Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सङ्कटग्रस्त मनाङ पुगेको निरीक्षण टोलीको निष्कर्ष : दीर्घकालीन समाधानको खाँचो

खबरडबली संवाददाता

मनाङ । मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको छ । भू–क्षय र नदी कटानका कारण तटीय क्षेत्रका बस्ती बग्दा कयौँ मानिस घरबारविहीन भएका छन् । यसपटक सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र हिमालपारिको जिल्ला मनाङमा भएको छ । बाढीपहिराका कारण भएका क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको प्राविधिक टोली शनिबार मनाङ पुगेको छ ।

मनाङको सबैभन्दा बढी प्रभावित क्षेत्र ङिस्याङ गापा–१ को ङिस्याङमा जेठ र असारको भारी वर्षासँगै बढेको खोला तथा नदीले ठूलो क्षति पु¥याएको छ । मस्र्याङ्दी नदीले स्थानीयवासीको बस्ती उजाड बनाएको छ भने कयौँ घर नदी कटानमा परेका छन् । मोटरबाटोको त के कुरा गोरेटोबाटो पनि बाँकी छैन । विद्युत् र टेलिफोन लाइन अवरुद्ध छन् । डिस्याङमा भएको क्षतिबारे जानकारी गराउँदै गाउँपालिका अध्यक्ष कान्छा घलेले भौतिक संरचनाका साथै बालीसमेत नष्ट भएको बताए । त्यहाँ पुगेको टोलीसँग उनले भने, ‘सदरमुकाम चामेसम्मको बाटो बगाएको छ र विद्युत्लगायत सञ्चारमा समेत समस्या छ ।’अध्यक्ष कान्छाले मन्त्री भुसाललाई ज्ञापनपत्र प्रदान गर्दै पुनःनिर्माण र तत्कालका लागि राहतको प्रबन्ध गरिदिन अनुरोध गरे । 

अध्यक्ष कान्छाको ज्ञापनपत्र बुझेपछि मन्त्री भुसालले मनाङ र सिन्धुपाल्चोकलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी गराउँदै क्षतिको पुनःनिर्माण र नियन्त्रणमा सरकारले विशेष ध्यान दिने बताए । उनले भने, ‘भू–क्षय र त्यसबाट हुने नदी कटान रोक्ने विषय चुनौतीपूर्ण छ, त्यसलाई हामीले सम्बोधन गर्नैपर्छ ।’ मनाङमा भएको क्षतिप्रति सरकार संवेदनशील रहेको बताउँदै उनले दीर्घकालीन समाधानका लागि चाँडै सम्बोधन गर्ने बताए । 

राज्य मनाङवासीको साथमा छ– अध्यक्ष प्रचण्ड

पिसाङपछि मनाङको सदरमुकाम चामे पुगेको टीलीले त्यहाँ भएको क्षतिको विवरण सङ्कलन गर्नुका साथै स्थलगत निरीक्षण गरेको छ । मस्र्याङ्दी नदी किनारका घरहरू कटानमा परेका छन् । त्यहाँ पुग्ने सडक विच्छेद भएको छ । विद्युत् र टेलिफोन सम्पर्क टुटेका छन् । चामे क्षेत्रमा बाढीले पु¥याएको क्षति अवलोकनपछि जिल्ला प्रशासन कार्यालयमा सो टोलीले स्थानीय जनप्रतिनिधिसँग जानकारी लिएको थियो ।

सो अवसरमा मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीबाट भएको क्षतिबारे जानकारी गराए । चार दिनसम्म भीषण बाढी आएको सुनाउँदै उनले भने, ‘यहाँका १०० वर्ष पुगेका ज्येष्ठ नागरिकको अनुभवमा हिमालपारि यस्तो बाढी आएको थाहा छैन ।’ उनका अनुसार यहाँका ७५ घर क्षति भएको छ । बिजुलीको मुख्य स्रोत पाँचवटा मिनीहाइड्रोमा क्षति पुगेको छ । सातवटा गाडी गुड्ने पक्की पुल र १३ वटा अन्य पुल पूर्णरूपमा क्षतिग्रस्त छन् । त्यसैगरी यहाँका जनताका पशुचौपाया पनि बाढीले बगाएको उनले जानकारी गराए । प्रमुख जिल्ला अधिकारी लामिछानेले खाद्यान्न मौज्दात गरेको भए पनि पर्याप्त नभएको र ढुवानीका लागि समस्या भएको बताउनुभयो । उहाँले नदी कटान रोक्न मस्र्याङ्दी नदी किनारमा तटबन्ध बनाउन आवश्यक स्रोत उपलब्ध गराइदिन सरकारसँग आग्रह गरे । 

त्यसैगरी चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले गत जेठ १४ गतेदेखि शुरु भएको भारी वर्षापछिको बाढीले जनजीवनमा नराम्रो असर पारेको गुनासो गरे । उनले एक गाउँबाट अर्को गाउँमा जानका लागि काठेपुलसम्म नभएको अवस्थाबारे निरीक्षण टोलीलाई जानकारी गराए । विद्युत् बिच्छेद हुँदा नागरिकता तथा पासपोर्टको सिफारिससमेत आफूहरूले गर्न नसकेको अध्यक्ष लोकेन्द्रले बताए । विद्युत्सँग सञ्चारबिच्छेद हुँदा बैंकसमेत सञ्चालनमा आउन नसकेको उनले उल्लेख गरे ।

जनप्रतिनिधिका कुरा सुनेपछि अध्यक्ष प्रचण्डले मनाङमा बाढीपहिरोका कारण भएको क्षति हृदयविदारक भएको आफूले महसुस गरेको उल्लेख गर्दै भौगर्भिक अध्ययन आवश्यक रहेको बताए । उनले भने, ‘भू–क्षय नियन्त्रण गर्न भौगर्भिक अध्ययनका लागि नयाँ शिराबाट सोच्नुपर्ने अवस्थाको सङ्केत गरेको छ ।’ विपद्लाई टालुटुल गरेर मात्र नियन्त्रण नसकिने बताउँदै प्रचण्डले दीर्घकालीन ढङ्गबाट एकीकृत परियोजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । 

विश्वमा नै जलवायु परिवर्तनको मुद्दा जटिल बन्दै गएको उल्लेख गर्दै उनले भने, ‘जलवायु प्रभावित गर्ने काम धनी राष्ट्रका उद्योगधन्दामार्फत निस्कने रसायनका कारण साना देशमा मार पर्ने गरेको छ । यो नेपालको मात्र होइन, विश्वव्यापी समस्या हो ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले विश्व मञ्चहरूमा यस्ता विषयलाई अझ बढी उठाउनुपर्ने बताउँदै भने, ‘हिमाल पग्लने क्रम जुन गतिमा बढेको छ, त्यो कारणले यहाँ मात्र भएको होइन, विश्वव्यापी विकासको मोडेल नै नयाँ तवरले अपनाउनुपर्ने देखिएको छ ।’ मानव जातिको सुरक्षालाई प्राथमिकता दिएर मात्र विकासका मोडेल ल्याउनुपर्ने आवश्यकता खट्किएको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले भने, ‘राज्य तपाईँहरूको साथमा छ, राहत र पुनःनिर्माणमा हामी गम्भीर छौँ ।’

त्यसैगरी मन्त्री भुसालले प्रजिअ र पालिका प्रमुखले दिनुभएका तथ्याङ्कका आधारमा नदीमा तटबन्ध र करिडोर मार्ग बनाउन पहल गर्ने बताए । उनले भने, ‘तत्कालका लागि राहत दीर्घकालका लागि पुनःनिर्माण गर्न गठबन्धन सरकार प्रतिबद्ध छ ।’

चामेपछि बाढीले बढी क्षति पु¥याएको नासो गाउँपालिकाको वडा नं. ९ दानाक्यूका जनताले पनि तत्कालका लागि राहत र दीर्घकालका लागि पुनःनिर्माण गर्न सरकारसँग आग्रह गरे । स्थानीयवासीले दैनिक जीवन जटिल भएको सुनाए । नासो गापाका अध्यक्ष चन्द्र घलेले अवरुद्ध विद्युत् सञ्चालन गर्न र सञ्चार सेवा सञ्चालन गर्न आग्रह गरे । त्यसैगरी सो वडाका विपद् व्यवस्थापन समितिका संयोजक विष्णु घलेले मस्र्याङ्दी नदीले निरन्तर कटान गरिरहेको भन्दै त्यसलाई नियन्त्रणको पहल आवश्यक रहेको औँल्याए । 
  
दाहाल र मन्त्री भुसालसहित प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, संविधानसभा सदस्य यशोदा सुवेदी, पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ, ऊर्जा सचिव देवेन्द्र कार्की, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, सडक विभागका महानिर्देशक अर्जुन थापा, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हितेन्द्र शाक्यलगायतको टोली निरीक्षणका लागि शनिबार मनाङ पुगेको थियो ।

यहाँको मस्र्याङ्दी जलविद्युत् आयोजना बाढीले क्षति पु¥याएको छ । सो आयोजना चिनियाँ साझेदार र नेपाल ज्वाइन्ट डेभलपमेन्ट प्रालिको संयुक्त लगानीमा निर्माण प्रक्रियामा रहेको छ । यस आयोजनामा ८० प्रतिशत चिनियाँ र २० प्रतिशत बुटवल हाइड्रोपावर कम्पनीको शेयर छ । बाढी प्रभावित क्षेत्रको निरीक्षणकै क्रममा अध्यक्ष प्रचण्ड र ऊर्जामन्त्री भुसालले आयोजनाको अवस्थाबारे जानकारी लिए । आयोजनाबारे माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले आयोजना विकास सम्झौता (पिडिए) र हेजिङ फण्डका विषयमा समस्या रहेको जानकारी गराए । अध्यक्ष प्रचण्डले आयोजना आगाडि बढाउने विषयमा गठबन्धन सरकारले आवश्यक पहल गर्ने बताए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending