काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुईरदुई नेतालाई सरकारमा सहभागी गराएका छन्। प्रधानमन्त्रीमा सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका हुन्।
देउवाले आफ्ना विश्वासपात्रद्वय खाँण र कार्कीलाई क्रमश: गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै माओवादी केन्द्रका नेता शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
२०१७ सालमा स्याङ्जामा जन्मेका खाँण २०३३ सालदेखि राजनीतिमा सक्रिय भएका हुन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व सम्हाल्दै पार्टी राजनीतिमा सक्रिय खाँणले यसअघि सिँचाइ र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेस प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आएका खाँणले अहिले गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
त्यस्तै सन् १९५७ मा भोजपुरमा जन्मेका कार्की नेपाल विद्यार्थी संघको राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। २०३९ सालमा नेवि संघको अध्यक्ष बनेका कार्की सन्तनेता कृष्णप्रसाद भट्टराईका विश्वासपात्र थिए। यसअघि जलस्रोत र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका कार्कीले अहिले कानुन मन्त्रालयको जिम्मा पाएका छन्।
रुकुम पश्चिमबाट निर्वाचित शर्मा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा डेपुटी कमान्डरको जिम्मेवारी सम्हाल्दै खुला राजनीतिमा आएका हुन्। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसहित एकीकरण गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले यसअघि ऊर्जा, शान्ति, गृहसहितका मन्त्रालय सम्हालिसकेका छन्।
यस्तै माओवादी स्थायी समिति सदस्य भुसाल अन्तरिम विधायकसहित तीनपटक सांसद भइसकेकी छिन्। सशस्त्र युद्धमा सक्रिय भुसालले महिला,बालबालिका तथा समाज कल्याण, सामान्य प्रशासन र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरिसकेकी छन्। नवनियुक्त चारैजना मन्त्रीले मंगलबारै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिनुका साथै आआफ्नो मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन्। नागरिक दैनिकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...




प्रतिकृया लेख्नुहोस्: