झापा । भारतबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल आउने विभिन्न जिल्लाका बासिन्दालाई राख्नका लागि मेचीनगर नगरपालिका–१४ मा रु २२ करोडको लागतमा होल्डिङ सेन्टर निर्माण तीव्ररूपमा भइरहेको छ ।
सरकारले नेपाली सेनालाई होल्डिङ सेन्टर बनाउने जिम्मा दिएको छ । देशभरका आठवटा सीमानाकामा बनिरहेको होल्डिङ सेन्टरको ठेक्का नेपाली सेनाले हनुमान कन्स्ट्रक्शनलाई दिएको छ । भदौ ३० गते सकिने गरी असार अन्तिम साताबाट काम शुरु गरेको कन्स्ट्रक्शनले २०० बढी मजदूर लगाएर दैनिक काम गरिरहेको नयाँ श्रीनाथ गण चारआलीका गणपति अमरजङ्थ थापाले बताए ।
उहाँका अनुसार एक हजार व्यक्ति अटाउन सक्ने क्षमताको होल्डिङ सेन्टरमा २२ वटा पक्की टहरा र १४ वटा किचनहल बन्नेछन् । हालसम्ममा करिब ४० प्रतिशत निर्माण सकिएको छ । ‘सीमानाका नजिकै जग्गा व्यवस्थापनका लागि खोजी गर्दा केही समय ढिलो भयो’, उनले भने, ‘बल्ल यहाँ जग्गाको व्यवस्थापन भएर बनाउन शुरु गरेका हौँ । थोरै ढिलो भए पनि तोकिएको समयावधिमै निर्माण सक्ने विश्वास छ ।’ निर्माणाधीन होल्डिङ सेन्टर सीमानाकाबाट करिब १५ किलोमिटर टाढा छ ।
चार बिघा ऐलानी क्षेत्रफलमा होल्डिङ सेन्टर बनेपछि पूर्वी नाकाबाट नेपाल प्रवेश गर्नेलाई सोझै ल्याएर राखिने उहाँको भनाइ छ । सेन्टरको सम्पूर्ण रेखदेख नेपाली सेनाले गर्नेछ । उनका अनुसार होल्डिङ सेन्टरमै स्वाथ्यकर्मीको टोली रहने र केही अक्सिजन शय्यासहित सम्पूर्ण सेवा नि:शुल्क हुनेछ ।
गत वर्ष पनि चन्द्रगढीस्थित प्रदेश प्रतिष्ठान केन्द्र कलबलगुडीमा रहेको अस्थायी होल्डिङ सेन्टरको रेखदेखको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: