Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

राष्ट्रिय युवा परिषद्ले युवाहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा के के काम गर्यो ?

रासस

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले युवालाई नेतृत्व क्षमता विकास गरी उद्यमशील बनाउँदै लगेको छ । युवालाई विभिन्न प्रशिक्षण, तालिम र उनीहरुमा भएको क्षमताका आधारमा नेतृत्व विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको हो ।

परिषद्ले नमूना युवा संसद् र युवा क्लब सञ्जाल गठन गर्दै नेतृत्व क्षमता विकास गर्नेदेखि लिएर युवालाई स्वरोजगारमुखी बनाउन सहुलियतपूर्ण कर्जा प्रवाहमा पनि भूमिका निर्वाह गर्दै आएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले नेतृत्व विकास गरी र उद्यमशील बनाई एउटा युवालाई देशको सक्षम नागरिक बनाउनका लागि परिषद्ले काम गरिरहेको बताए । उनले धेरै बजेटमा प्रदेश र स्थानीय तहको समन्वयमा युवाको नेतृत्वका विकासका काम गरिरहेको बताए ।

राष्ट्रिय युवा नीति, २०७२ र युथभिजन २०२५ नेपाली युवाको सर्वाङ्गीण विकासका लागि आवश्यकीय मार्गनिर्देशकरूपमा रहेका छन् । यी दुवैले तय गरेको लक्ष्यलाई परिषद्ले पूरा गर्ने छ । मुलुकमा कूल जनसङ्ख्याको ४०।३ प्रतिशत युवा भए पनि सरकारले पहिलोपटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता तथा समृद्ध राष्ट्र निर्माणका लागि युवाका क्षेत्रमा काम गर्न सरकारले विसं २०७२ फागुनमा परिषद् गठन गरेको हो ।

परिषद्ले प्रदेश, जिल्ला र स्थानीय तहसम्म संरचना तयार गरी युवा नेतृत्वको विकासमा भूमिका खेल्दै आएको छ । वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश युवा परिषद् र ७७ वटा जिल्लामा जिल्ला युवा समिति गठन भएको छ । नेपालमा अहिले रोजगारीमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, युवामैत्री लगानी र उद्यमशीलता वातावरणको अभाव, जातीय असमानता तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएको नकारात्मक प्रभाव नेपाली युवाका समस्या हुन् । ती समस्यालाई समाधान गर्दै युवाको सीप र क्षमताका आधारमा नेतृत्व विकास र उद्यमशीलतातर्फ परिषद्ले जोड्दै गरेको छ ।

शासन प्रणाली र विकासमा सहभागिता, कृषि, पर्यटन, जलस्रोतलगायतका प्राकृतिक साधन स्रोतमा बढ्दो पहुँच, व्यावसायिक शिक्षामा पहुँच, लक्षित समूह एवं भौगोलिक क्षेत्र केन्द्रित विभिन्न कार्यक्रमको विस्तार, सचेतना विस्तारमा विकास साझेदारको बढ्दो सञ्जाल, ठूलो सङ्ख्यामा रहेको वैदेशिक रोजगारको अवसर र त्यसबाट प्राप्त सीप, अनुभव र साधन स्रोतको उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारीको सिर्जनाको प्रशस्त्रै अवसर रहेको छ । ‘परिषद् गठन भएदेखि युवाको नेतृत्वको विकासदेखि युवाका मुद्दालाई सिंहदरबारसम्म पुर्‍याउने काम भएको छ’, परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले भने, ‘अझ पनि एकद्वार प्रणाली नहुँदा युवाको मुद्दाको सम्बोधनमा कठिनाइ भएको छ ।’

युवाका क्षेत्रमा उल्लेखनीय काम गरिएको भन्दै परिषद्लाई संयुक्त राष्ट्रसङ्घले सन् २०१९ मा ‘फ्युचर पोलिसी अवार्ड’ प्रदान गरेको थियो । यस्तै नेपाली युवामा परिषद्ले खेलेको भूमिकाको सराहना गर्दै परिषद्का उपाध्यक्ष ढुङ्गेललाई सन् २०१८ मा इन्टरनेशनल युथ कमिटीद्वारा ‘वल्र्ड युथ प्राइज’ पुरस्कारबाट सम्मानित गरिएको थियो ।

युवा सूचकाङ्कमा सुधार

कमनवेल्थ नेशन्सको संस्थाले तयार गरेको प्रतिवेदनअनुसार सन् २०१० मा नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५औँ स्थानमा भएकामा अहिले ६८ देशलाई उछिनेर ७७औँ स्थानमा आउन सफल भएको छ । नेपाल सार्क मुलुकमा चौथो स्थानमा रहेको छ । 

अन्तर्राष्ट्रिय युवा दिवस

परिषद्कै अगुवाइमा विसं २०७३ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेको छ । यसपटक पनि भर्चुअलरूपमा ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । वि.सं २०७२ मा स्थापना भएसँगै परिषद्ले उद्यमशीलता र नेतृत्व विकासमा प्राथमिकता दिई आफ्ना कार्यक्रम सञ्चालन गरेको छ ।

युवा उद्यम कार्यक्रम 

स्थापना भएको वर्षदेखि परिषद्ले युवा उद्यम कार्यक्रम सञ्चालन गरेको छ । तीन सय ९७ युवा उद्यम समूहलाई रु पाँच लाखका दरले सहुलितय ऋणमा कर्जा उपलब्ध गराएर उद्यमशील बनाएको छ । अहिले उक्त समूहमा करिब दुई हजार युवा स्वरोगारमुखी भएका छन् । एक समूहमा पाँच जना रहेका छन् । परिषद्का उपाध्यक्ष ढुङ्गेलले घुम्ती कोषमा आधारित भएर स्वरोजगारमुखी हुन चाहनेका लागि उद्यम कार्यक्रम गरिएको जानकारी दिए । 

सहुलितयपूर्ण कर्जा 

युवा परिषद्कै पहलमा स्वरोजगार बन्न चाहने युवाका लागि अहिले सहुलियपूर्ण कर्जा प्रवाह भइरहेको छ । युवामा भएको ज्ञान, सीप, लक्ष्य र क्षमताअनुसार आफँै स्वरोजागर हुने युवालाई रु दुई लाखदेखि रु पाँच करोडसम्म कृषि र व्यवसायमा विभिन्न वाणिज्य बैंकले कर्जा उपलब्ध गराउँदै आएका छन् ।

अहिलेसम्म एक लाख २० हजार युवा उक्त ११ प्रकारका सहुलितयपूर्ण कर्जा लिई स्वरोगार भएका छन् । बढीमा पाँच प्रतिशत ब्याज अनुदानमा ती युवाले कर्जा पाइरहेका छन् । एउटा वाणिज्य बैंकको शाखाले कम्तीमा १० वटा परियोजना र विकास बैंकले पाँचवटा परियोजनालाई अनिवार्यरूपमा कर्जा प्रवाह गर्नुपर्दछ । कार्यकारी उपाध्यक्षले यस वर्ष करिब ८० हजार परियोजनालाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउने बताए ।

नमूना युवा संसद्

परिषद्कै पहलमा युवालाई देशको संविधान, नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाई भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम हुँदै आएको छ । युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य र अन्तरसम्बन्धको ज्ञान दिई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउन सङ्घ र प्रदेशमा संसद् कार्यक्रम भइरहेको छ । यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुगेको छ । सात सय ५३ स्थानीय तहका छ हजार ७६३ वडामा वडास्तरीय युवा क्लब गठन गरिएको छ ।

युवामैत्री स्थानीय तह

युवामैत्री स्थानीय तह छनोट तथा प्रोत्साहन कार्यक्रममा हरेक वर्ष स्थानीय तहलाई छनोट गर्ने गरिन्छ । युवाका क्षेत्रमा राम्रो काम गरेको आधारमा युवा सुचकाङ्कलाई हेरी परिषद्ले युवामैत्री स्थानीय तह भनी घोषणा गरी रु पाँच लाख पुरस्कारसमेत प्रदान गर्दै आइरहेको छ । विगतमा सातवटै प्रदेशबाट एक/एक स्थानीय तहलाई गरिए पनि यसपटकदेखि दुई वटामात्र स्थानीय तहलाई युवामैत्री स्थानीय तह घोषणा गरिने परिषद्का उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए ।
 
‘नवप्रवर्तन केन्द्र’ स्थापना
 
परिषद्ले युवामा भएको ज्ञान प्रस्फुटन गराई उद्यमशील बनाउनका लागि ‘नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी गरेको छ । नवप्रवर्तन केन्द्रमा युवाले आफूमा भएको ज्ञान, सीप, क्षमताअनुसार काममा दक्ष बनाई एउटा सफल उद्यमशील उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

परिषद्ले केन्द्रीयस्तरमा ‘राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र’ र प्रदेशस्तरमा ‘युवा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी थालेको हो । अहिले केन्द्रीयस्तरमा परिषद्ले काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित आरुबारीचौरमा सञ्चालन गर्ने अन्तिम तयारी रहेको छ भने प्रदेश नं १ को मोरङको उर्लाबारीमा मदन भण्डारी स्मृति प्रतिष्ठानको भवनमा युथ इन्क्युवेशन केन्द्र स्थापना गर्ने तयारी गरेको छ ।

उपाध्यक्ष ढुङ्गेलले सबै प्रदेशमा केन्द्र स्थापनाका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले चीन र अन्य देशमा भएको जस्तै युवालाई ‘क्रिएटिभ’ बनाउने केन्द्रजस्तै नेपालमा पनि त्यस्तै खालको केन्द्र स्थापना गर्न थालिएको बताए । सातवटै प्रदेशमा पनि नवप्रवर्तन केन्द्र स्थापनाको कार्य अगाडि बढाइएको छ ।

यसैगरी परिषद्ले युवा नेपाली वैज्ञानिकको राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ । युवा वैज्ञानिक पलायन भइरहेको बेला नेपालमा नै अवसरको पर्याप्त छ भन्ने सन्देश दिनका लागि वैज्ञानिक सम्मेलन गर्दै आइरहेको हो । यसैगरी परिषद्ले विपद् व्यवस्थापन, भूकम्प र कोरोना महामारीमा यस वर्ष एक हजार ६०० युवालाई परिचालन गरिरहेको छ ।

युवा विकासको क्षेत्रमा कार्यरत सङ्घसंस्थासँगको सहकार्यमा युवालक्षित कार्यक्रम समन्वयात्मकरूपमा सञ्चालन गर्ने उद्देश्यले हालसम्म परिषद्मा ५०० वटा सामाजिक सङ्घसंस्था आबद्ध भएका छन् । यी संस्थासँगको सहकार्यमा निरन्तर युवालक्षित कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष जगदीश ऐरले नेपालमा युवाको क्षेत्रमा सरकारी तवरबाट कुनै संस्था नभइरहेको बेला परिषद्ले युवाको क्षमता विकासमा काम गरिरहेको बताए।
 
‘परिषद् गठन भएसँगै युवाका मुद्दामा नीति निर्माणदेखि युवा सञ्जाल विस्तार भएको छ’, उनले भने, ‘परिषद्ले युवाको क्षमता र नेतृत्व विकास गर्नुका साथै उद्यमशीलतामा पनि आकर्षण गराइरहेको छ ।’ उनले परिषद्ले सञ्चालन गरेको कार्यक्रममध्ये नमूना युवा संसद्, युवा क्लब सञ्जालजस्ता कार्यक्रमले धेरै युवाको नेतृत्व विकासमा सहयोग पुर्‍याएको बताउनुभयो । उहाँले युवाको मुद्दालाई राज्यसँग जोड्नका लागि परिषद्ले पुलको काम गरेको बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE