काठमाडौँ । सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन् ।
कूल ८०३ श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराइरहेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले कोरोना उच्च बिन्दुमा पुग्दा ३७० श्ययामार्फत कोभिड–१९ बिरामीको उपचार गरेको थियो । कोरोना बिरामीको लागि कूल ४०० श्यया छुट्याइएको सो अस्पतालले कोरोना उच्च बिन्दुमा हुँदा ५७ सघन उपचार केन्द्र र ३९ भेन्टिलेटरमार्फत बिरामीको उपचार गरेको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले राससलाई जानकारी दिए ।
कोरोना सङ्क्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि १६० श्यया छुट्याएको छ । जसमध्ये कोरोनाका ९४ बिरामी भर्ना भएर उपचार गराइरहेको डा दासले बताए । भर्ना भएका ९४ बिरामीमध्ये ३० बिरामीको सघन उपचार केन्द्र एवं भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । गत वर्षको कोरोना सङ्क्रमणको समयमा टिचिङ अस्पतालले कोभिड–१९ का बिरामीको उपचारका लागि जम्मा १०० श्यया छुट्याइएको थियो ।
निजी लगानीमा सञ्चालित अस्पतालमा पनि कोरोना सङ्क्रमित बिरामीको सङख्यामा कमी आएको छ । कूल २०० श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराउँदै आएको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोरोना उच्च बिन्दुमा पुग्दा दैनिक ७५ देखि ८० बिरामीको उपचार गरेको थियो । कोरोना बिरामीको लागि ८४ भन्दा बढी श्यया छुट्याइएको सो अस्पतालले कोरोना उच्च विन्दुमा हुँदा १८ सघन उपचार एवं भेन्टिलेटरमार्फत बिरामीको उपचार गरेको थियो ।
कोरोना सङ्क्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि छुट्याइएको श्ययामा पनि कटौती गरेको छ । अस्पतालका प्रशासक हरि खड्काले हाल दैनिक ८ देखि १० जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएर उपचार गरेको जानकारी दिनुभयो । उक्त अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार गर्ने बिरामी पनि घटेको छ ।
ग्राण्डीले गत वर्ष कोरोना बिरामीका लागि ५४ श्यया छुट्याएर भेन्टिलेटर, सघन उपचार कक्षसहितको कोभिड–१९ को बिरामीको उपचार गरेको थियो । दोस्रो चरणको कोरोना सङ्क्रण शुरु हुनुपूर्व दैनिक ५०० भन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक जम्मा २०० देखि ३०० बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ ।
कोभिडको समयमा स्वास्थ्य सामग्रीको अभाव र पाएका सामग्री पनि महँगो शुल्कमा खरीद गर्नुपर्ने भएकाले उपचारमा केही समस्या भएको प्रशासक खड्काको भनाइ छ । सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ का बिरामी घटेपछि अस्पतालमा माग हुँदै आएको कोरोना उपचार सामग्रीको बिक्रीवितरण समेत घटेको छ ।
दुई वर्षदेखि काठमाडौँको सामाखुशीमा स्वास्थ्यसामग्री बिक्री गर्दै आएको ग्लोबल हस्पिटलको प्रालिका निर्देशक बद्रीनाथ घिमिरेले कोरोनाका बिरामी घटेसँगै अस्पतालबाट कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको मागमा कमी आएको जानकारी दिए ।
“कोरोना बिरामी घटेसँगै कोरोना उपचारका लागि आवश्यक पिपिइ, माक्स, सेनिटाइजर, पल्स अक्सिमिटरलगायतका स्वास्थ्य सामग्रीको मागमा कमी आएको छ”, उनले भने । सरकारी तथ्याङ्कअनुसार पछिल्लो पटक असार २९ गते देशभर २४ घण्टामा दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो भने कोरोना सङ्क्रमणका कारण १२ जनाले ज्यान गुमाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: