Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यस वर्ष नवलपुरमा चैतेधान उत्पादनमा वृद्धि

रासस

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैतेधानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा गत वर्षको भन्दा ४०० मेट्रिक टन बढी चैतेधान उत्पादन भएको हो । 

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी शङ्कर पौडेलले यस वर्ष जिल्लाको ७०० हेक्टर क्षेत्रफलमा तीन हजार ३६० मेट्रिक टन चैतेधान उत्पादन भएको जानकारी दिए । “गत वर्षको भन्दा यस वर्ष चैतेधान लगाउने क्षेत्रफलसमेत वृद्धि भएको थियो”, पौडेलले भने, “गत वर्ष ६२० हेक्टर क्षेत्रफलबाट दुई हजार ९४० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ८० हेक्टर बढी क्षेत्रफलमा धान लगाइँदा उत्पादन पनि बढेको हो ।” 

जिल्लामा विशेषगरी चैतेधानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको छ । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक कार्यक्रममा कृषक आकर्षित हुँदा चैतेधानको क्षेत्रफल र उत्पादनमा वृद्धि भएको पौडेलले बताए । “हामीले अहिले जिल्लाको गैँडाकोट–११ र कावासोती–१७ मा धान ब्लक कार्यक्रम शुरु गरेका छौँ”, उनले भने, “धान ब्लक कार्यक्रमबाट कृषकलाई अनुदान प्रदान गरेपछि चैतेधानतर्फ उनीहरु आकर्षित भएका हुन् ।” धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा समेत अनुदान प्रदान गरेको छ । 

जिल्लाभित्र उत्पादन हुने चैतेधान कृषक आफैँले बिक्री गर्ने गरेको भन्दै पौडेलले गैँडाकोटमा उत्पादन भएको धान स्थानीय खाद्य उद्योगले खरिद गरेको बताए । “गैँडाकोटमा उत्पादन भएको धान नगरपालिकाको समन्वयमा स्थानीय जयश्री खाद्य उद्योगले खरिद गरेको छ”, उनले भने, “जिल्लाको अन्य क्षेत्रमा उत्पादन भएको धान भने कृषक आफैँले स्थानीयस्तरमा नै बिक्री गर्ने गरेका छन् ।” चैते धानको उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्रसमेत धान निर्यात गर्न सकिने उनको भनाइ छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending