Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

वालिङ नगरपालिकालाई ४० थान कन्सन्ट्रेटरसहित ४५ लाख नगद उपलब्ध

रासस

स्याङ्जा । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि दाताले वालिङ नगरपालिकालाई ४० थान अक्सिजन कन्सन्ट्रेटरसहित नगद तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको वालिङमा यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सहयोग आह्वान गरेबमोजिम स्वास्थ्यसम्बन्धी सामग्री प्राप्त भएको हो । नगरपालिकाले गह्रौँ प्राथमिक अस्पताल वालिङमा स्थापना गरेको आईसोलेसन सेन्टरमा प्रयोग गर्नका लागि देश तथा विदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा स्वास्थ्य सामग्रीसहित नगद प्राप्त भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

विभिन्न सङ्घ संस्था तथा व्यक्तिले आवश्यकताअनुसारका स्वास्थ्य सामग्री सहयोग गर्ने बताएपछि पहिलो प्राथमिकतामा अक्सिजन कन्सन्ट्रेटर माग गरिएको र सोहीअनुसार ठूलो परिमाणमा प्राप्त भएको प्रमुख खाँणले बताए । ‘नयाँ भेरियन्टले बिरामीमा स्वास प्रस्वाससम्बन्धी समस्या देखिएका कारण अक्सिजनको अभावकै कारण बिरामीको ज्यान तलमाथि नहोस् भनेर दातालाई अरुभन्दा पनि कन्सन्ट्रेटरलाई प्राथमिकतामा राख्न अनुरोध गर्‍यौँ’, प्रमुख खाँणले भने, ‘अक्सिजनको अभाव, अक्सिजन सिलिण्डरको अभाव र भर्नलाई दैनिक पोखरा जानुपर्ने समस्यालाई मध्यनजर गर्दै कन्सन्ट्रेटर माग गर्‍यौँ, महामारीका समयमा यो सामग्री निक्कै उपयोगी बन्यो ।’ दोस्रो भेरियन्टको सङ्क्रमणको शुरुआतसँगै नगरपालिकामा हालसम्म दाताबाट नगद रु ४५ लाख ४३ हजार १४२ सहयोग प्राप्त भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: