Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

माघ ६ गते केपी ओलीबारे प्रचण्डले गरेको त्यो भविष्यवाणी

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको २०७७ माघ ६ गतेको  भविष्यवाणी मिलेको  छ  । एक कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीबारे प्रचण्डले  गरेको भविष्यवाणी मिलेको  हो  । प्रचण्डले ओलीलाई भित्तामा  पुर्याएएर  छाड्ने बताएका थिए ।

'म  कठोर हुनु पर्यो  भने युद्धको नेतृत्व गर्ने कमान्डर  पनि  थिएँ  एकपटक । कठोर हुनुपर्यो भने नि म फेरि  भित्तामा पुर्याउन पनि तयार हुन्छु' प्रचण्डले  भनेका थिए 'म अहिले  तयार  भएकै छु ।'

प्रचण्डको  भाषण  जस्ताको  त्यस्तै
म  कठोर हुनु पर्यो  भने युद्धको नेतृत्व गर्ने कमान्डर  पनि  थिएँ  एकपटक । कठोर हुनुपर्यो भने म फेरि  भित्तामा  पुर्याउन पनि  तयार हुन्छु  । म अहिले  तयार  भएकै छु । 

म केपीजीलाई  के भन्छु भने तपाइँले ब्लन्डर गर्नु  भो । माधवजीलार्ई हेपेर माधवको पक्षमा  लाग्ने  इमान्दार  कार्यकर्तालाई अपमानित  गर्न खोजेर प्रचण्डलाई उपयोग गर्छु भनेर तपाइँले ब्लन्डर गर्नु भयो  एउटा । अर्को प्रचण्ड जस्तो मान्छेलाई लत्याएरर  मज्जाले घुमाएर जेजे भने त्यही गर्ने बनाउँछु भन्ने  ठानेर ब्लन्डर गर्नु भो । तपाइँ सिद्यिनु भो अब । तपाइँ सिद्यिनु भो । तपाइँ हारी नै सक्नु भो बाजी, लडाइँ तपाइँले  हारिसक्नु  भो । तपाइँ  संविधानवादका विरुद्ध  गएर  संघीय लोकतान्त्रिक गणतन्त्रको  विरुद्ध गएर  र सार्वभौम  नेपाली जनताका विरुद्ध  गएर जब  तपाइँले तरबार उज्याउनु  भयो तब तपाइँले  लडाइँ हार्नु भयो, जनताले लडाइँ जिते  । 

तपाइँ अब इतिहासमा कलंकको अबतारलाई इतिहासले बारम्बार  सम्झिन्छ । सम्झिन  त मान्छेले दुई थरी  सम्झिने रहेछ  ।  हिटलर पनि  हामीले नाम अहिले लिइराख्छौँ । गोर्वाचोकको  पनि  लिइराख्छौँ । यरसिंकको पनि नाम लिन्छौँ । के लिन्छौँ त खराब पात्रको रुपमा लिन्छौँ,  कुपात्रको रुपमा लिन्छौँ ।  कुलंगार र बेइमानको रुपमा लिन्छौँ  । 

माक्स, लेनिन, माओ गान्धीलाई हामी सुपात्रको रुपमा लिन्छौँ ।  केपी  कुपात्र भैसके । हामीले बनाएको होइन । उहाँको आफ्नै कर्मले आफुलार्ई सिद्याउनु भयो । अब केही महिनाभित्र उहाँ जानुहुन्छ । मैले त बुझिसकेको छु हेर्नुस अब केपीको  हातमा  केही छैन । प्रष्ट बुझ्नु होला अब केपीको हातमा केही छैन । जुन दिनदेखि संसद भंग गर्न सिफारिस गर्नु भो केपीको  हात सकियो । अन्तै  छ  चिजहरु ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending