Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

केही दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउँछ : तामाङ

हितबहादुर तामाङ

प्रतिगमनलाई परास्त गरी विपक्षी गठबन्धनको नेतृत्वमा सरकार गठन गर्न हामी सफल भएका छौँ । ओली नेतृत्वको सरकारले संविधान, राष्ट्रियता र व्यवस्थामाथि नै निर्मम प्रहार गरिरहेको अवस्थामा सबैको सहकार्य र सहयोगमा संविधान र लोकतन्त्र ठीक बाटोमा आएको छ । अब मन्त्रिपरिषद् विस्तारमा समस्या कहाँ पर्‍यो भन्दा पनि सत्ता गठबन्धनका दलहरूबीच साझा नीति तथा कार्यक्रम तय हुन सकिरहेको छैन । यो सरकारलाई स्पष्ट ढंगले अगाडि बढ्न सजिलो होस भन्‍नका लागि रोडम्यापको रुपमा साझा नीति तथा कार्यक्रम दिनुको साथसाथै मन्त्रिपरिषद् विस्तार हुन जरुरी छ । पहिलो सत्ता गठबन्धनबीच कसले कति संख्या पाउने र कुनकुन मन्त्रालय पाउने भन्‍नेमा स्पष्ट खाका आइसकेको छैन । यसले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको छ । दोस्रो कुरा हिजो प्रतिगमन सच्याउने क्रममा सहभागी नेकपा एमालेका माधव नेपाल समूहको व्यवहारिक खालको समस्या देखा परिरहेको छ । माधव समूह अब कसरी जान्छन् भन्दा पनि आजसम्मको स्थितिमा सरकारमा जाने नजाने भन्‍नेमा स्पष्ट जानकारी दिएका छैनन् । कहिले सरकारमा जान्छौं भनिरहेका छन् त कहिले पार्टी एकताको विषयमा छलफल चलिरहेकाले तत्काल मन्त्रिपरिषद विस्तार नगर्न आग्रह गरिरहेका छन् । उहाँहरूको आन्तरिक समस्या हल नहुँदा केही समस्या उत्पन्‍न भएको छ । हामीले सरकारमा जाने भए मन्त्रिहरूको नाम दिनोस् भनेको छौं । नजाने भए सहभागी हुँदैनौं भन्‍ने कुरा स्पष्ट रुपमा आउनुपर्छ ।

यसैगरी हाम्रो दलभित्र पनि मन्त्री बन्‍ने आकांक्षिहरू धेरै छन् ।  सरकारमा जान आकांक्षा देखाउनु स्वभाविक नै हो । तर, यसले मात्रै सरकार विस्तार गर्न अवरोध भएको मान्‍न मिल्दैन । त्यो भन्दा पनि सरकारमा कुन दल जाने ? कुन दल नजाने ? साझा न्यूनतम नीति तथा कार्यक्रम कसरी ल्याउने ? कसलाई कति मन्त्रालय दिने भन्‍ने बारेमा सहमति हुँदा साथ समस्याको हल हुन्छ । माधव समूहको समस्या हल हुने वित्तिकै कसले कति र कुन मन्त्रालय पाउने अनि साझा न्यूनतम कार्यक्रम कस्तो बनाउने भन्‍ने कुराको हल भइहाल्छ नि । यस हिसाबले मेरो विचारमा अब दुई तीन दिनभित्र नै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । हाम्रो पार्टीभित्र पनि मन्त्रिमण्डलमा पठाउने विषयमा छलफल भइरहेको छ । पार्टीको आन्तरिकरुपमा पद, भागबण्डाको कारणले समस्या आएको भन्दा पनि कुन दलले कुन-कुन मन्त्रालय पाउने र साझा नीति तथा कार्यक्रम कसरी ल्याउने भन्‍ने विषयमा सहमति हुँदासाथ सबै कुराको हल हुन्छ । यस विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेतृत्व बसेर तत्काल टुंग्याउनु पर्छ । 
(तामाङ नेकपा माओवादी केन्द्रका नेता हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी ठेक्का प्रकरणमा अख्तियारको घेरा : नारायणकाजीसँग बयान, आरजुलाई पर्खाइ

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...

तालीभन्दा चेतावनी धेरै : रास्वपा मञ्चबाट गगनले सुनाएको इतिहास, अहंकार र लोकतन्त्रको कथा

काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन उत्सवको माहोलमा चलिरहेको थियो। मञ्चमा नयाँ राजनीतिक शक्तिको आत्मविश्वास थियो। हलभरि निलो झण्डा फहराइरहेका थिए। का...

चितवनमा सुकीला–मुकीलाहरूको जमघट !

चितवन । नेपाली राजनीतिक कार्यक्रमहरूमा सामान्यतया देखिने दृश्य फरक हुन्छ—खादा, दौरा–सुरुवाल, पुराना अनुहार र औपचारिक भाषण। तर चितवनमा जारी राष्ट्रिय स...

रास्वपाको महाधिवेशनमा दुई अनुहार : परिवर्तनको आवेग र परिपक्वताको सन्देश

काठमाडौँ । चितवनको गेष्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन भइरहँदा मञ्चमा केवल एउटा राजनीतिक कार्यक्...

आगामी चुनावमा नेकपा पुनः शक्तिशाली बन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...

जापानको उत्कृष्ट प्रदर्शन, दुई गोलको अग्रता कायम

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...

जलवायु संकटको अग्रपंक्तिमा नेपाल, हिमनदी पग्लिँदा बढ्दै बाढी–खडेरीको जोखिम

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...

प्रधानमन्त्री बालेन चितवन जाँदै, पार्टी महाधिवशेनमा सम्बोधन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending