Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

यस्तो छ आजको मन्त्रिपरिषद बैठक पाँच निर्णयहरु

बिदेशमा जेलमुक्त भएर फर्किएका नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

खबरडबली संवाददाता

काठमाडौं । मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूका लागि ३५ जना र सोहि आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना राजपत्रांकित कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । 

सोमबारकै बैठकले विदेशमा जेलमुक्त भएर स्वदेश फर्किएका नेपाली नागरिकहरूका लागि लाग्ने क्वारेन्टिन खर्च सरकारले बेहोर्ने निर्णय गरेको कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
यस्ता छन् निर्णयहरु

१. डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका जेलमुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकहरूका लागि लाग्ने क्वारेन्टाइन खर्च नेपाल सरकारले व्यहोर्ने  यसका लागि आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले आवश्यक रकम निकासा गर्ने ।

२.राष्ट्र ऋण पाँचौ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने ।

३. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बिकास संस्था मार्फत आयोजना सञ्चालन गर्न ऋण स्वरुप अमेरिकी ६० मिलियन डलर बराबरको ऋण सहायता स्वीकार गर्ने ।

४.कोभिड –१९ को जोखिमको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेध आदेश लागू हुनुभन्दा अघि आदेशको अवधि भित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालू अवस्था तथा खरिद सम्झौता म्याद सम्बन्धि आपूर्तिकर्ता निर्माण ब्यवसायी सेवा प्रदायक वा परामर्शदाताले ६ महिना थप गर्ने ।

५.सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूको लागि ३५ जना सोही आयोगको प्रादेशिक मुकाम कार्यालयका लागि २१ जना र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थाई दरबन्दी आयोगको म्याद समाप्त भए स्वत: खारेज हुने गरि चालू आ.व. २०७८/०७९ को लागि स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी गोलीकाण्डमा एमालेको सरकारमाथि प्रश्न, ‘नैतिक जिम्मेवारी लिन तयार छ कि छैन ?’

काठमाडौं । नेकपा (एमाले) ले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि विकसित सुरक्षा अवस्थाप्रति सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्र...

सुनको मूल्य ह्वात्तै बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले ...

राष्ट्रपति र सभामुखबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गरेको छन्। राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको सम...

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे बस्ने भएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बस्ने बैठ...

केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ

सुदूरपश्चिम । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह ...

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

झापा। बिर्तामोड नगरपालिका–५  भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ ।  ...

छोराको प्रतीक्षामा रहेका बेला श्रीमान् पनि बेपत्ता

ओखलढुङ्गा। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१, आम्बोटको भुमेथान पाखामा रहेको एउटा पुरानो घर अहिले एउटी वृद्ध आमाको अन्त्यहीन प्रतीक्षाको साक्षी बनेको छ ...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र

कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...

प्रभु बैंककी सिबिओ रश्मी पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending