भने गति लिन सकेको छैन ।
शान्ति प्रक्रियाको १४ वर्षमा चारवटा प्रहरी चौकीमात्रै निर्माण सम्पन्न भएका छन् । दशवर्षे सशस्त्र द्वन्द्वमा ३९ स्थानमा विस्तार गरिएका प्रहरी चौकीमध्ये २३ प्रहरी चौकी तत्कालीन विद्रोही माओवादीले ध्वस्त पारेका थिए । ध्वस्त पारिएका प्रहरी चौकीमध्ये हालसम्म होलेरी, सुलिचौर, पोवाङ र घर्तीगाउँमा मात्रै निर्माण सम्पन्न गरिएको छ ।
यसैगरी जुगार र थवाङको प्रहरी चौकी निर्माणको अन्तिम चरणमा रहेको देखिएको छ । पछिल्लोपटक रोल्पा र प्यूठानको सिमाना खुङ्ग्रीमा समेत अत्याधुनिक प्रहरी चौकी बन्ने गरि शिलान्यास गरिएको छ । निर्माण सम्पन्न, निर्माणाधीन र शिलान्याससमेत गरी जिल्ला प्रहरी कार्यालय मातहतका नयाँ सातवटा संरचना बन्न लागेको जिल्लाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ‘जिल्लाका अन्य प्रहरी चौकी पनि क्रमशः पुनःनिर्माण हुँदै जानेछन्’, सुवेदीले भने।
द्वन्द्वमा रातारात ध्वस्त पारिएका ती चौकीको निर्माणले भने गति लिन सकेका छैनन् । प्रहरी चौकी निर्माणमा सरकारले विभिन्न दातृ निकाय गुहार्ने गरेको देखिएको छ । जिल्लाको थवाङ र जुगारका प्रहरी चौकी बेलायती सहयोग नियोग (डिएफआइडी)को सहयोगमा निर्माण गरिएका हुन् ।
गाउँगाउँमा विस्तार भएका प्रहरी चौकी विसं २०५६ मा जिल्ला सदरमुकाम खुम्चिएका थिए । इलाका प्रहरी कार्यालय घर्तीगाउँमा आक्रमण गरी प्रहरी निरीक्षकसहित २१ प्रहरीको हत्या गरेपछि प्रहरी चौकी छाडेर जिल्ला सदरमुकाम आएसँगै गाउँमा खाली अवस्थामा रहेका प्रहरी चौकी माओवादी विद्रोहीले आक्रमण गरी ध्वस्त बनाएका थिए । ती ध्वस्त संरचना निर्माणमा अहिले राज्यले करोडौँ खर्च गरिरहेको छ ।
शान्ति प्रक्रियापछि शान्ति सुरक्षाका लागि साविककै ठाउँमा फर्कनुपर्दा प्रहरीले सुरक्षित प्रहरी चौकीको सामना गरिरहेको बेला अत्याधुनिक प्रहरी चौकी बन्न लागेका हुन् । ध्वस्तमध्ये केही प्रहरी चौकी निर्माणारम्भ भए पनि अझै ठूलो सङ्ख्याका प्रहरी चौकी भने भाडामा सञ्चालित छन् । जिल्लाका ती प्रहरी चौकीको भाडास्वरुप सरकारले वार्षिक रु १७ लाख व्ययभार बेहोर्दै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - ०९:२४
सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...
फाल्गुन १९ गते, २०८२ - ०९:२१
पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...
फाल्गुन १९ गते, २०८२ - ०९:१६
काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...
फाल्गुन १९ गते, २०८२ - ०९:०१
वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...
फाल्गुन १९ गते, २०८२ - ०८:१२
काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...
फाल्गुन १९ गते, २०८२ - ०७:५३
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...
फाल्गुन १९ गते, २०८२ - ०७:५०
गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...
फाल्गुन १९ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...
फाल्गुन १९ गते, २०८२ - ०७:३९
तनहुँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...
फाल्गुन १९ गते, २०८२ - ०७:३०
जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...



प्रतिकृया लेख्नुहोस्: