Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

सबै स्थानीय तहले बालबालिकाको अवस्थासम्बन्धी वस्तुगत विवरण तयार गर्ने

रासस

दमौली । तनहुँ जिल्लाका सबै स्थानीय तहले बालबालिकाको अवस्थासम्बन्धी वस्तुगत विवरण (प्रोफाइल) तयार गर्ने भएका छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बुधबार सम्पन्न शैक्षिक परामर्श गोष्ठीले उक्त निर्णय गरेको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (मन्त्रिस्तर) को गत असार २७ गते स्वीकृत भएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को परिच्छेद ४ दफा ७ को लक्ष्यअनुसार २०८७ सालसम्म नेपालका सबै स्थानीय तहलाई बालमैत्री बनाउने निर्णय गरिएको छ । त्यसका लागि जिल्लाका सबै स्थानीय तहले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को सूचकाङ्कमा आधारित भई गाउँपालिका/नगरपालिकामा बालबालिकाको अवस्थासम्बन्धी विवरण तयार गर्ने निर्णय भएको समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए । 

सबै पालिकाले आफ्नो पालिकाको शैक्षिक सूचक समावेश गरी प्रोफाइल तयार गर्ने, गाउँ/नगर शिक्षा योजना निर्माण गर्न बाँकी रहेका पालिकाले यसै आर्थिक वर्षमा उक्त योजना निर्माण गर्ने, गाउँ/नगर शिक्षा समिति गठन/पूर्णता दिन बाँकी रहेका पालिकाले अविलम्ब यसको गठन/पूर्णता प्रदान गरी समितिलाई क्रियाशील बनाई शैक्षिक निर्णय र गतिविधिलाई प्रभावकारी बनाउने निर्णय भएको गुरुङले बताए  । 

सङ्घ, प्रदेश, पालिका र वडाको शिक्षासम्बन्धी कार्यक्रम र बजेटको कार्यान्वयन गर्दा गराउँदा एकरुपता हुने गरी कार्यविधि वा निर्देशिका तर्जुमा गर्ने, पालिकाभित्र शिक्षा क्षेत्रमा हुने सबै खर्च/बजेट/कार्यप्रगति (सङ्घ, प्रदेश, पालिका, वडा र गैसस आदि)को एकीकृत अभिलेख पालिकाको शिक्षा शाखामा रहने व्यवस्था मिलाउन आवश्यक कार्यविधि वा निर्देशिका तर्जुमा गर्ने निर्णयसमेत भएको छ ।

सबै पालिकाले नमूना विद्यालयको कार्यविधि तर्जुमा गरी त्यसका सूचकको आधारमा प्रत्येक वडामा प्रत्येक वर्ष नमूना विद्यालयको सङ्ख्या वृद्धि गर्दै जाने नीति तथा कार्यक्रम बनाउने, संस्थागत एवं सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने, वस्तुगत सूचक निर्माण गरी उत्कृष्ट विद्यालयलाई वार्षिकरूपमा पुरस्कृत गर्दै जाने, विद्यालयको समग्र शैक्षिक क्रियाकलाप र कार्यको अनुगमन कार्यलाई अझ नियमित र प्रभावकारी बनाउँदै जाने निर्णय भएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies