Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

केही दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउँछ : तामाङ

हितबहादुर तामाङ

प्रतिगमनलाई परास्त गरी विपक्षी गठबन्धनको नेतृत्वमा सरकार गठन गर्न हामी सफल भएका छौँ । ओली नेतृत्वको सरकारले संविधान, राष्ट्रियता र व्यवस्थामाथि नै निर्मम प्रहार गरिरहेको अवस्थामा सबैको सहकार्य र सहयोगमा संविधान र लोकतन्त्र ठीक बाटोमा आएको छ । अब मन्त्रिपरिषद् विस्तारमा समस्या कहाँ पर्‍यो भन्दा पनि सत्ता गठबन्धनका दलहरूबीच साझा नीति तथा कार्यक्रम तय हुन सकिरहेको छैन । यो सरकारलाई स्पष्ट ढंगले अगाडि बढ्न सजिलो होस भन्‍नका लागि रोडम्यापको रुपमा साझा नीति तथा कार्यक्रम दिनुको साथसाथै मन्त्रिपरिषद् विस्तार हुन जरुरी छ । पहिलो सत्ता गठबन्धनबीच कसले कति संख्या पाउने र कुनकुन मन्त्रालय पाउने भन्‍नेमा स्पष्ट खाका आइसकेको छैन । यसले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको छ । दोस्रो कुरा हिजो प्रतिगमन सच्याउने क्रममा सहभागी नेकपा एमालेका माधव नेपाल समूहको व्यवहारिक खालको समस्या देखा परिरहेको छ । माधव समूह अब कसरी जान्छन् भन्दा पनि आजसम्मको स्थितिमा सरकारमा जाने नजाने भन्‍नेमा स्पष्ट जानकारी दिएका छैनन् । कहिले सरकारमा जान्छौं भनिरहेका छन् त कहिले पार्टी एकताको विषयमा छलफल चलिरहेकाले तत्काल मन्त्रिपरिषद विस्तार नगर्न आग्रह गरिरहेका छन् । उहाँहरूको आन्तरिक समस्या हल नहुँदा केही समस्या उत्पन्‍न भएको छ । हामीले सरकारमा जाने भए मन्त्रिहरूको नाम दिनोस् भनेको छौं । नजाने भए सहभागी हुँदैनौं भन्‍ने कुरा स्पष्ट रुपमा आउनुपर्छ ।

यसैगरी हाम्रो दलभित्र पनि मन्त्री बन्‍ने आकांक्षिहरू धेरै छन् ।  सरकारमा जान आकांक्षा देखाउनु स्वभाविक नै हो । तर, यसले मात्रै सरकार विस्तार गर्न अवरोध भएको मान्‍न मिल्दैन । त्यो भन्दा पनि सरकारमा कुन दल जाने ? कुन दल नजाने ? साझा न्यूनतम नीति तथा कार्यक्रम कसरी ल्याउने ? कसलाई कति मन्त्रालय दिने भन्‍ने बारेमा सहमति हुँदा साथ समस्याको हल हुन्छ । माधव समूहको समस्या हल हुने वित्तिकै कसले कति र कुन मन्त्रालय पाउने अनि साझा न्यूनतम कार्यक्रम कस्तो बनाउने भन्‍ने कुराको हल भइहाल्छ नि । यस हिसाबले मेरो विचारमा अब दुई तीन दिनभित्र नै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । हाम्रो पार्टीभित्र पनि मन्त्रिमण्डलमा पठाउने विषयमा छलफल भइरहेको छ । पार्टीको आन्तरिकरुपमा पद, भागबण्डाको कारणले समस्या आएको भन्दा पनि कुन दलले कुन-कुन मन्त्रालय पाउने र साझा नीति तथा कार्यक्रम कसरी ल्याउने भन्‍ने विषयमा सहमति हुँदासाथ सबै कुराको हल हुन्छ । यस विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेतृत्व बसेर तत्काल टुंग्याउनु पर्छ । 
(तामाङ नेकपा माओवादी केन्द्रका नेता हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निवर्तमान अर्थमन्त्रीले अघि बढाएका राम्रा काम रोक्दिनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन्।  विश्व ब...

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी । नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ।  दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार द...

हरिवंश आचार्यको जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म सार्वजनिक

काठमाडौं । बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय सांगीतिक सृजनामा सक्रिय रहेका छन् ।  उनि एक पछि अर्को गीत सार्वजनिक गरिरहेका छन् ।  जनचेतनामुलक ...

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ ।  यातायात विभागका अनुसार...

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले...

दोस्रो सातामा ‘महाजात्रा’ ,क्युएफएक्सले भन्यो ‘सुपरहिट’

काठमाडौ‌ं ।  ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकस...

दुई परीक्षा केन्द्रकाे एसइई परीक्षा रद्दको निर्णय हुँदै

काठमाडौं । प्रश्नपत्र आउट भएका दुई ठाउँमा परीक्षा रद्दको निर्णय हुने भएको छ । बझाङ र सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहीरीएका दुई ठाउँको परीक्ष रद्...

दिनदिनै नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, शुक्रबार कतिमा हुँदै छ कारेबार ?

काठमाडौं  । नेपाली बजारमा शुक्रबार  सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार पनि सुनको मूल्य बढेर नयाँ इतिहास कायम गरेको थियो ।  बिहीबकार १...

नेता कार्यकर्तालाई गाउँमा केन्द्रित हुन देउवाको निर्देशन

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता कार्यकर्तालाई गाउँमा केन्द्रित हुन निर्देशन दिएका छन् ।  कांग्रेस नेता स्वर्गीय खुमबहाद...

कपनबाट कटुवा पेस्तोलसहित लिम्बु पक्राउ

काठमाडौ‌ । जिल्ला प्रहरी परिसर काठमाडौ‌ले काठमाडौ‌को कपनबाट पेस्तोलसहित  एकजना पक्राउ गरेको छ । गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतिया...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies