Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

संविधान र कानूनभन्दा आफु सर्वोच्च हुँ भन्ने सोंच नेताहरुले त्याग्नुपर्छ : संविधानविद् आचार्य

खबरडबली संवाददाता

काठमाडौं । संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले संविधान र कानून भन्दा आफुलाई सर्वोच्च भन्ठान्ने सोंच त्याग्न नेताहरुलाई सूझाव दिएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत् आचार्यले  कानून, संविधान, संसद र संवैधानिक अंगले समेत नपुगेर फेरी राजनीतिक संयन्त्र बनाउन खोज्नु उचित नभएको तर्क गरेका छन् ।

‘कानून, संविधान, राज्यका निकाय भन्दा आफु सर्वोच्च हुँ भन्ठान्ने सोंच नेताहरुले त्याग्नु पर्यो’, उनले लेखेका छन्, ‘कामै गर्न खोजेको हो भने अहिलेलाई तुइन खसाएर क्रुरता पूर्वक एउटा निर्दोष व्यक्तिको हत्या गर्ने अपराधमा संलग्न व्यक्तिलाई तत्काल कानूनको दायरामा ल्याउन  राजनीतिक संयन्त्रले काम गरोस् ।’

संविधानको धारा ७६ उपधारा ५ बमोजिम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि गठबन्धनका नेताहरले सरकारलाई सहजिकरणका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनउनु पर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले कारोना महामारी विरुद्ध लड्न उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक रहेको बताउँदै आएका छन् ।

तर,  कानूनविद् र संवैधानिकविद्हरुले राजनीतिक संयन्त्र अतिरिक्त संवैधानिक अव्यास भएको भन्दै संयन्त्रका कारण सरकारले प्रभावकारीरुपमा काम गर्न नसक्ने तर्क गरेका छन् ।

उनीहरुले राजनीति संयन्त्र बनाउनु भन्दा पनि संविधानमा भएको व्यवस्था, नियम, कानून र संवैधानिक अंगहरुलाई प्रभावकारीरुपमा परिचालन गर्नुपर्ने बताएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending