Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

देउवाले पार्टीभित्र आन्तरिक छलफल फिटिक्कै गर्नुभएको छैन : केसी

अर्जुननरसिंह केसी

सत्ता गठबन्धनबीच सत्ता सहकार्यका लागि छलफल चलिरहेको छ । सरकार गठन भएको पनि लामो समय वितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन नसक्दा एक प्रकारको अन्योलता सिर्जना भएको छ । अब सकेसम्म चाँडो टुंग्याउनु पर्छ । यस विषयमा प्रधानमन्त्रीले पार्टीभित्र कुनै सल्लाह गर्नुभएको छैन । उहाँले स्वईच्छा र विवेकले गरिरहनुभएको छ । सरकारलाई सत्ता गठबन्धन दलहरूबाट समस्या परेको छ जस्तो मलाई लाग्दैन । गठबन्धनबीच सहकार्यका लागि छलफल हुँदैछ । सायद चाँडै एउटा निष्कर्षमा पुग्ला । 

नेपाली कांग्रेसले फेरि एक ऐतिहासिक दायित्व पाएको छ । हामीले परिकल्पना गरेको भन्दा फरक किसिमले देशमा चुनौति देखियो । संविधानमाथिको आक्रमण, लोकतन्त्रको संरक्षणका लागि नेपाली कांग्रेस नै चाहिन्छ भन्‍ने विश्वासको साथ अहिले कांग्रेसले नेतृत्व गरेको छ । यो ऐतिहासिक अवसर हो । यसका साथसाथै हाम्रा अघिल्तिर चुनौतिका महासागर छन् । अलिकति चिप्लियो भने चुनौतिको महासागरमा डुब्छ । वर्तमान सरकारलाई अहिले सिक्ने, अलमलिने र पछि गरौंला भन्‍ने समय छैन । गल्ति गरेपछि पछि सुधारुला भन्‍ने पनि ठाउँ छैन । त्यसकारण सरकारले जनचाहना अनुसार बुझेर कदम चाल्नु पर्ने अवस्था छ । सरकारमा हुँदा कहीँ कतै सानो गल्ति भयो भने हाम्रो लोकप्रियता र अकर्षण घट्न सक्छ । त्यसैले सरकारको नेतृत्व गर्नेहरूले  अत्यन्त गम्भीर भएर लाग्‍नुपर्छ । यसबारेमा सभापतिजीले पार्टीभित्र आन्तरिक छलफल फिटिक्कै गरेका छैनन् । तर, पनि यो हाम्रो सरकार भएकोले यसलाई सफल बनाउन हामी मन, वचन र कर्मले सहयोग गर्छौं । सरकारलाई कसरी अगाडि बढाउने भन्‍नेमा कार्यदलका साथीहरूले पनि गृहकार्य गरिरहनुभएका छन् । हामी आफ्नो तर्फबाट पनि सहयोग गर्छौं । 

मेरो विचारमा सरकारले ओली नेतृत्वको पालामा केन्द्रदेखि वडासम्मका भ्रष्टाचार छानविन गरी कारवाही गर्न पूर्वप्रधानन्याधीशको नेतृत्वमा  सर्वशक्तिमान आयोग गठन गरी छानविन अगाडि बढाउनुपर्छ । यो देश र पार्टीका निम्ति हितकर हुन्छ । यति गर्न सकिएन भने भोलि जनताले प्रश्न उठाउँछन् । यसैगरी अघिल्लो सरकारले जुन अवैधानिक नियुक्ति गरेका छन् । ती सम्पूर्ण नियुक्ति बदर गर्नुपर्छ । ओली सरकारको तीन वर्षे कार्यकालमा झण्डै १५ खर्ब विदेशी ऋण पुगेको छ । तीन वर्षमा नेपालीको टाउकोमाथि झण्डै दोब्बर ऋणको भारी परेको छ ।  सरारले जनताकाबीचमा यी सबै कुरा भन्‍नु पर्‍यो । अर्थमन्त्रीले धेरै पटक बेथितिबारे ह्वाइट पेपर निकाल्ने भनेका छन् । हामीले सम्हाल्नु अघिको पोजिसन ह्वाइट पेपरमार्फत तत्काल सार्वजनिक गर्नुपर्छ  । यस्तै सत्ता गठबन्धनबीचमा साझा न्यूनतम कार्यक्रम दृढतापूर्वक आउनुपर्छ भन्‍ने मेरो धारणा छ । यसैगरी कोरोना महामारीसँग लड्‍न प्रधानमन्त्रीले प्रतिबद्धता जनाए अनुसार पहिलो प्राथमिकता खोपलाई दिनुपर्छ । खोपलाई देशभर सबै वडातहसम्म विस्तार गर्नुपर्छ । कोभिड परिक्षण र खोप वितरणमा जुन बेथिति रहेको छ, त्यसलाई बैज्ञानिक ढंगबाट व्यवस्थापन गर्नुपर्छ । 
(केसी नेपाली कांग्रेसका नेता हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी ठेक्का प्रकरणमा अख्तियारको घेरा : नारायणकाजीसँग बयान, आरजुलाई पर्खाइ

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...

तालीभन्दा चेतावनी धेरै : रास्वपा मञ्चबाट गगनले सुनाएको इतिहास, अहंकार र लोकतन्त्रको कथा

काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन उत्सवको माहोलमा चलिरहेको थियो। मञ्चमा नयाँ राजनीतिक शक्तिको आत्मविश्वास थियो। हलभरि निलो झण्डा फहराइरहेका थिए। का...

चितवनमा सुकीला–मुकीलाहरूको जमघट !

चितवन । नेपाली राजनीतिक कार्यक्रमहरूमा सामान्यतया देखिने दृश्य फरक हुन्छ—खादा, दौरा–सुरुवाल, पुराना अनुहार र औपचारिक भाषण। तर चितवनमा जारी राष्ट्रिय स...

रास्वपाको महाधिवेशनमा दुई अनुहार : परिवर्तनको आवेग र परिपक्वताको सन्देश

काठमाडौँ । चितवनको गेष्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन भइरहँदा मञ्चमा केवल एउटा राजनीतिक कार्यक्...

आगामी चुनावमा नेकपा पुनः शक्तिशाली बन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...

जापानको उत्कृष्ट प्रदर्शन, दुई गोलको अग्रता कायम

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...

जलवायु संकटको अग्रपंक्तिमा नेपाल, हिमनदी पग्लिँदा बढ्दै बाढी–खडेरीको जोखिम

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...

प्रधानमन्त्री बालेन चितवन जाँदै, पार्टी महाधिवशेनमा सम्बोधन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending