Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

साउन १ गतेबाट निषेधाज्ञा खुकुलो : अब के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? (आदेशसहित)

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले साउन १० गतेसम्म निषेधाज्ञा थप गरेको छ । बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले निषेधाज्ञा खुकुलो पार्दै थप गरेको हो ।

अति आवश्यक काम परि  काठमाडौं उपत्यका प्रवेश गर्नेलाई भोलि साउन १ गतेबाट सवारी पास नचाहिने भएको छ ।

काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार पसलहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन् । रेष्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अवे र होम डेलिभरी सेवामात्रै सञ्चालन गर्न अनुमति दिएको छ। उक्त सेवा साँझ सात बजे सम्ममात्रै सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

के गर्न पाइँदैन ?
१. सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब फुटसल, जिमखाना, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्‍चालन गर्न गराउन नपाउने ।

२. खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव, भोज भतेर आदि गर्न गराउन नपाउने

३. पुजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्‍चालन गर्न नपाउने । 

४. शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, टयूसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन नपाउने।

५. स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्‍चालन गर्न नपाउने

के गर्न पाइन्छ ?
१. व्यवसाय सञ्‍चालनको हकमा

क. औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाधरुपमा सञ्‍चालन गर्ने।

ख. बुदाँ नं. (१) क मा उल्लेख भएबाहेकका अन्य पसल तथा व्यवसायहरु साँझ ७ बजेसम्म सञ्‍चालन गर्न पाइने पसल तथा व्यवसाय सञ्‍चालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने अनिवार्यरुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने । यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना
नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिने 

ग. अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्‍चालन गर्ने

२. सर्वसाधारणको आवतजावतको हकमाः

क. घरबाट बाहिर निस्किँदा दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने अनिवार्य रुपले मास्कको प्रयोग गर्ने पटक-पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने 

३. सवारी साधन सञ्‍चालनको हकमा:

क. काठमाडौँ उपत्यकाभित्र संचालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत बिट क्षमताअनुसार देहायका मापदण्ड पालना गर्ने गरी सञ्‍चालन गर्ने । कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने मास्क नलगाउने, यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने । चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने।

ख. सफा टेम्पो तथा निलो माइक्रोले बुँदा नं. ३ (क) लगायत देहायका मापदण्ड पालना गरी संचालन गर्ने । पछाडी तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कूल ९ जना यात्रुभन्दा नबढाउने । सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुटपाउने गरी प्लास्टिकको छेकबार लगाउने। 

ग. उपत्यकाभित्र संचालन हुने निजी सवारी साधनका हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी सञ्‍चालन गर्ने । 

घ. अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरूलाई आवत जावत गर्न दिइनेछ ।

ङ. सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्‍चालन गर्ने।

च. सवारी साधन प्रयोग गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्ने ।

४. परीक्षा तथा अन्य विषयको हकमाः
क. विभिन्‍न निकायबाट पूर्व निर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु देहाय बमोजिम गर्ने गरी सञ्‍चालन गर्ने ।

परीक्षा सञ्‍चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी मानिसहरू भेला जम्मा नहुने गरी परीक्षा सञ्‍चालन गर्ने । परिक्षार्थीहरु हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउने ।

एउटा सिफ्टका सबै व्यक्तिहरु परीक्षास्थलबाट पूर्णरुपमा बाहिरिए पछि मात्र अर्को सिफ्टसँग सम्बन्धित व्यक्तिहरु प्रवेश गर्न मिल्ने गरी फरक समय राख्ने ।‍ परीक्षा सञ्‍चालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरुका अनिवार्य पालना गरी मास्क तथा सेनिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक सिफ्टमा परीक्षा हल अनिवार्यरुपमा स्यानिटाइज गर्ने ।

ख. गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलापहरु संचालन गर्दा भर्चुअल माध्यमबाट गर्ने भौतिकरुपमा उपस्थित भई गर्ने पर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गर्ने गरी सञ्‍चालन गर्ने ।

५. उल्लिखित आदेशको पालना गर्नु सबैको साझा कर्तव्य हुनेछ । यसको अवज्ञा गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही गरिनेछ । संक्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरु कुनै पनि बेला पुनरावलोकन गर्न सकिनेछ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending