स्याङ्जा । नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिए ।
तेह्रौँ महाधिवेशनमा क्रियाशील रहेका पुराना सदस्य ११ हजार २५६ रहेकामा नौ हजार ३४१ ले नवीकरण गरेका हुन् । क्रियाशील सदस्य सङ्ख्यालाई दोब्बर बनाउने लक्ष्यअनुसार थप क्रियाशील सदस्यता वितरण गरिएको कावा सभापति रानाले बताए । जिल्लामा पुरानो क्रियाशील सदस्यमध्ये हाल नवीकरण भएका नौ हजार ३४१ र नयाँ सदस्यता १० हजार आठ गरी कूल १९ हजार ३४९ रहेका छन् ।
पाँच नगरपालिका र छवटा गाउँपालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै वालिङ नगरपालिकामा चार हजार ३८५ र सबैभन्दा कम हरिनास गाउँपालिकामा ४९३ जना क्रियाशील सदस्य रहेका छन् । वालिङमा नयाँ दुई हजार २३९, पुतलीबजारमा एक हजार ६१०, चापाकोटमा एक हजार ३५१, गल्याङमा एक हजार १७१, भिरकोट नगरपालिकामा एक हजार ८० थपिएका हुन् ।
त्यस्तै कालीगण्डकीमा ६८८, आँधीखोलमा ४५३, अर्जुनचौपारीमा ४३१, बिरुवामा ४२१, फेदीखोलामा ३१० र हरिनास गाउँपालिकामा २५४ नयाँ क्रियाशील सदस्यता थपिएको छ । नयाँ र पुराना क्रियाशील सदस्यता गरी वालिङमा चार हजार ३८५, पुतलीबजारमा तीन हजार १५९, चापाकोटमा दुई हजार ४१५, गल्याङमा दुई हजार ३८१, भिरकोटमा एक हजार ९६० रहेका छन् ।
त्यस्तै कालीगण्डकीमा एक हजार ३४८, आँधीखोलामा ९१५, अर्जुनचौपारीमा ८८७, बिरुवामा ८२८, फेदीखोलामा ५७८ र हरिनासमा ४९३ क्रियाशील सदस्य पुगेका छन् । आसन्न १४ औँ महाधिवेशनका लागि वडा, नगर, क्षेत्र, जिल्ला तथा केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपनि पछिल्लो समयमा आएर स्थगित भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा तातेको जिल्लाको चुनावी सरगर्मी निर्वाचनको मिति सरेसँगै विस्तार घटेको छ । यद्यपि विभिन्न तहमा उम्मेदवारीको आकांक्षीमा देखिएका नेताले भने भेटघाटलाई निरन्तरता दिएका छन् ।
नेताहरु सामूहिक वा व्यक्तिगतरुपमा कार्यकर्तालाई आफ्नो पक्षमा पार्नका लागि रणनीति बुन्दैछन् । वडा, नगर, क्षेत्र तथा जिल्लामा नेतृत्वमा सम्भावित आकांक्षीमध्ये केहीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले पर्ख र हेरको अवस्थामा रहेका देखिन्छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: