Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बस्ती छिर्दै चितुवा : नियन्त्रणका लागि उपकरण र जनशक्ति अभाव

रासस
गण्डकी । दुई दिन देखि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ स्थित नागडाँडामा चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका विभिन्न स्थानमा देखिएको चितुवा अन्ततः जिल्ला वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा नियन्त्रणमा लिएर आज डिभिजन वन कार्यालय पु¥याइएको छ ।
 
तीन दिनयता अन्नपूर्ण–३ पाउँदुर क्षेत्रमा देखिएको चितुवा स्थानीयवासीले पटकपटक लखेटे पनि आज सोही स्थानकै पोखरा–बागलुङ राजमार्गमा पुनःभेटिएपछि प्रहरी तथा डिभिजन वन कार्यालयमा खबर गरिएको  गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।
 
उनका अनुसार दुई वर्षअघि सोही गाउँपालिकाकै रयालेमा चितुवाले मानिसलाई आक्रमण गरेको थियो । पछिल्ला वर्षमा कास्की, तनहुँ र आसपासका जिल्लामा चितुवा गाउँ बस्तीमा प्रवेश गर्ने र मानिसलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत असारमा पोखरा महानगरपालिका–८ स्थित नागबेली टोलमा चितुवा छिरेपछि वन कार्यालयका प्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 
 
गाउँमा चितुवा पसेपछि स्थानीयवासीले गुहार्र्ने निकाय भनेको डिभिजन वन कार्यालय भए पनि चितुवालगायत हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि वन कार्यालयमा कुनै उपकरण र दक्ष जनशक्ति छैन । बस्ती पसेको चितुवा नियन्त्रणका लागि डार्टको आवश्यकता पर्दछ । यो उपकरण डिभिजन वन कार्यालयमा उपलब्ध नभएको डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिए ।
 
उनका अनुसार यो उपकरण हाल चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र सदर चिडियाखानामा मात्रै छ । उपकरण मगाउनका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय जस्ता निकायको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था रहेको जनाउँदै उनले हालसम्म कुनै पनि डिभिजन वन कार्यालयमा सो उपकरण उपलब्ध हुन नसकेको बताए ।
 
‘चितुवा बस्ती पसेपछि शुरुमा सर्वसाधारणले डिभिजन वन कार्यालयमा खबर गर्दछन्’, उनले भने, ‘खबर आइसकेपछि विनाउपकरण तथा दक्ष जनशक्ति नहुँदा आफूलाई नै असुरक्षित बनाएर हामीले सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर उसको प्राकृतिक बासस्थानमा छाड्ने गरेका छौँ ।’
 
पछिल्ला वर्षमा चितुवा बस्तीमा पस्नेक्रम बढेपछि सो उपकरणको व्यवस्थाका लागि माग गरिँदै आए पनि त्यसको हालसम्म सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ । ‘हामी उपकरणको अभावमा असुरक्षित भएर पनि चितुवालाई नियन्त्रणमा लिई प्राकृतिक बासस्थानमा छाड्न बाध्य छौँ’, बरालले भने, ‘सुरक्षित तवरले नियन्त्रण गर्न तालिमका साथै उपकरणको तुरुन्त व्यवस्था गर्नुपर्ने देखिन्छ ।’
 
प्रदेश सरकारमार्फत बस्ती छिर्ने हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि तत्काल डिभिजन वन कार्यालयमा डार्टका साथै सुरक्षा उपकरण र त्यससम्बन्धी तालिम रेपिड रेस्पोन्स टोलीको व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको उनले बताए ।
 
चितुवालाई पर्यावरण संरक्षणका दृष्टिले महत्वपूर्ण मानिन्छ । पछिल्ला वर्षमा नेपालका विभिन्न जिल्लामा चितुवाको सङ्ख्या बढ्दो क्रममा छ । यो बाघको प्रजाति हो । हाल विश्वका १४ मुलुकमा मात्रै बाघ पाइन्छ । पछिल्ला वर्षमा बाघ र मानवबीचको बढ्दो द्वन्द्व विश्वपव्यापी चुनौतीका रुपमा देखिँदै आएको छ । बाघ संरक्षण र द्वन्द्व न्यूनीकरणमा काम गर्न नेपाल सरकारले अघिल्लो वर्ष ‘बाघ संरक्षण विशेष कार्यक्रम’ घोषणा गरेको थियो । 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending