काठमाडौँ ।‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’ यसरी आफूपक्षीय स्थायी कमिटी बैठकमा माधव नेपालले सोमबार दोस्रो अध्यक्ष पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू तनावग्रस्त देखिए ।
आजको जनआस्था साप्ताहिकमा खबर छ- माधवचाहिँ बोलिरहे, ‘...तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानुस् । अध्यक्ष खान मात्रै अध्यक्ष हुने हो भने त्यसको कुनै अर्थ छैन । त्यसैले तपाईंहरूले नै छान्नुस्, केपीको अध्यक्ष हुन को जाने ? अमृतजी (बोहोरा), मुकुन्द (न्यौपाने) यहीँ हुनुहुन्छ । भीम रावल जाने भए पनि जानुस् वा अष्ट कमरेड...जो गए पनि हुन्छ ।’
माधवले अगाडि भने, ‘के त्यसो गर्न केपी ओली साँच्चै तयार छन् ? मलाई त त्यस्तो लाग्दैन । पाँच दलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य गराउने, चुनावमा जाने भएपछि हामीलाई एमालेभित्र टिकट बाँडफाँडको क्रममा बिचल्ली पारिदिने, यही होइन केपी ओलीले चाहेको ?
अनि, उनको मक्सद यस्तो छ भन्ने जान्दाजान्दै तपाईं दोस्रो अध्यक्ष पाइने भयो भनेर ‘खुशखबरी’ सुनाउन हतारिने ? को जानुहुन्छ त्यो अध्यक्ष खान जानुस्, मेरो शुभकामना छ । मचाहिँ जान्नँ ।’ उनले भीम रावलसहितका कार्यदल सदस्यहरूतिर हेर्दै पाँच औँला ठाडो पारेर भने, ‘अब बढीमा एक हप्ता कुरिन्छ...एक हप्ता, बुझ्नुभयो नि ।’ अर्थात्, हरेक राजनीतिक तथा प्रशासनिक निर्णयमा दुई हस्ताक्षर मान्य हुने कुराको निश्चितता हुने कि नहुने जवाफनिम्ति अब एक हप्ता मात्र पर्खिन सकिने, नत्र केपीपक्षसँग वार्ताको ढोका बन्द गर्ने उहाँको अडान थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - २०:४८
अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...
फाल्गुन १८ गते, २०८२ - २०:४७
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...
फाल्गुन १८ गते, २०८२ - २०:३८
काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...
फाल्गुन १८ गते, २०८२ - २०:३७
झापा । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष र...
फाल्गुन १८ गते, २०८२ - २०:३३
काठमाडौं । लेबनानको राजधानी बेरुतमा आज साँझ एक शक्तिशाली विस्फोट भएको छ। स्थानीय समयअनुसार राती ८:०० बजे सुनिएको यो विस्फोटको आवाजले पूरा सहर थर्किए...
फाल्गुन १८ गते, २०८२ - २०:२३
काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...
फाल्गुन १८ गते, २०८२ - २०:१८
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको या...
फाल्गुन १८ गते, २०८२ - २०:१५
रामेछाप । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा श्याम कुमार श्रेष्ठ (कुशल) ले मतदातासँग पुनः समर्थनको अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अप...
फाल्गुन १८ गते, २०८२ - १९:५०
बागलुङ । बागलुङका दुई प्रतिनिधिसभा क्षेत्रमा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा ४० वर्षमुनिका पाँच युवा अनुहार विशेष चासोका केन्द्र बनेका छ...
फाल्गुन १८ गते, २०८२ - १९:३०
काठमाडौं। नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नरहेको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न पेट्रोल पम्पहरूमा देखिएको लामो...



प्रतिकृया लेख्नुहोस्: