Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

टिमुरको व्यावसायिक खेतीमा आकर्षण

रासस

गण्डकी । पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको व्यावसायिक खेतीतर्फ आकर्षित बनेका हुन् ।

परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जङ्गली जनावरले समेत नोक्सान गर्ने हुँदा लामो समयदेखि बाँझै रहेको सो क्षेत्रको जमीनमा यतिखेर टिमुरसहित विभिन्न जातका नगदेबालीले व्यवसायिकता पाउन थालेको हो ।

घरको छेउको बारीमा चार वर्षअघि लगाइएका टिमुरका पाँचवटा बिरुवाले गत वर्षदेखि उत्पादन दिन शुरु गरेको लालशोभा गुरुङले बताए । उनका अनुसार पहिलो वर्ष फाट्टफुट्ट फल फले पनि यस वर्ष भने लटरम्म फलेका छन् ।

कृषि वन कार्यक्रम पकेट क्षेत्र अर्मला डिही कृषक समूहका अध्यक्षसमेत रहनुभएकी उनका अनुसार डिभिजन वन कार्यालय कास्कीले नि:शुल्क उपलब्ध गराएको बिरुवाले राम्रो फल दिन थालेपछि टिमुर खेतीप्रति यतिखेर यस क्षेत्रका बासिन्दाको आकर्षण बढेको हो ।

“स्वास्थ्यबद्र्धक एवं औषधीय गुण भएको टिमुर खेतीतर्पm युवा वर्गको आकर्षण बढेको देख्दा असाध्यै खुशी लागेको छ”, उनले भने, “युवाको उत्साहलाई जीवित राख्न सबै क्षेत्रको सहयोग अपरिहार्य छ ।” कुरदेखि डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको ५०० रोपनी निजी जग्गामा प्रत्येक वर्ष टिमुरसहित विभिन्न प्रजातिका विरुवा क्रमिक रोप्दै आएको उल्लेख गर्दै उनले साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको बताए ।

नेपाल सरकारको राष्ट्रिय वृक्षरोपण १० वर्षे रणनीतिअनुसार २०७३ सालदेखि डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा शुरु गरिएको सो अभियानअन्तर्गत हालसम्म १२ हजा भन्दा बढी टिमुरका बिरुवा रोपिएको बताउँदै उनले यस वर्ष मात्र एक हजार ३०० बिरुवा रोप्ने अभियानको थालनी भएको जानकारी दिए ।

लामो समयदेखि बाँभैm रहेका कारण झाडी र जङ्गलमा परिणत भएको सात रोपनी जग्गामा यस वर्ष १५० वटा टिमुरका विरुवा रोपेको स्थानीय युवा किरण गुरुङले राससलाई जानकारी दिए । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकोले व्यावसायिकरूपले खेती शुरु गरिएको उनको भनाइ छ ।  उनले थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुने देखेर उक्त खेतीतर्पm आकर्षण बढेको बताए ।
 
स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाडी रहेको उक्त जग्गामा अलैँची, कफीलगायतका अन्य बालीसमेत लगाउने तयारी भइरहेको उनको भनाइ छ ।

अर्का युवा शङ्कर गुरुङले सात रोपनी जग्गामा टिमुरका १५० सहित ५०० भन्दा बढी अलैँची, कफी, किवी, एभोकार्डोलगायतका बिरुवा रोपेका छन् । सोही जग्गामा अन्य आयआर्जन गर्न सकिने नवीनतम बिरुवा लगाउने सोचमा रहेको उनले बताए  ।

गाउँमा आप्mनो जग्गामा खेती गर्नभन्दा अर्मलाको फाँटमा अरुको खेत अधियाँ रोप्दा फाइदा हुने हुँदा विगत लामो समयदेखि बाँझिएको साढे चार रोपनी निजी जग्गामा यसै वर्ष टिमुरका ३०० बिरुवा रोपेको लप्सीबोट (रघु) का बलबहादुर विक र भक्तबहादुर विकले बताए 

डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार राष्ट्रिय वृक्षरोपण दशक अभियानअन्तर्गत अर्मला क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न आयमूलक जातका बिरुवा थप्दै गएको जानकारी दिए । सो क्षेत्रमा म्याग्दी जिल्लाबाट खरिद गरिएका टिमुरका बिरुवा वितरण गरिएको हो । बिरुवा खरिद र ढुवानीसहित खाल्टा खन्नेसमेत कार्यालयबाट व्यवस्था गरिएको छ । शुरुमा रोपिएका बिरुवाले फल दिन थालेको र आगामी केही वर्षभित्र स्थानीय कृषकले कृषि वनको माध्यमबाट राम्रो आम्दानी लिने उहाँको विश्वास छ । टिमुरको बजार मूल्य हाल प्रतिकिलो रु तीन हजार ५०० सम्म रहेको छ । 

समुद्री सतहबाट एक हजार १०० देखि एक हजार ८०० मिटरको उचाइमा रहेको साविक अर्मलाको सो क्षेत्रमा हालसम्म ३५ हजार अलैँची, १२ हजार टिमुर, १० हजार कफी, दुई हजार ५०० एभोकार्डो, १०० किवी, दुई हजार अम्बा, एक हजार आँप, ५०० लप्सी, २०० कुरिलो र ठूलो परिमाणमा राईखनियो, इपिलइपिल, पाउलोनियालगायतका डालेघाँंसका विरुवा रोपिएको कृषि वन समूहका सचिव जितबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार वन कार्यालयले आवश्यक विरुवा नि:शुल्क उपलब्ध गराउनुका साथै खाल्टा खन्नका लागि समूहलाई हालसम्म रु तीन लाख १५ हजार उपलब्ध गराइसकेको छ । वृक्षरोपणदेखि बिरुवाको संरक्षण तथा उत्पादित वस्तुको उपयोगका बारेमा सम्बन्धित निकायले कृषकलाई समयमै तालीमको व्यवस्था गर्नुपर्नेमा उनको जोड रहेको छ । दुईदेखि छ मिटरसम्म अग्लो बोट हुने झाडी एवं सदाबहार प्रजातिको टिमुरको फल प्रशोधन गरेर तेल निकालिन्छ । टिमुरको तेल विशेषगरी दाँत दुख्दा निको पार्न र आयुर्वेदिक टुथपेष्ट बनाउने काममा प्रयोग गरिन्छ । साथै यसको प्रयोग अत्तर, साबुन र स्याम्पुजस्ता वासनादार सामग्री उत्पादनमा पनि गरिन्छ । युरोपेली बजारमा  प्रत्येक वर्ष यसको माग उच्च रहँदै आएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies