Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

कर्णालीमा सय प्रतिशत रोपाइँ : भोकमरीका चपेटामा नपर्ने सङ्केत

रासस
कर्णाली । यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत  रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत  रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुँदा ३८ हजार ३८५ हेक्टर क्षेत्रफल धान उत्पादनका लागि उपयोग भएको छ । कर्णालीलाई सुख्खा प्रदेश भनिन्छ । समयमा र अविरल वर्षा भएकाले यस वर्ष कर्णाली भोकमरीको चपेटामा नपर्ने सङ्केत देखिन्छ ।  
 
नेपालका अर्थतन्त्रमा धानको ठूलो महत्व छ । यसको उत्पादन वृद्धि हुँदा अर्थतन्त्र बलियो हुन्छ । घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । जिडिपीमा यसको योगदान १२ प्रतिशत  छ ।  
 
गत जेठ १५ देखि नै मनसुन शुरुआत भई समयमा रोपाइँ भएकाले किसान खुशी छन् । गत वर्षको यसै अवधिमा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष भने यसै अवधिमा ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । मौसमले साथ दिए पनि कृषि कर्ममा आकर्षण कम हुँदै गएको सो तथ्याङ्क पुष्टि हुन्छ । 
 
कृषि विभागका उप महानिर्देशक जानुका पण्डितले नेपालमा साउन महिनाभर रोपाइँ हुने भएकाले मसान्तसम्म ९७ प्रतिशत भन्दामाथि रोपाइँ हुने अनुमान गरे । यस वर्ष कर्णाली प्रदेशपछि सुदूरपश्चिममा ९९, लुम्बिनीमा ९७, वाग्मतीमा ९६, प्रदेश–२ मा ९२ र प्रदेश १ मा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको रोपाइँ हुँदै आएको छ । 
 
वि.सं. २०६०/०६१ देखि २०७७/०७८ सम्म को तथ्याङ्कलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा परनिर्भर देखिन्छ । जुन वर्ष मौसम अनुकूल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम अनुकूल भएका बखत धानको उत्पादन घटेको छ ।     नेपालमा कूल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कूल खेतीयोग्य जमीनमध्ये लगभग ५० प्रतिशत जमीनमा धानखेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम ९असार–साउन० मा वर्षा भएन भने सिफारीस भएजति जमिनमा धान रोपाइँ हुन सक्दैन । 
 
नेपालमा २०६०/०६१ देखि २०७६/०७७ अर्थात् १६ वर्षमा सबैभन्दा धेरै धानखेती भएको वर्ष २०७६/०७७ साल हो । सो वर्ष १४ लाख ७३ हजार ४०० हेक्टर जमिनमा धानखेती भएको थियो । उक्त वर्ष  ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान फलेको थियो । 
 
नेपालको कूल जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा धान रोपाइँ गरिन्छ । यसमध्ये करिब ५० प्रतिशतमा रोपाइँ हुन्छ । सिँचाइ मन्त्रालयको तथ्याङ्कअनुसार ५३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । रोपाइँ हुने असार–साउन महिनामा वर्षा भएन भने सिफारिस भएजति क्षेत्रफलमा रोपाइँ हुन सक्दैन । 
 
प्रत्येक वर्ष धानखेती गर्ने जमिन घटिरेहेको छ । रु २०६०/०६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धानखेती भएको थियो । पन्ध्र वर्षपछि ९२०७४/०७५० मा १४ लाख ६९ हजार ५४५ हेक्टर जमिनमा सीमित हुन पुग्यो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कले धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कअनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।   
 
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि विकास सचिव डा योगेन्द्रकुमार कार्कीले नेपालीका लागि वार्षिक ६० लाख मेट्रिकटन धानको आवश्यकता पर्छ भन्नुहुन्छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो । भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपर जोन घोषणा गरी लागू गरेको छ ।  
 
संसारका आधा जनसङ्ख्याको मुख्य खाना भात हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपत हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । विश्वका ७८ भन्दाबढी देशमा ८६४ थरीका धानका बीउ सिफारिस भएका छन् । नेपालमा ८६  उन्नत  र सात  रैथाने जातको बीउबाट उत्पादन गरिँदै आएको छ ।  
 
हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सवै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विशलेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बर अर्थात् एक करोड चार लाख मेट्रिकटन  गर्ने घोषण गरेको छ । 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE