रोल्पा । दश वर्षमा २३ प्रहरी चौकी ध्वस्त भएको रोल्पामा निर्माणले भने गति लिन सकेको छैन ।
शान्ति प्रक्रियाको १४ वर्षमा चारवटा प्रहरी चौकीमात्रै निर्माण सम्पन्न भएका छन् । दशवर्षे सशस्त्र द्वन्द्वमा ३९ स्थानमा विस्तार गरिएका प्रहरी चौकीमध्ये २३ प्रहरी चौकी तत्कालीन विद्रोही माओवादीले ध्वस्त पारेका थिए । ध्वस्त पारिएका प्रहरी चौकीमध्ये हालसम्म होलेरी, सुलिचौर, पोवाङ र घर्तीगाउँमा मात्रै निर्माण सम्पन्न गरिएको छ ।
यसैगरी जुगार र थवाङको प्रहरी चौकी निर्माणको अन्तिम चरणमा रहेको देखिएको छ । पछिल्लोपटक रोल्पा र प्यूठानको सिमाना खुङ्ग्रीमा समेत अत्याधुनिक प्रहरी चौकी बन्ने गरि शिलान्यास गरिएको छ । निर्माण सम्पन्न, निर्माणाधीन र शिलान्याससमेत गरी जिल्ला प्रहरी कार्यालय मातहतका नयाँ सातवटा संरचना बन्न लागेको जिल्लाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ‘जिल्लाका अन्य प्रहरी चौकी पनि क्रमशः पुनःनिर्माण हुँदै जानेछन्’, सुवेदीले भने।
द्वन्द्वमा रातारात ध्वस्त पारिएका ती चौकीको निर्माणले भने गति लिन सकेका छैनन् । प्रहरी चौकी निर्माणमा सरकारले विभिन्न दातृ निकाय गुहार्ने गरेको देखिएको छ । जिल्लाको थवाङ र जुगारका प्रहरी चौकी बेलायती सहयोग नियोग (डिएफआइडी)को सहयोगमा निर्माण गरिएका हुन् ।
गाउँगाउँमा विस्तार भएका प्रहरी चौकी विसं २०५६ मा जिल्ला सदरमुकाम खुम्चिएका थिए । इलाका प्रहरी कार्यालय घर्तीगाउँमा आक्रमण गरी प्रहरी निरीक्षकसहित २१ प्रहरीको हत्या गरेपछि प्रहरी चौकी छाडेर जिल्ला सदरमुकाम आएसँगै गाउँमा खाली अवस्थामा रहेका प्रहरी चौकी माओवादी विद्रोहीले आक्रमण गरी ध्वस्त बनाएका थिए । ती ध्वस्त संरचना निर्माणमा अहिले राज्यले करोडौँ खर्च गरिरहेको छ ।
शान्ति प्रक्रियापछि शान्ति सुरक्षाका लागि साविककै ठाउँमा फर्कनुपर्दा प्रहरीले सुरक्षित प्रहरी चौकीको सामना गरिरहेको बेला अत्याधुनिक प्रहरी चौकी बन्न लागेका हुन् । ध्वस्तमध्ये केही प्रहरी चौकी निर्माणारम्भ भए पनि अझै ठूलो सङ्ख्याका प्रहरी चौकी भने भाडामा सञ्चालित छन् । जिल्लाका ती प्रहरी चौकीको भाडास्वरुप सरकारले वार्षिक रु १७ लाख व्ययभार बेहोर्दै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: