Life insurence
Khabar Dabali ६ आश्विन २०७८ बुधबार | 22nd September, 2021 Wed
Himalayan Golden detail page

भैँसी खरीद गर्ने ५० जना किसानलाई १७ लाख अनुदान वितरण

रासस

कास्की । पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दिएको छ । दूधमा महानगरलाई आत्मनिर्भर बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत आइतबार १० भन्दा बढी भैँसी पाल्ने ५०  किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले किसानलाई अनुदान रकम हस्तान्तरण गरेका थिए ।

किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा जनही रु ३४ हजार १२० का दरले ५० किसानलाई रु १७ लाख छ हजार वितरण गरिएको महानगर पशु महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

महानगरको किसान वर्गीकरणमा समावेश भएर हालसम्म अनुदान नपाएका र व्यावसायिक उन्मुख किसानलाई सो अनुदान रकम प्रदान गरिएको उनको भनाइ छ । उनले भने, “महानगरलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने योजना अनुसार भैँसी खरीदमा अनुदान उपलब्ध गराइएको हो । यसबाट किसानलाई व्यावसायिक बन्न उत्प्रेरित गर्ने विश्वास लिएका छौँ ।”

अरुणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा किसानले भैँसी खरीद गरेको बिलका आधारमा अनुदान उपलब्ध गराइएको महानगरले जनाएको छ । महानगरले पशुपालक किसानलाई सात वर्गमा वर्गिकरण गरेर परिचयपत्र वितरण गरिसकेको छ ।

प्रदेश सरकारले १५० भन्दा बढी गाईभैँसी पाल्ने र रु एक करोड भन्दा बढी लगानी गरेका किसानलाई विशिष्ट किसान, ६१ देखि १५० वटासम्म गाईभैँसी पाल्ने र रु एक करोडसम्म लगानी गर्ने किसानलाई उद्यमी किसानमा वर्गिकृत गरिएको छ ।

यसैगरी ३० देखि ६० वटासम्म गाईभैँसी पाल्ने र रु ५० लाख भन्दा बढी लगानी गर्ने किसानलाई व्यावसायिक किसान, १० देखि ३० वटासम्म गाईभैँसी र रु ५० लाखसम्म लगानी गर्ने किसानलाई व्यवसाय उन्मुख किसान, पाँचदेखि नौ वटासम्म गाईभैँसी र रु १० लाखसम्म लगानी गर्ने किसानलाई साना व्यवसायी किसान भनेर वर्गिकरण गरेको छ ।

कार्यक्रममा अर्थमन्त्री बरालले अनुदान वितरण कार्यक्रमप्रति आम किसानको सधँै गुनासो रहँदै आएको भन्दै वास्तविक किसानले अनुदान पाउने व्यवस्था गर्नुपर्ने बताए  । उनले उत्पादनमा आधारित अनुदान कार्यक्रम प्रभावकारी र पारदर्शी हुनेसमेत उल्लेख गरे  ।

महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले दूध, तरकारी, माछा र मासुमा पोखरालाई आत्मनिर्भर बनाउन निर्वाहमुखी नभइ व्यावसायिक कृषि गर्न आवश्यक बताए । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ महिना पछिकै सवैभन्दा थोरै

नयाँदिल्ली । भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या छ महिना पछिकै सवैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिल...

आजदेखि दोलखामा ४० वर्ष माथिका सबैलाई खोप लगाउन सुरु

चरिकोट । दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकोे छ । यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षि...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

चितवन । चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्त...

भिरबाट खसेको ढुङ्गाले लाग्दा आमाछोरीको मृत्यु

रोल्पा । रोल्पामा भिरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिका...

सप्तरीमा विषालु सर्पले डस्दा दिदी भाइको मृत्यु

राजविराज । सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन ।   बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र...

राष्ट्रसंघको महासभामा सहभागी भएपछि ब्राजिलका स्वास्थ्य मन्त्री कोरोनाबाट सङ्क्रमित

ब्राजिलिया । ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई सङ्क्र...

राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम हुन्छ: परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने ...

अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि निष्पक्ष र स्वतन्त्र हुन सकेन: गच्छदार

आयोगले झुट्टा मुद्दा लगायो

‘महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी जरुरी’

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी रहनु अति नै जरुरी रहेको बता...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy