पछि के होला भनेर अहिल्य नै नकारात्मक कुरा सोच्नु भन्दा केही समय पर्खिनु नै उपयुक्त हुन्छ ।
सबै भन्दा पहिला हामी सत्ता साँझेदार पार्टीलाई मिलाएर लैजान्छौं । त्यसका लागि साँझेदार दहरुसँग राजनीतिक सँस्कार हुनु जरुरी छ । जनतालाई केन्द्र विन्दुमा राखेर सरकारले काम गर्नु पर्छ । कोरोना महामारीबाट जनतालाई कसरी रक्षा गर्ने त्यसमा ध्यान दिनुु पर्छ ।
ओली सरकारबाट पटक पटक मार्न खोजिएको जनप्रतिनिधि संस्थालाई जिवित राख्न माधव नेपाल समूह सहितका दलहरुको दस्तखतबाट सर्वोच्चले फैसला गरेको हो । त्यसकारण प्रधानमन्त्रीले विश्वासको मत लिदा बखत आफूले निर्माण गरेको सरकारको पक्षमा मतदान गर्नु उहाँहरुको पनि दायित्व हो ।
हामीलाई विश्वास छ, प्रधानमन्त्री देउवाले विश्वासको मत लिदा उहाँहरुले सरकारको पक्षमा मतदान गर्नुहुन्छ । अबको तीसदिनभित्र देउवाले बहुमतका साथ अघि बढ्नुहुन्छ । हामीले संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्रीमा दावी गरेको हो । राष्ट्रपतिले हाम्रो दावीलाई सहजरुपमा लिएर हाम्रो सभापति देउवालाई नियुक्ति गरिदिएको भए एउटा बाटो लिन्थ्यो । तर, उहाँले प्रतिकुल निर्णय गर्नुभयो भन्ने आधारमै हामीले सर्वोच्चमा रिट निवेदन दिएको हो । प्रधिनिधिसभाका १४९ जना माननीयहरुले दस्तखत गरेर राष्ट्रपतिकहाँ बुझाएको निवेदन सदर नगर्दा नै हामी संयुक्त रुपमा अदालत जानुपरेको हो । अदातलले पनि लोकतन्त्र, संविधानको रक्षा गरेको छ । फैसलाले सबैको सीमा प्रष्ट पारिदिएको छ ।
सरकारको अबको काम सरकार बनाउने, सरकार चलाउने र संसदबाट विश्वासको मत आर्जन गरी जनताको पक्षमा काम गर्ने हो । यसक्रममा हामी सबै राजनीतिक दलहरुसँग परामर्श गरेर अगाडि बढ्छौं । राजनीति जुन खालको अवस्था आउँछ । जस्तो खालको निर्णय हुन्छ । संविधान जे निर्देशन गर्छ, हामी त्यही गर्छौ । सभापति देउवा भर्खर प्रधामन्त्रीमा नियुक्त हुनुभएको छ । पछि के होला भनेर अहिल्य नै नकारात्मक कुरा सोच्नु भन्दा केही समय पर्खिनु नै उपयुक्त हुन्छ ।
(खाँड नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका नवनियुक्त गृहमन्त्री हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: