Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

संविधान संशोधन र बन्दीहरूलाई रिहाइ गर्नुपर्छ : यादव

महिन्द्रराय यादव

मन्तिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको विषयमा कार्यदल स्तरमा छलफल भइरहेको छ । यसलाई छिट्टै टुंग्याउने पक्षमा हामी रहेका छौँ । पद र भागबण्डाबीचको हानाथाप भन्दा पनि हाम्रो आफ्नै आन्तरिक समस्यामा अल्झिरहेका थियौँ । हाम्रो पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोग र सर्वोच्चमा मुद्दा विचाराधिन अवस्थामा थियो । निर्वाचन आयोगले आधिकारिकताको विषयमा ढिलाइ गर्दा त्यसको असर सरकारमा पर्नु स्वभाविक नै हो । ढिलै भएपनि हामीले पार्टीको मान्यता पाएका छौं । हामीले आधिकारिकता पाए लगत्तै सर्वसम्वत रुपमा संसदीय दलका नेता समेत चयन गरिसेका छौँ । अब छिट्टै पार्टीको बैठक राखेर सरकारमा सहभागी मन्त्रीहरूको टुंगो लगाउँछौँ । आन्तरिकरुपमा हामीमा त्यस्तो कुनै समस्या छैन । 

त्यो भन्दा पनि अहिलेसम्म सत्तगठबन्धन दलहरूबीच कसले कति र कुन मन्त्रालय पाउने भन्‍नेमा स्पष्ट हुन सकेको छैन । साझा न्यूनतम नीति तथा कार्यक्रम सर्वाजनिक गर्ने विषयमा हामी छलफलमै छौं । हाम्रो एजेण्डा भनेको हामीले मधेश आन्दोलनका क्रममा उठाइएका मागहरू सम्बोधन हुनुपर्छ भन्‍ने हो । हाम्रो मागबारे सरकारसंग पटक पटक सहमति र सम्झौता भइसकेको छ । अब त्यसलाई कार्यन्वायन गर्न संविधान संशोधन र बन्दीहरूलाई रिहाइ गर्नुपर्छ । यसमा सत्ता सहकार्य दलहरूबीच सहमति हुने वित्तिकै हामी सरकारमा जाने वातावरण निर्माण हुन्छ । मलाई लाग्छ, यी सबै विषयमा हल हुनेछ र हुनुपर्छ ।

यसलगायत अहिले कोरोना महामारी मुलुकमा गम्भीररुपमा देखा परेको छ । त्यसलाई हल गर्न सरकार प्रभावकारी ढंगले अगाडि बढ्नु जरुरी छ । यी सबै विषयमा दलहरूबीच सहमति, सहकार्य हुन जरुरी छ । यसो हुन सकेका सरकार गतिशिलरुपमा अगाडि बढ्छ ।

(यादव जनता समाजवादी पार्टीका नेता हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending