काठमाडौँ । सांसद बन्धक बनाएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले यो घटनाको अनुसन्धान गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् । लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली)लाई मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा अपहरण गरी बन्धक बनाइएको घटना बाहिर आएपछि सांसद थापाले कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
थापाले सांसद खत्रीलाई उद्धृत गर्दै प्रदेश सभा सदस्यले आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाइएको, मानसिक यातना दिएको’ लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दामा सीमित राख्न नहुने जिकीर गरेका छन् ।
लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्रीले ''आफूलाई बन्धक बनाएको,जबरजस्ती हस्ताक्षर गर्न लगाएको,मानसिक यातना दिएको'' लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन। @PM_nepal_ ज्यू, यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस्।
— Gagan Thapa (@thapagk) August 5, 2021
प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै थापाले ट्वीटमार्फत् ‘यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दन्डित गर्न’ आग्रह गरेका छन् ।
थापाले ट्वीट गरेलगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि फेसबुमार्फत् जवाफ दिएका छन् । पोखरेलले ‘दुईजना माननीयलाई ‘फकाएर’ राजिनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासन’को डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजनालाई ‘दल’ परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ । ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’ भनेर लेखेका छन् ।
प्रदेशसभा सदस्य विमलाकुमारी खत्री (वली) ले एमाले र माओवादी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट उपनिर्वाचन लडेकी थिइन् । उनका श्रीमान् उत्तरकुमार वली प्रदेशसभामा एमालेबाट निर्वाचित भएका थिए । उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि विमलाकुमारी खत्री (वली)लाई एकीकृत पार्टीले टिकट दिएको थियो । अहिले उनकै कारण लुम्बिनी प्रदेशको सत्तासमीकरण बदलिने भएपछि एमालेले उनलाई अपहरण गरी सत्ता जोगाउन खोजेको भनेर आलोचना भैरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १९:२६
दैलेख । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी...
आषाढ़ १९ गते, २०८३ - १९:१६
काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय ...
आषाढ़ १९ गते, २०८३ - १९:१३
काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले यात्रा गर्न पाउने वा नपाउने भन्ने ...
आषाढ़ १९ गते, २०८३ - १९:१२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयो...
आषाढ़ १९ गते, २०८३ - १९:०३
जनकपुरधाम । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्...
आषाढ़ १९ गते, २०८३ - १८:५८
काठमाडौं । कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्याल...
आषाढ़ १९ गते, २०८३ - १८:५४
काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ ...
आषाढ़ १९ गते, २०८३ - ०९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...
आषाढ़ १९ गते, २०८३ - ०८:१६
काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...
आषाढ़ १९ गते, २०८३ - ०८:१३
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...



प्रतिकृया लेख्नुहोस्: