काठमाडौं । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बस्न थालेका छन् ।
तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आएका छन् । उनकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड बसेको मौका छोपेर पूर्वयुवराज पारस निर्मल निवास बस्न थालेका हुन् ।
स्रोतका अनुसार उनकी आमा पूर्वरानी कोमल शाह पनि कोरोनामुक्त भएर डिस्चार्ज भएपछि निर्मल निवासमै बसिरहेकी छन् । बिरामी आमाको रेखदेख गर्न भन्दै पारस पनि निर्मल निवासमै बसेको निर्मल निवास स्रोतले बताएको छ ।
आजको नेपाल समाचारपत्रमा खबर छ- आफ्ना बुबा पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण यसअघि निर्मल निवास बसेका पारस यसपटक भने छोरा हृदयेन्द्रसँगै आमा कोमल र बुबा ज्ञानेन्द्रसँग दिन बिताउने गरेको बताइएको छ ।
‘हिमानी सरकार कोरोना महामारीका कारण थाइल्याडमा अड्किनुभएकाले पारस सरकार निर्मल निवासमा बस्दै आउनुभएको छ । नेपाल फर्कनुभएपछि उहाँ परिवारसँग यति लामो समय सँगै बस्नुभएको देखिएको थिएन । अहिले तीन महिना भइसकेको छ’ –निर्मल निवासका एक कर्मचारीले बताए ।
करिब तीन महिनादेखि आफ्ना छोरीहरू पूर्णिका र कीर्तिकासँगै थाइल्यान्डमा बसिरहेकी पूर्वयुवराज्ञी हिमानी उतै अड्किएकी छन् । नेपालमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि थाइल्यान्डले नेपालको उडानमा केही समयका लागि रोक लगाएका कारण उहाँ थाइल्यान्डमै अड्किएकी हुन् ।
थाइल्यान्डमै बस्ने गरी नेपाल छाडेका पारस महिला काण्डमा विवादित भएपछि ३ वर्षअघि नेपाल फर्किएका थिए । बेलाबेलामा विभिन्न धार्मिक गतिविधिमा सहभागी हुने गरेका पारस उपत्यका बाहिर पनि विभिन्न मठमन्दिरमा दर्शनका लागि जाने गर्छन् । पछिल्लो समयमा लामो समय निर्मल निवासमा बसिरहेको भए पनि विवादमा फसिरहने पुरानो बानीमा भने खासै सुधार आएको देखिएको छैन ।
करिब एक साताअघि नारायणगोपाल चोकमा हेल्मेटबिना नै मोटरसाइकल चलाएको अवस्थामा ट्राफिक प्रहरीले रोकेपछि उहाँले ट्राफिक प्रहरीलाई मनपरी गाली गरेका थिए । सो घटनामा पारसको गाली खाएका ट्राफिक प्रहरीले निरीह भई उनलाई त्यतिकै छाडेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - २१:१९
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो सय दिने कार्यअवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ । शनिबार सिंहदरबारस्थित प्रधानमन...
आषाढ़ २० गते, २०८३ - २१:०८
काठमाडौँ । सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र...
आषाढ़ २० गते, २०८३ - २०:५६
बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानलाई अघि बढाउँदै रुपन्द...
आषाढ़ २० गते, २०८३ - २०:३७
बाजुरा। बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा र एक शिक्षकबीच भएको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले चर्चा पाएको छ। यद्यपि,...
आषाढ़ २० गते, २०८३ - २०:१९
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्...
आषाढ़ २० गते, २०८३ - २०:१८
विराटनगर । गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। शनिबार मोरङको...
आषाढ़ २० गते, २०८३ - ०८:११
धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...
आषाढ़ २० गते, २०८३ - ०८:०६
काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...
आषाढ़ २० गते, २०८३ - ०७:४४
काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...
आषाढ़ २० गते, २०८३ - ०७:४१
काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...



प्रतिकृया लेख्नुहोस्: