Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

विद्युत् प्रवाह सुधार गर्न नागरिकको माग

रासस

रामेछाप । रामेछापमा बारम्बार विद्युत् सेवा अवरुद्ध भएपछि सेवा सुधार गर्न नागरिक समाजले ध्यानाकर्षण गराएको छ ।

मानवाधिकार संरक्षण सञ्जाल रामेछापले बिहीबार नेपाल विद्युत् प्राधिकरण मन्थली वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहाललाई भेटी विद्युत् सेवा नियमित गर्न ध्यानाकर्षक गराएको हो । सञ्जालकातर्फबाट मानव अधिकारकर्मी, पत्रकार, नागरिक अगुवासमेतको टोली कार्यालयमा गई ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षक पत्रमा बारम्बार विद्युत् आउने जाने हुँदा विद्युतीय उपकरण जल्ने समस्या बढेको नागरिक समाजको गुनासो छ ।

यसैगरी बारम्बार विद्युत् अवरुद्ध हुँदा अनलाइनबाट पढ्नुपर्ने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । सरकारी सेवा, बैंक, वित्तीय संस्था र अन्य सेवासमेत अनलाइनबाट सञ्चालन हुने वर्तमान अवस्थामा विद्युत् सेवा अवरुद्ध हुँदा सबै क्षेत्र प्रभावित भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख दाहालले सेवा नियमित गर्ने विषयमा आफू गम्भीर रहेको बताए । वर्षाका कारण केही दिनयतादेखि विद्युत् प्रसारणमा समस्या आएको उनले स्वीकारे । उनले  समस्या समाधानको लागि आफू र आफ्नो टिम खटिरहेको र छिटोभन्दा छिटो समस्या समाधान गर्ने प्रयत्न गरिरहेको बताए ।

रामेछापमा केही दिनयतादेखि दैनिक कैयौँपटक विद्युत् आउने र जानेक्रम चलिरहेको छ । जसले गर्दा फ्रिज, टेलिभिजन, कम्प्युटरलगायत उपकरण जलेर सर्वसाधारणको क्षति भएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending