काठमाडौं । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बस्न थालेका छन् ।
तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आएका छन् । उनकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड बसेको मौका छोपेर पूर्वयुवराज पारस निर्मल निवास बस्न थालेका हुन् ।
स्रोतका अनुसार उनकी आमा पूर्वरानी कोमल शाह पनि कोरोनामुक्त भएर डिस्चार्ज भएपछि निर्मल निवासमै बसिरहेकी छन् । बिरामी आमाको रेखदेख गर्न भन्दै पारस पनि निर्मल निवासमै बसेको निर्मल निवास स्रोतले बताएको छ ।
आजको नेपाल समाचारपत्रमा खबर छ- आफ्ना बुबा पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण यसअघि निर्मल निवास बसेका पारस यसपटक भने छोरा हृदयेन्द्रसँगै आमा कोमल र बुबा ज्ञानेन्द्रसँग दिन बिताउने गरेको बताइएको छ ।
‘हिमानी सरकार कोरोना महामारीका कारण थाइल्याडमा अड्किनुभएकाले पारस सरकार निर्मल निवासमा बस्दै आउनुभएको छ । नेपाल फर्कनुभएपछि उहाँ परिवारसँग यति लामो समय सँगै बस्नुभएको देखिएको थिएन । अहिले तीन महिना भइसकेको छ’ –निर्मल निवासका एक कर्मचारीले बताए ।
करिब तीन महिनादेखि आफ्ना छोरीहरू पूर्णिका र कीर्तिकासँगै थाइल्यान्डमा बसिरहेकी पूर्वयुवराज्ञी हिमानी उतै अड्किएकी छन् । नेपालमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि थाइल्यान्डले नेपालको उडानमा केही समयका लागि रोक लगाएका कारण उहाँ थाइल्यान्डमै अड्किएकी हुन् ।
थाइल्यान्डमै बस्ने गरी नेपाल छाडेका पारस महिला काण्डमा विवादित भएपछि ३ वर्षअघि नेपाल फर्किएका थिए । बेलाबेलामा विभिन्न धार्मिक गतिविधिमा सहभागी हुने गरेका पारस उपत्यका बाहिर पनि विभिन्न मठमन्दिरमा दर्शनका लागि जाने गर्छन् । पछिल्लो समयमा लामो समय निर्मल निवासमा बसिरहेको भए पनि विवादमा फसिरहने पुरानो बानीमा भने खासै सुधार आएको देखिएको छैन ।
करिब एक साताअघि नारायणगोपाल चोकमा हेल्मेटबिना नै मोटरसाइकल चलाएको अवस्थामा ट्राफिक प्रहरीले रोकेपछि उहाँले ट्राफिक प्रहरीलाई मनपरी गाली गरेका थिए । सो घटनामा पारसको गाली खाएका ट्राफिक प्रहरीले निरीह भई उनलाई त्यतिकै छाडेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: