Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

सुर्खेतका स्थानीय तहसम्मै पुग्यो कोरोना विरुद्धको खोप

रासस

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत कोभिड–१९ बाट बढी प्रभावित जिल्लामा पर्दछ । पछिल्लो तथ्याङ्कअनुसार यहाँ ११ हजार १६३ सङ्क्रमितमध्ये २०७ को मृत्यु भइसकेको छ । दुई ३६ सक्रिय बिरामीमध्ये २०९ घरमा, १७ अस्पताल, तीन भेन्टिलेटर र चार आइसियूमा उपचार गराइरहेका छन् ।

 दैनिक कूल परीक्षणको २५ देखि ३० प्रतिशत सङ्क्रमितको पहिचान हुने गरेको सुर्खेत राष्ट्रिय तथ्याङ्कमा पनि उच्च जोखिममा रहेको जिल्लामा पर्दछ । कोभिड सङ्क्रमणको यो बढ्दो ग्राफसँगै खोप अभियानले पनि तीव्रता पाएको छ । गत माघ १४ गतेदेखि शुरु कोरोना विरुद्धको खोप अभियान अहिले यहाँका गाउँ–गाउँसम्म पुगेको छ । खोप अभियान पाँचौँ चरणसम्म आइपुग्दा सर्वसाधारणले सहज खोप पाउन थालेका छन्  । 

सुर्खेतका नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका, लेकवेशी नगरपालिका र भेरीगङ्गा नगरपालिकाले पाँचौँ चरणको खोप अभियान सम्पन्न गरिसकेका छन् । जनस्वास्थ्य सेवा कार्यालयले तीन पाँच वटा स्थानीय तहले लक्षित वर्गलाई जोनसन र भेरोसेल खोप लगाइसकेको, बाँकी चार तहले साउन २१ र २२ गते लगाउने कार्यक्रम रहेको जनाएको छ । गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकामा अहिले नियमित खोप अभियान चलिरहेकाले उक्त मितिमा कोरोना विरुद्धको जोनसेन खोप लगाइनेछ ।

कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत वाग्लेले सुर्खेतको कूल जनसङ्ख्याको १८ प्रतिशतले कोरोना विरुद्धको खोप पाइसकेको जानकारी दिए । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा करिब चार लाख जनसङ्ख्या छ । “सात प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन्, जोनसन खोप एक मात्रा लगाए हुने भएकाले पाँचौँ चरणको खोप अभियान सम्पन्न भएपछि पूर्ण खोप लगाउनेको सङ्ख्या बढ्नेछ”, उनल भने “कोभिशिल्डको दोस्रो मात्रा छुटेकालाई पनि छिट्टै लगाउँदै छौँ, सरकारले तोकेका लक्षित वर्गसँगै प्राथमिकतामा परेका अन्यलाई खोप लगाउने प्रबन्ध मिलाएका छौँ ।” कर्णालीका अन्य जिल्ला जस्तो खोप भण्डारणमा समस्या नभएकाले यहाँ अभियानले तीव्रता पाएको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending